प्रमोद गाउँबाट काठमाडौँ पढ्न भनि गएछ । काठमाडौँबाट गाउँ आएर यति पढेँ, उति पढेँ भन्दै गाउँलेसामू फूर्ति लगाउन थालेछ तर प्रमोदले काठमाडौँमा गएर पढेको चाहिँ थिएन ।
एक दिन प्रमोद घरमा गएको बेलामा एउटी महिलाले अँग्रेजीमा लेखिएको चिठी दिएर प्रमोदलाई पढ्न भनि अनुरोध गरिछन् ।
प्रमोदः प्रमोदलाई फसाद परेछ । उसलाई पढ्न त आउँदैन । चिठी समाउँदै जुक्ति लगाउन थालेछ ।
आईमाईः लौन बाबु के लेखेको रहेछ चिठीमा पढिदिनुहोस् न ! यो गाउँको पढेलेखेको तपाईं एकजना मात्रै हुनुहुन्छ ।
प्रमोदः (अलि अकमकिँदै) मैले त नाईट कलेज पढेको, अहिले त पढ्न मिल्दैन । नाईटमा नै आउनु होला ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













