सत्यको नामरूप छैन । क्षणिकले वा मिथ्याले आफ्नो ज्ञान दिन सक्दैन । क्षणिकप्रति जो आसक्ति या लोभ छ, त्यसको त्याग हुनुपर्छ । अज्ञान, स्वीकार र अनुगमन जो मिथ्याप्रति हुन्छ, त्यसको समझ हुनुपर्छ । अनावश्यकको त्याग काल्पनिक मिथ्याको बोध हुनासाथ स्वतन्त्रता, स्वतः आउँछ । जीवन भएर प्रवाहित हुने जो शक्ति छ, त्यसको स्थिति र प्रवाह दुवैको क्रीडा देख्ने अवस्था आउँछ । स्मृतिको विश्राम विलय केही नजान्नु त्यही हो सत्यको अभिनय, सृजन ।
०००
शान्ति, विश्राम आनन्द, आपूmमा छ । समय मनोरञ्जन विक्षेप, थकान द्वैतमा छ । जो देहमा छ त्यहीं पञ्चतत्व वा पञ्च महाभूतमा छ । इच्छा, कुतूहलता मन नलाग्नु अज्ञान हो, चञ्चलता हो । निरिच्छा समाधान शान्त मन ज्ञान हो । पदार्थ र विचारको सङ्ग्रह नगर्नु नै ज्ञानको कर्म हो ।
सम्पत्ति कमाउने इच्छा नहुनु, भएको बचाउने इच्छा नहुनु हानि लाभमा सम रहनु हो । सम्बन्धमा स्थायित्व नचाहनु, मृत्युमा शोक न हुनु संयोग वियोगमा सम हुनु हो । त्यही हो ‘बोध’ । सुनाउने इच्छा सुनेर विक्षेप विश्राम अवस्थाको अभाव हो ।
साभार: ‘विचारप्रवाह’ पुस्तकबाट











