• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

व्यवस्थित बनाइँदै ‘पञ्चकन्या झरना’

by
६ माघ २०८०,
0
व्यवस्थित बनाइँदै ‘पञ्चकन्या झरना’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एकनासले झरिरहेको झरना, तल बाँध बाँधेर बनाइएको पोखरीमा चिसो र कञ्चन पानीसँग खेल्ने ठाउँ छ। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ खारखोलास्थित पञ्चकन्या झरना यतिले यहाँ आउने सबैको आकर्षक गन्तव्य बनेको छ।

पोखरीको पानीमा खेल्न पाइने मनोरमस्थल भएकाले यहाँ घुम्न आउनेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ। यहाँ आउने आन्तरिक पर्यटकको सङ्ख्या बढेसँगै बस्न चाहनेलाई आवास सुविधाका लागि रिसोर्ट बनेको छ।

झरना जानका लागि सडकको स्तरोन्नति गरेसँगै स्थानीय विजय केसीले झरना नजिकै ‘पञ्चकन्या ट्राउट हाउस एण्ड मिनि रिसोर्ट’ सञ्चालनमा ल्याएका छन्। पञ्चकन्या कृषि फार्मद्वारा सञ्चालित उक्त हाउसमा बैठक बस्नेदेखि आवास र ट्राउट माछासँगै विभिन्न स्थानीय कृषि उत्पादनका परिकारका स्वाद लिन पाइने सञ्चालकले बताए।

‘यहाँ आउने पर्यटकलाई सुविधा प्रदान गर्नका लागि करिब एक करोड लागतमा रिसोर्ट सञ्चालनमा ल्याएको हुँ’, केसीले भने, ‘अब झरनामा क्यानोनिङ, पोखरीमा बोटिङ, रक क्ल्याइम्बीङ, बञ्जीजम्पलगायतका साहसिक खेलसमेत सञ्चालन गर्न सकेको खण्डमा यहाँको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्नेछ।’

चिसो पानीमा पर्यटक रम्नुका साथै ट्राउट माछाको लागि उपयुक्त ठाउँ भएकाले कृषि पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रिसोर्ट सञ्चालनमा ल्याइएको उनको भनाइ छ। उनका अनुसार यहाँ ३० जना सम्मको आवास व्यवस्थापन गर्न सकिने व्यवस्थित रिसोर्ट बनेको छ।

झरनामा क्यानोनिङको लागि विज्ञ टोलीलाई ल्याएर अध्ययनसमेत गरिसकेको केसीले बताए। रिसोर्टमा अरु दुई जनालाई राखेर सञ्चालन गरेसँगै अरु चार जनालाई रोजगारीसमेत दिइएको छ। यसअघि सो टाउँमा जानका लागि झाडी भएको, वियर तथा फोहर यत्रतत्र छरेको अवस्थामा रहेकामा अहिले रिसोर्ट सञ्चालनमा आएपछि हप्ताको एक पटक नियमित रुपमा सरसफाइ गर्दै आएको उनले बताए।

विशेष गरेर गर्मीयाममा घुइँचो लाग्ने गरेको यस ठाउँमा आजभोलि शनिबार र बिदाका दिन पर्यटक पुग्ने गरेका छन्। महाभारत लेकबाट बगेर आउने चिसो पानीको झरनामा रमाइलो गर्न विभिन्न ठाउँबाट पर्यटक यहाँ घुम्न पुग्ने गरेका केसीले बताए। हरियाली, शान्त र रमणीय वातावरणमा बसेर पानीसँगै मनोरञ्जन लिनका लागि ‘पञ्चकन्या झरना’ पछिल्लो समय धेरैको रोजाइमा पर्न थालेको उनको भनाइ थियो।

झरना क्षेत्रमा पुगेपछि आनन्द मिल्ने भएकाले सबैको रोजाइ बन्दै गएपछि पछिल्लो समय त्यहाँसम्म जाने मोटरबाटोको स्तरोन्नति गर्ने काम भइरहेको पनौती–१२ का वडाध्यक्ष जयराम केसी खत्रीले जानकारी दिए। मोटरबाटोको स्तरोन्नतिपछि पर्यटकको सङ्ख्या झन बढ्ने अपेक्षा गरिएको उनले बताए।

