• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

२५ वर्षदेखि हिलो र धुलो भोगेका स्थानीय

by
१९ माघ २०८०,
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बलेवा (बागलुङ)। मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डको छेउछाउका घर धुलोले छपक्कै छोपिएका छन् । धुलोकै कारण काठेखोला गाउँपालिकाको वडा नं ५ र ६ मा पर्ने बिहुँ गाउँका घर-गोठ छुट्याउनै कठिन हुन्छ ।

ढुङ्गा र जस्तापाताको छानोभरि धुलैधुलो छ । दसैँ तिहारमा रङरोगन हुने यी घर अहिले सेताम्मे देखिन्छन् । धोएर सुकाएका कपडा धुलोले लगाउनै नहुने हुन्छन् ।

सदरमुकाम बागलुङ बजारसँग जिल्लाको पश्चिम क्षेत्रलाई जोड्ने गरी २०५६ सालमा बागलुङ–बुर्तिबाङ सडक निर्माणसँगै बिहुँवासीको यो नियती सुरु भएको हो ।

पहिले एसियाली विकास बैंकको सहयोगमा निर्माण सुरु भएको सडक गैँची र बेल्चाको सहारामा तयार भएको हो । भिरालो जमिनमा सडक खन्दा निस्केको माटो बगाउँदा उडेको धुलोले छोपिएका घर अहिले सवारी कुद्दा उडेको धुलोले छोपिने गरेका छन् ।

“खाना पस्केर केही बेर छोड्ने हो भने धुलोले खानै नहुने हुन्छ, अरु दुःखका के कुरा गर्नु र”, स्थानीय डिलप्रसाद सापकोटाले गुनासो गरे, “एक दुई दिन भए पो सहनु, २५ वर्ष भयो ।” सुरुआतमा कृषि सडकका रुपमा निर्माण भएको सडक मध्यपहाडीको रेखाङ्कन भएपछि स्तरोन्नति भएको थियो ।

मध्यपहाडी नामकरण भएपछि कालोपत्रको काम थालेको झण्डै दश वर्ष बिते पनि धुलोको समस्या भने ज्यूँका त्यूँ छ । खाल्डैखाल्डा भएको सडकमा गाडी गुड्दा धुलोको मुस्लो निस्किन्छ ।

सडक वरपरका रुख धुलाम्ये छन् । सडक फराकिलो बनाउन कतै पहाड खनिएको छ भने कतै माटो भरिएको छ ।

यस सडकमा कालोपत्र सुरु भएको नौ वर्षसम्म आधा पनि काम सकिएको छैन । राजमार्ग वरपरका सर्वसाधारण निसास्सिएका छन् । निर्माण कम्पनीको चरम लापर्वाही मध्यपहाडी राजमार्गको बागलुङ सदरमुकाम खण्डमा देखेपछि यहाँका स्थानीय निरन्तर आन्दोलित बन्दै आएका छन् ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको काम समयमै सम्पन्न नगर्ने बिहुँ खण्डको ठेक्का सम्झौता रद्द गरिएको छ ।

बाह्र किलोमिटर सडक सम्झौता रद्द गरेको ठेक्कालाई पुनः ठेक्का आह्वान गर्ने तयारीमा आयोजना रहे पनि ढिलाइ भएको भन्दै स्थानीय आक्रोशित छन् । “सहनु पनि कति सहनु, अब त वार कि पारको आन्दोलन थाल्छौँ”, स्थानीय डिलप्रसाद कँडेल भनछन्, “हाम्रो गाउँको एउटा पुस्ता नै धुलोमा निसास्सिएर जीवन बिताउनु पर्ने अवस्था

आयो ।” पुनः ठेक्काको माग गर्दै स्थानीयले लोकमार्ग भएर आउने सवारीसाधन पटक–पटक ठप्प पार्दै आएका छन् ।

ठेक्का रद्द गरेर पुन ठेक्काका लागि आयोजनाले दुई महिना अघिनै काम थाले पनि अर्थमन्त्रालयमा फाइल रोकिएको आयोजना कार्यालयले जनाएको छ ।मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङमा पर्ने एक सय ४२ किलोमिटरमध्ये २५ किलोमिटर सडकखण्ड कालोपत्रे हुन बाँकी छ ।

समस्याग्रस्त जिल्ला सदरमुकामको उपल्लाचौर देखि घोडाबाँधेसम्मको २५ किमि सडकको जिम्मा पाएको दुई निर्माण कम्पनीमध्ये बिहुँ खण्डको कम्पनीसँग दुई महिनाअघि ठेक्का सम्झौता रद्द गरिएको थियो ।

बागलुङको उपल्लाचौरदेखि १३ किलोमिटर पहिलो खण्डको ठेक्का सम्झौता मिति सकिएको छ । रद्द भएपछि पुनः ठेक्का लागि अर्थ मन्त्रालयमा पठाइए पनि ढिलाएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख कल्पना अधिकारीले जानकारी दिइन् ।

दुई वर्षमा सक्ने गरी निर्माणको जिम्मा पाएको कम्पनीले ठेक्का सम्झौता भएको आठ वर्षसम्म कालोपत्रको काम नगर्दा बिहुँका स्थानीयले निरन्तर दबाबमूलक काम गर्दै आएका छन् । हिउँदमा धुलो र बर्सातमा हिलोको समस्या यो खण्डमा उस्तै छ ।

सडकको धुलो सहन नसकेको भन्दै स्थानीयले यही माघ २१ गतेदेखि सडकमा सवारी चल्न नदिने गरी धर्नालगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेका छन् । काठेखोला गाउँपालिकानै आन्दोलनमा होमिएको छ । “उपल्लो खण्डको छिटो ठेक्का लगाउने र तल्लो खण्डमा म्याद थपेर छिटो काम सक्न दबाब दिन हामीले

आन्दोलन नै गर्नुपर्ने अवस्था आयो”, गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले भने, “हाम्रा जनताले दुःख पाएको हामीले कतिञ्जेल हेरेर बस्न सक्छौँ । आफैँले गर्न सम्भव छैन, दबाबका लागि आन्दोलन थाल्ने भनेका छौँ ।” सडककै सकसका कारण चालु आर्थिक वर्ष सुरु भएपछि बिहुँबाट २६ परिवार बसाइ सरेका छन् ।

Previous Post

सात वर्षमा पनि सम्पन्न भएन फलफूल चोक–पोखरी सडक

Next Post

दयाहाङ राईको हातमा अहिले १७ चलचित्र

सम्बन्धित खबर

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
आर्थिक

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

१९ फाल्गुन २०८२,
आवाज

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

१९ फाल्गुन २०८२,
प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने
आवाज

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

१९ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

१९ फाल्गुन २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
फिचर-ब्यानर

प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

१९ फाल्गुन २०८२,
पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
आवाज

गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

१९ फाल्गुन २०८२,
Load More
Next Post
दयाहाङ राईको हातमा अहिले १७ चलचित्र

दयाहाङ राईको हातमा अहिले १७ चलचित्र

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In