पछिल्लो समय इन्डोर प्लान्टहरू रोप्ने चलन निकै बढेको पाइन्छ । इन्डोर प्लान्ट घरको कोठा, बार्दली, भ¥याङ जस्ता ठाउँमा लगाउने गरिन्छ । यसले घरलाई सुन्दर देखाउनुको साथै वरिपरिको वातावरणलाई समेत सफा र स्वच्छ राख्न मद्दत गर्दछ । इन्डोर प्लान्टहरु धेरै छन् त्यसमध्ये रबर प्लान्ट लगाउँदा हुने फाइदाहरु निम्नानुसार छन्—
– रबर प्लान्ट घरमा रोप्दा यसले वरिपरिको हावालाई स्वच्छ राख्न मद्दत गर्छ ।
– रबर प्लान्ट यस्तो बिरुवा हो जसलाई माटो सुख्खा भएपछि मात्र पानी हाल्नुपर्छ ।
– रबर प्लान्टलाई घरको जुनै कोठाको झ्यालको छेउमा राख्दा यसले ताजा हावा प्रदान गर्न मद्दत गर्छ ।
– रबर प्लान्टले हावामा रहेको कार्बनडाइअक्साइडको मात्रा सोसेर अक्सिजन प्रदान गर्न मद्दत गर्छ ।
– रबर प्लान्टले घरमा रहेको हानिकारक धुलोका कणहरूलाई हटाउन मद्दत समेत गर्दछ ।