पञ्चकन्या झरनाको नामले परिचित यस ठाउँमा पनौती–मल्पि–रोशी भूमेडाँडा हुँदै पुग्न सकिन्छ। आन्तरिक पर्यटकको आवागमन बढ्दै गएपछि करिब डेढवर्ष अगाडि वडा नं १२ ले झरना जाने सिँढी निर्माण गर्नुका साथै बार र रेलिङ हालेर बाटो सहज बनाएको वडाध्यक्ष खत्रीले बताए।

शान्त ठाउँ, घनाजङ्गलको छेउमा रहेको झरना पुग्नका लागि खोलाको बाटो हुँदै जानुपर्ने भएकाले निकै रमाइलो र मनमोहक लाग्ने यहाँ आउनेहरु बताउँछन्। पहिला यहाँ आउनका लागि सानो गोरेटो बाटो मात्रै भएकाकाले गाउँलेलाई बजार आवतजावत गर्न समेत मुस्किल हुने गरेकामा बाटो स्तरोन्नति भएसँगै आवागमन सहज भएको स्थानीय बताउँछन्।

झरनाकै कारण बाटो फराकिलो बनेपछि अब घर जानआउन सहज भएको स्थानीय सूर्यबहादुर गोले बताए। ‘पहिला त सानो मान्छे हिँड्न मात्रै मिल्ने गोरेटो बाटो थियो। अहिले झरनासम्म जाने फराकिलो मोटरबाटो बन्दैछ’, उनले भने, ‘त्यहाँसम्म मात्रै भए पनि सहज बनेको छ। हाम्रो गाउँसम्म पुग्नको लागि त अझै उस्तै समस्या छ।’

गोलेको गाउँसम्म पुग्नका लागि करिब आधा घण्टाको बाटो अरु हिँड्नुपर्छ। यसअघि बाटोघाटोको सुविधा केही नभएकाले अधिकांश स्थानीय बासिन्दा बसाइँ सरिसकेका उनले बताए।

पनौती–१२ का वडाध्यक्ष खत्रीले पछिल्लो समय पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएपछि सङ्घीय सरकारको करिब रू एक करोड लागतमा मोटरबाटो स्तरोन्नतिको काम भइरहेको बताए।

पहिलो चरणमा अहिले ड्रेन बनाउने र वाल लगाउने काम भइरहेको भन्दै पछिल्लो समयमा त्यसलाई पक्की सडकको रुपमा विकास गर्दै लैजाने योजना रहेको उनले बताए। झरनाभन्दा केही तल व्यवस्थित खेल मैदान निर्माण गरिरहेको उनको भनाइ थियो।

खेल मैदानसँगै मोटरबाटो सकेपछि पैदलयात्राको लागि ढुङ्गा बिछ्याउने, खोलामा काठको पुल राख्ने र झरना नजिकै पाँचकन्या नागको प्रतिमा निर्माण गर्ने लक्ष्य रहेको खत्रीले जानकारी दिए। सो क्षेत्रको आस्थाको केन्द्र भएको ठाउँ जहाँ पाँचकन्याको बास रहेको भन्ने किम्बदन्ती छ। पञ्चकन्या देवीको बासस्थान भएको ठाउँसँगै भएको कारण पञ्चकन्या झरना नामाकरण गरेको स्थानीयवासीको भनाइ छ।

झरना नजिकै रहेको सानो गुफामा पाँचकन्याको प्रतिकात्मक मूर्ति राखेर स्थानीयले पूजा गर्दै आएका छन्। बनेपा र पनौती बजारबाट नजिकैको दूरीमा रहेको सो झरना पर्यटकका लागि आकर्षक थलो बनेपनि रोशीको शिर आसपासमा क्रसर तथा ढुङ्गाखानी सञ्चालन हुनुका साथै टिपर बढी मात्रमा गुड्ने भएकाले त्यसलाई व्यवस्थापन गर्नुपर्ने झरना अवलोकन गर्न आउने पर्यटक बताउँछन्।

Previous Post

यी ठाउँमा सात दिनसम्म विद्युत अवरुद्ध हुने (तालिकासहित)

Next Post

अध्यादेशमार्फत बजेट क्यालेन्डर संशोधन

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
अध्यादेशमार्फत बजेट क्यालेन्डर संशोधन

अध्यादेशमार्फत बजेट क्यालेन्डर संशोधन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In