• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पोखराको पुम्दीकोटमा बन्दैछ ‘गुटेरेस प्वाइन्ट’

by
७ माघ २०८०,
0
पोखराको पुम्दीकोटमा बन्दैछ ‘गुटेरेस प्वाइन्ट’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी । संयोग मान्नुपर्छ त्यसदिन पुम्दीकोटको आकाश खुलेको थियो, हिमाल पूरै हाँसेका थिए । पोखरा पुग्ने जोकोहीलाई पनि त्यहाँबाट देखिने हिमाल र पोखराको दृश्य मनमोहक लाग्छ । यस्तै लागेको थियो गत कात्तिक १३ गते संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई पनि ।

यहाँ आउने पूर्ववत् कार्यक्रम त थिएन, तर नेपाल भ्रमणका क्रममा पोखरा आएका महासचिव गुटेरेस त्यसदिन यहाँको धार्मिक पर्यटकीय गन्तव्य बन्दै गरेको पुम्दीकोट उक्लिए । शिवजीको विशाल मूर्ति हेर्दै भित्र पसेका यी विशिष्ट पाहुनाको स्वागतको पर्खाइमा थिए सुन्दर पोखरा र सेता हिमाल ।

गुटेरेस बारम्बार हिमाल र फेवाताल चियाउँथे र मुहार उज्यालो पार्थे । त्यो दृश्यले महासचिवको मन पनि लोभ्याएको तथ्य उनको हर्षित मुहारमा देखिन्थ्यो ।

दिउँसो ४ः३० बजे यहाँ आइपुगेका महासचिव गुटेरेसलाई स्वागत गर्न तयारी अवस्थामा थिए पोखरा महानगरका प्रमुख धनराज आचार्य र महादेवको मूर्ति निर्माण अभियानका संयोजक चन्द्रकान्त बराल । साथमा पोखरा महानगरपालिका वडा नं २२ का वडाध्यक्ष हिमलाल बराल पनि पुगे ।

गुटेरेस दृश्यावलोकन गर्दै विशाल मूर्ति परिसरको दक्षिण पश्चिम कुनामा पुगे । त्यो कुनाबाट अविचलित हेरिरहँदा लाग्थ्यो उनलाई त्यस कुनाले मोहनी नै लगाएको थियो । केहीबेरको हेराइपछि उनी मूर्ति परिसरको माथिल्लो तल्लामा पुगे । त्यहाँबाट पनि दृश्यहरू नियालिरहँदा उनी निकै हर्षित मुद्रामा देखिन्थे । उक्त तलाबाट दृश्यावलोकनसँगै विभिन्न विषयमा जानकारी लिएका गुटेरेस त्यहाँबाट झरे । पुनः अघि हेरैकै कुनामा फर्किएर दोहोर्‍याएर हिमालसहितको पोखरा आँखामा कैद गरे । त्यहाँबाट फर्किएका गुटेरसको मन अझै रमाएको थिएन । फेरि तेस्रो पटक पनि त्यही कुनामा पुगे ।

उनी त्यस कुनाबाट देखिने अलौकिक दृश्य चियाउँदै थिए भने उनको स्वागतार्थ त्यहाँ उपस्थित सबैजना गुटेरेसलाई हेर्दै थिए । पछि उनी लोभिएको त्यो कुनातर्फ नै सबैको ध्यान पुग्यो । त्यही कुनालाई पुम्दीकोट विकास समितिले ‘गुटेरस प्वाइन्ट’का रुपमा विकास गर्ने योजना बनाएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव जस्तो विश्वकै अतिविशिष्ट व्यक्तिलाई मोहित बनाएको कुनालाई ‘गुटेरेस प्वाइन्ट’का रुपमा विकास गर्ने सोच अघि बढाइएको समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।

पुम्दीकोटको विशाल महादेव मूर्ति भएको परिसरको दक्षिण पश्चिम कुना जहाँबाट हिमाली शृङ्खलाहरू एकसाथ देख्न सकिन्छ । यहाँबाट विभिन्न ११ वटा हिमशिखर एकसाथ अवलोकन गर्न सकिन्छ ।

