• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो

    निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

टोड्के धौलागिरि पानोरमा पदमार्गः ‘डाँडामा प्रकृति गाउँमा संस्कृति’

by
१९ माघ २०८०,
0
टोड्के धौलागिरि पानोरमा पदमार्गः ‘डाँडामा प्रकृति गाउँमा संस्कृति’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी (बेनी)। अग्ला पहाड । घना जङ्गल । शान्त वातावरण । मनोरम दृष्यावलोकनसँगै गाउँको मौलिक आतित्यता टोड्के–धौलागिरि मानोरमा पदमार्गका मुख्य आकर्षण हुन् ।

गण्डकी प्रदेशको म्याग्दी र मुस्ताङ जोड्ने गरी टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्ग सञ्चालनमा ल्याउने तयारी थालिएको छ ।

म्याग्दीको रघुगङ्गा र मङ्गला गाउँपालिका तथा बेनी नगरपालिकाको सीमा क्षेत्रलाई समेटिएको पर्यटकीयस्थल टोड्केदेखि मालिका धुरी–ठाडाखानी–कुइनेखानी–चौरखानी–घ्यासीखर्क–चिमखोलाको सेतिनी भ्याली–कछुवा ओडार–धौलागिरि आधार शिविर–कालीबराह हुँदै मुस्ताङको लेते निस्कने गरी परिकल्पना गरिएको टोड्के–धौलागिरि पानोरमा पदमार्गको अध्ययन भइसकेको छ ।

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र रघुगङ्गा गाउँपालिकासँगको सहकार्य र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० गण्डकीले एक साता लामो स्थलगत पदयात्रा गरेर यस पदमार्गको खोज, अनुसन्धान तथा प्रवद्र्धन गरेको हो ।

टोड्के–धौलागिरि पानोरमा पदमार्गको प्रारम्भिक अध्ययन तथा खोज गरिएको र यस क्षेत्रमा पदमार्ग, होटल, टि हाउस, क्याम्पिङका लागि खानेपानीलगायतका पूर्वाधार बनाउन सके नियमितरुपमा पर्यटक भित्र्याउन सकिने सम्भावना भेटिएको टान गण्डकीका उपाध्यक्ष तथा अध्ययन टोलीका संयोजक कृष्णप्रसाद आचार्यले बताए ।

“यो पदमार्गको सम्भावना धेरै छ, गाउँको मौलिक संस्कृति र रहनसहनदेखि छोटो अवधिमा धौलागिरि हिमालको नजिकै पुग्न सकिन्छ, मुख्य कुरा आधारभूत पर्यटन पूर्वाधार बनाउनतर्फ अब जोड दिनुपर्छ”, आचार्यले भने ।

डाँडा, घना जङ्गल र शान्त वातावरणमा मनोरम हिमशृङ्खलाको अवलोकन गर्दै यात्रा गर्न पाउनु यस पदमार्गको मुख्य आकर्षण हुन् ।

पर्यटनका लागि आवश्यक प्रकृति, संस्कृति र ‘एडभेन्चर’ तीनवटै पक्ष यस पदमार्गको मुख्य आकर्षण हुनुले पनि यसलाई सञ्चालनमा ल्याउन सके पर्यटकको बसाई लम्बाउनेदेखि स्थानीयको आयआर्जन सुधारमा टेवा पुग्ने उपाध्यक्ष आचार्यको विश्वास छ ।

“डाँडाकाँडामा पुग्दा मनमोहक प्रकृति र गाउँमा पुग्दा मौलिक संस्कृति भेटिने यस्ता पदमार्ग कमै छन्, यसको प्रवद्र्धनको अगुवाइ टानले गर्छ, पूर्वाधार बनाउन सरकारको तत्परता चाहिन्छ”, उनले थपे ।

गण्डकी प्रदेशका मुख्य पर्यटकीय पदमार्ग सडक सञ्जालले विस्थापित बन्न थालेपछि टानले नयाँ पर्यटकीय पदमार्गको खोजी र अध्ययन सुरु गरेको हो ।

टोड्के–धौलागिरि पानोरमा पदमार्गलाई लामो र छोटो दूरीमा आवश्यकताअनुसार यात्रा गर्न सकिने भएकाले पनि यो पदमार्गमा पर्यटन विकासको सम्भावना बढी छ ।

त्यसअघि टानकै नेतृत्वमा पहिचान गरिएको धौलागिरि ‘आइसफल’ पदमार्गमै जोड्ने गरी टोड्के–धौलागिरि पानोरमा पदमार्गलाई रेखा्ङ्कन गरिएको छ ।

सडक सञ्जालको पहुँचले पदमार्ग मासिनु र पर्यटकको पदयात्रा छोट्टिनुले पर्यटन क्षेत्र सङ्कटमा पर्दै गएको अवस्थामा टोड्केदेखि धौलागिरि आधार शिविर हुँदै मुस्ताङको लेते जोड्ने गरी पहिचान भएको यस पदमार्गले पर्यटन क्षेत्रमा नयाँ सम्भावनाको उजागर भएको टान गण्डकीका सचिव तीर्थराज सुवेदीले बताए ।

“मनोरम हिमाल र प्राकृतिक सुन्दरताको अवलोकन, मौलिक कला र संस्कृतिको मनोरञ्जन लिन पाउनु यस पदमार्गको प्रमुख आकर्षण रहेछन्, हामीले यस पदमार्गको सम्भावना अधिक देखेका छौं, पर्यटन पूर्वाधार बनाउन स्थानीय सरकार र प्रदेश सरकारले ध्यान दिन जरुरी छ”, उनले भने ।

यस पदमार्गले समेटिएका बस्तीमा बसोबास रहेका मगर र छन्त्याल समुदायको मुख्र्यौली मादले मारुनी नाच, यानीमाया, सालैजो, थाली नाच, ग्रामीण जीवनशैली र रहनसहन पर्यटकको लागि थप आकर्षणको रुपमा रहेका छन् ।

पदमार्गले समेटिएका बस्ती ढुङ्गाले छाएर बनाएका परम्परागत घरले चिटिक्क मिलेर बसेको हुँदा यो क्षेत्र परम्परागत ग्रामीण जीवनशैलीको अध्ययन गर्ने थलोको रुपमा समेत विकास गर्न सकिने पर्यटन व्यवसायी विश्वराज अधिकारी बताउछन् ।

विभिन्न वन्यजन्तु, वनस्पति, पन्छी, ताल, झरना, धार्मिकस्थललगायत यस पदमार्गका थप आकर्षणको रुपमा रहेका छन् । टोड्केबाट सुरु हुने यो पदमार्ग घ्यासीखर्क पुगेपछि धौलागिरि सेञ्चुरी र धौलागिरि आइसफल पदमार्गसँग जोडिएको छ ।

Previous Post

‘सुशासन, सामाजिक न्याय र समृद्धिका लागि सुरक्षा व्यवस्था सुदृढ हुनुपर्छ’

Next Post

थाई अदालतद्वारा शाही मानहानि कानून संशोधन अभियान अन्त्य गर्न आदेश

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

१० भदौ २०८३,
भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन
आवाज

भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

१० भदौ २०८३,
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
आवाज

भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

१० भदौ २०८३,
मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो
आर्थिक

निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

१० भदौ २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
अन्तर्राष्ट्रिय

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

१० भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

१० भदौ २०८३,
Load More
Next Post
थाई अदालतद्वारा शाही मानहानि कानून संशोधन अभियान अन्त्य गर्न आदेश

थाई अदालतद्वारा शाही मानहानि कानून संशोधन अभियान अन्त्य गर्न आदेश

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In