घर वरिपरि लगाइएको बोटविरुवाले वातावरणलाई सुन्दर बनाउन मद्दत त गर्छ । सकारात्मक ऊर्जा कायम राख्नका लागि पनि विभिन्न बोटबिरुवाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । तर वास्तुशास्त्र अनुसार केही बोटबिरुवा घर वरिपरि लगाउनु राम्रो मानिएको छैन ।
पिपललाई धार्मिक दृष्टिकोणले अत्यन्तै शुभ मानिन्छ र पीपल पूजनीय वृक्ष हो । हरेक शनिबार पिपलको बोटमा पानी चढाउँदा शुभ फल मिल्ने, परिवारमा सुखशान्ति प्राप्त हुने मान्यता छ तर वास्तुशास्त्रका अनुसार घर वरिपरि पिपलको रूख रोप्नुलाई घरको सुखशान्ति र
समृद्धिका लागि हानिकारक मानिएको छ । घर वरिपरि पिपलको बोट हुँदा घरमा अशान्ति, बारम्बार चोटपटक लाग्ने मान्यता छ ।
पिपलको बोटमा रातको समय कुल, पितृ, भूत, प्रेत, शनि राहु र केतुको बास हुन्छ भने दिनमा भगवान् विष्णु र विभिन्न देवीदेवताको बास हुन्छ भनिएको छ ।