यहाँबाट आठ हजार ९१ मिटरको अन्नपूर्ण प्रथम, सात हजार नौ सय ३७ मिटरको अन्नपूर्ण दोस्रो, सात हजार पाँच सय ५५ मिटरको अन्नपूर्ण तेस्रो, सात हजार पाँच सय २५ मिटरको अन्नपूर्ण चौथो, सात हजार चार सय ८५ मिटरको खाङसारकाङ र सात हजार दुई सय ९१ मिटरको अन्नपूर्ण दक्षिण हिमाल देख्न सकिन्छ ।

त्यस्तै छ हजार नौ सय ९७ मिटरको माछापुच्छ्रे, छ हजार नौ सय ८३ मिटरको लमजुङ, छ हजार चार सय ४१ मिटरको घान्द्रुक हिउँचुली र पाँच हजार सात सय ८१ मिटरको मर्दी हिमाल अवलोकन गर्न सकिनु यहाँको विशिष्टता हो ।

जनस्तरको सक्रियतामा पुम्दीकोटमा निर्मित ५१ फिट अग्लो महादेवको विशाल मूर्ति यतिखेर पोखराको आकर्षक पर्यटकीय गन्तव्यका रुपमा चासो र चर्चा कमाएको छ । समितिले सुरुमा १०५ फिटको उठेको स्वरुपको महादेवको मूर्ति राख्ने लक्ष्य लिएकामा नागरिक उड्डयन प्राधिकरणको सल्लाहमा बसेको स्वरुपको ५१ फिट उचाइको मूर्ति जडान गरिएको हो ।

मूर्ति निर्माणसँगै पुम्दीकोटमा बढ्दै गएको स्वदेशी एवं विदेशी पर्यटकको आगमनले आफूहरूलाई निकै उत्साहित बनाएको समितिका अध्यक्ष बरालले बताए ।

जनस्तरबाट निर्माण गरिएको महादेव विशाल मूर्तिसँगै गुरुयोजनामा समेटिएका अन्य पूर्वाधार निर्माण अघि बढिरहेको उल्लेख गर्दै बरालले हालसम्मका संरचना निर्माणमा लगभग २६ करोड रुपैयाँ लगानी भइसकेको बताए ।

समितिले मूर्तिसहित संरचना निर्माणका लागि ४० करोड रुपैयाँ लागत अनुमान सहितको गुरुयोजना अनुरुपका कामलाई अघि बढाइरहेको छ । पोखराको मुख्य बजार क्षेत्रबाट करिब १३ किमी दूरीमा रहेको यस स्थानमा आएका पर्यटकले विशाल मूर्तिको अवलोकनसँगै यहाँबाट बृहत् पोखरा उपत्यकासहित धवलागिरि, अन्नपूर्णजस्ता हिमशृङ्खला नाङ्गो आँखाले हेर्दछन् ।

देशका विभिन्न स्थानका साथै भारतलगायत विदेशी मुलुकबाट पनि पर्यटक पुम्दीकोट पुग्ने गरेका छन् । पछिल्ला समयमा बढ्दै गएको आकर्षणले पशुपतिनाथ पछिको दोस्रो तीर्थस्थलका रुपमा पुम्दीकोट स्थापित हुने समितिको विश्वास छ ।

पुम्दीकोटका पर्यटकीय सम्भावनालाई उजागर गर्ने लक्ष्यका साथ विसं २०७३ फागुनमा महाशिवपुराण लगाउँदा छ करोड १८ लाख रुपैयाँसहित दानस्वरुप २० रोपनी जग्गा प्राप्त भएको थियो भने विसं २०७८ मा दोस्रो पटक महायज्ञ लगाउँदा करिब रु तीन करोड सहयोग प्राप्त भएको अध्यक्ष बरालले जानकारी दिए ।

समितिले बृहत् गुरुयोजनाअनुसार बाँकी काम अघि बढाउँदै गएको छ । मूर्ति स्थापनाका साथै प्रशासनिक भवन, गुरुमहाराज आश्रमसँगै नजिकै पल्लो थुम्कोमा सुमेरु पर्वतकै झल्को दिने गरी संरचना निर्माण गरिसकिएको छ । विशाल मूर्ति रहेको स्थान कैलाश र सुमेरु पर्वतलाई जोड्ने विद्युतीय चियरकार निर्माण गर्ने समितिको कार्ययोजनासमेत छ ।

