‘ज्ञान’ भनेको विचार, भावना एवं मनोवेगका गतिविधि जान्नु, इच्छा कर्म, लोभ आशा अपेक्षा एवं तृष्णालाई राम्ररी सम्झनु हो । पहिलेका संस्कार या भाग्यको दुरुपयोग नगर्ने, नयाँ कर्म, इच्छाका पछाडि नलाग्ने स्वभाव विकसित गरेपछि सहज जीवन स्वतः आउँछ ।
व्यर्थ स्मृति एवं अनावश्यक कल्पना उठाउने बानीलाई अत्यन्त सजग भएर समाप्त गर्नुपर्छ । भाग्यले साधन दिएको छ भने परोपकार गर्नुपर्छ । गुरुको सान्निध्यद्वारा साँचो ज्ञान प्राप्त गर्ने प्रयास, प्रयत्न एवं पुरुक्षार्थ अवश्य हुनुपर्छ । धनद्वारा सेवा नगरिकन गुरुको भाव हृदयमा आउँदैन । शरीरद्वारा सेवा नगरेसम्म शुद्ध पुण्यको उदय हुँदैन, साथै निकटको सेवा प्राप्त नगरुन्ज्याल अभिमानको समाप्त भएर समर्पण विकसित हुँदैन ।
दान, सेवा एवं समर्पण जब एकै ठाउँमा पवित्र मनले गरिन्छ छब मात्रै ध्यान ज्ञान एवं परमार्थ जीवनको प्राप्ति हुन्छ । सङ्कल्प÷विकल्पमा लागियो भने ज्ञान पाइँदैन । धनको लोभ, छोराछोरी, मानसम्मानको चक्करमा अल्झियो भने गुरुसेवा गर्न सकिँदैन । दुवै स्थितिमा जीवन माले गेरुको जस्तो हुन्छ । यथार्थ तत्व हो सन्तोष वैराग्यका साथ गुरुका शब्दमा ध्यान दिनु । आफ्नो मन, कर्म एवं संस्कारलाई सज्जन बनाउनु हो ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













