हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बहुप्रतीक्षित SUVExterकोबूकिङ आज देखी खुल्ला गरेको छ ।गत भदौमा सम्पन्न नाडा अटो शोमा सो गाडी प्रदर्शन गरिएको थियो |
Hyundai Exter५ सिटर एसयूभी कम्पनीको मोडेल लाइनअपमा पहिलो SUV हो जुन Hyundai Venueभन्दा अघी रहने छ। आकर्षक बनोट र बिभिन्न फिचरलेExterलाई एक बिशेष SUVबनाएको छ ।
गत जुलाई महिनामा भारतमा सार्वजनिक गरिएको एक्सटर भारतको प्रतिष्ठित इन्डियन कार अफ द इयर (ICOTY) को विजेता समेत बनेको छ ।
एक्सटरको फ्रन्टमा स्प्लिट हेडलाइट सेटअप र एलईडी डीआरएल दिइएको छ। यसको डीआरएल एच प्याटर्नमा राखिएको छर इन्टेरियरमा इलेक्ट्रिक सनरुफ, वायरलेस चार्जर, एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर लगायत अन्य प्रशस्त फिचर उपलब्ध छ।
१.२ लिटर पेट्रोल इन्जिन जडित सो एसयूभीको पावर ८३ एचपी र टर्क ११४ एनएएम रहेको छ । सो एसयूभीमा १८ प्रकारका ‘फर्स्ट–इन –सेग्मेन्ट’ फिचर दिइएको हो । हुन्डाईले एसयूभी एक्स्टरमा पहिलोपटक ६ वटा एयरव्याग दिएको छ । यसैगरी यसमा शार्क–फीन एन्टेना, फूटवेल लाइटिङ, मेटल प्याडल, भ्वाइस–इनेवल्ड सनरुफ र वायरलेस चार्जरलगायत अरु safety, convenient र comfort का फिचरलाई बिशेषध्यान दिएर बनाइएकोछ ।यसमा१८५ mm को उत्कृष्ट ground clearance रहेको छ, जस्ले गर्दा नेपाल को बिभिन्न बाटोहरुमा सहजयात्रागर्ने आत्मविश्वासदिलाउँछ। हील एसिस्ट कन्ट्रोल (HAC) र भेइकल स्ट्याविलीटी म्यानेजमेन्ट (VSM) जस्ता ‘फर्स्ट–इन–सेग्मेन्ट’ फिचर्सपनि यसमासमावेश गरिएको छ।६ कलर अप्सनमा आउने EXTER नेपालमाE, S र SX गरी तीन भेरियन्टमा उपलब्ध हुनेछ जस्को मुल्यक्रमश रु. ३४,९६०००/-,४०,९६,०००/- र ४४,९६,०००/- हुनेछ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नेपाल भरी १७ शोरुम तथा १९ सर्भिस सेन्टर र ४५ + चार्जिङ पोइन्टहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरी करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।