त्यस्तै शान्ति आश्रम, ज्येष्ठ नागरिक मिलन केन्द्र, बगैँचा आदि निर्माण गर्ने लक्ष्य राखिएको छ । मूर्ति परिसरमा गणेश मनोरेल, शिवलिङ्ग आदि स्थापना भइसकेको छ भने परिसरमा आकर्षक प्रवेशद्वार निर्माण भइरहेको छ । शिवलीला, वन्यजन्तुको जीवनचक्र देखाउने प्रोजेक्टर निर्माण गर्ने समितिको सोच छ ।

पोखरा आउने स्वदेशी एवं विदेशी पर्यटकले नछुटाउने गन्तव्य पुम्दीकोट बनेको समितिका सदस्य मातृका बरालले बताए । पछिल्ला समयमा पोखरा आएका विशिष्ट एवं अतिविशिष्ट व्यक्ति पुम्दीकोट पुग्दा आफूहरू हर्षित भएको उनले बताए ।

‘संयुक्त राष्ट्रसङ्घका महासचिवजस्ता अतिविशिष्ट व्यक्तिको पुम्दीकोटमा भएको आगमनले यहाँको विश्वव्यापी प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुगेको छ’, उनले भने ।

फेवातालसहितको पोखरा, अन्नपूर्ण, माछापुच्छ्रेलगायत हिमशृङ्खला एकसाथ देख्न सकिने पुम्दीकोटमा महादेवको मूर्ति स्थापना गरिएसँगै बजारका विभिन्न स्थानबाट माछापुच्छ्रेको काखैमा महादेव ध्यानमग्न भएजस्तो देखिनुले यहाँको सौन्दर्यतालाई थप उजागर गरेको छ ।

पूर्वाधार निर्माणकै क्रममा हालै विशाल मूर्ति परिसरभन्दा यताको थुम्कोमा सुमेरु पर्वत निर्माण गरिसकिएको बरालले जानकारी दिए । यसका लागि करिब दुई करोड रुपैयाँ खर्च भइसकेको र यस परियोजनामा बाँकी तीन करोड रुपैयाँ लगानी थप आवश्यक भएको उनले बताए ।

पोखरामा आउने पर्यटकलाई साँझमा ‘लेजर लाइट’मार्फत महादेवको मूर्तिलाई पर्दा बनाइ शिव ताण्डव नृत्य, महादेवको शिवलीलासमेत प्रदर्शनी गरिने समितिको सोच छ । परियोजनाका परिमार्जित गुरुयोजनामा सुमेरु पर्वत नामकरण गरी भूमेश्वर महादेवदेखि सुमेरु पर्वतसम्म पहुँचका लागि विद्युतीय चियर कार, ग्रिनरी पार्क, व्यवस्थित पार्किङस्थल निर्माण गर्ने विषय समेटिएको छ ।

विशाल मूर्ति स्थापनासँगै पुम्दीकोटको महिमा र गरिमा चुलिँदा आसपासका सर्वसाधारण लाभान्वित बनेका छन् । पछिल्ला समयमा होटेललगायत पूर्वाधार एकपछि अर्को गर्दै थपिएका छन् । विगतमा गाउँ छोडेर सहर झर्नेहरू विशाल मूर्ति निर्माणसँगै बढेको पर्यटकीय आकर्षणले पुनः गाउँमा नै फर्कन थालेका छन् ।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

काठमाडौँबाहिरका विमानस्थलमा अनिवार्य रात्रि बिसान गर्नुपर्ने

सम्बन्धित खबर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

१३ असार २०८३,
वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
आवाज

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

१३ असार २०८३,
खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी
आर्थिक

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

१३ असार २०८३,
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
Load More
Next Post
काठमाडौँबाहिरका विमानस्थलमा अनिवार्य रात्रि बिसान गर्नुपर्ने

काठमाडौँबाहिरका विमानस्थलमा अनिवार्य रात्रि बिसान गर्नुपर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In