• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

    दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

    सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

    सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

    राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

    राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यी हुन पराजित हुने चर्चित नेताहरू

by
७ मंसिर २०७९,
0
यी हुन पराजित हुने चर्चित नेताहरू
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। आमनिर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी रहँदा केही चर्चित उम्मेदवारले हारको सामना गर्नुपरेको छ। काठमाडौँको तीनवटा निर्वाचन क्षेत्रको परिणाम आउँदा रवीन्द्र मिश्र, डा। राजन भट्टराई, रमेश खरेल, मिलन पाण्डे र पुकार बमले हार बेहोरेका छन्। मिश्र, भट्टराई र पाण्डे आमनिर्वाचन २०७४ मा समेत चर्चित हुनुहुन्थ्यो। खरेल भने आफैँ दल दर्ता गरी पहिलो पटक निर्वाचनमा स्पर्धा गर्नुभएको थियो।

निर्वाचन आयोगका अनुसार काठमाडौँ क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलसँग नेकपा ९एमाले०का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पराजित हुनुभएको छ। वरिष्ठ उपाध्यक्ष पोखरेल यसअघि २०७४ को आमनिर्वाचनमा काठमाडौँ–५ बाटै निर्वाचित हुनुभएको थियो। सो निर्वाचनमा उहाँले नेपाली कांग्रेसका प्रकाशशरण महतलाई पराजित गर्नुभएको थियो।

काठमाडौँ–४ मा नेकपा ९एमाले०का राजन भट्टराईले १३ हजार ८५५ मत ल्याउनुभएको छ। उहाँलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २१ हजार ३०२ मत ल्याएर पराजित गर्नुभएको हो। आमनिर्वाचन २०७४ को अपेक्षा भट्टराईले करिब चार हजारभन्दा बढी मत गुमाउनुभयो। उहाँले यसअघिको निर्वाचनमा १८ हजार १४० मत पाउनुभएको थियो। केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भट्टराई परराष्ट्र सल्लाहकारको भूमिकामा लामो समय रहनुभयो।

काठमाडौँ–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिनुभएका रवीन्द्र मिश्र लगातार दोस्रो पटक नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहसँग पराजित हुनुभएको छ। उहाँले आमनिर्वाचन २०७४ मा विवेकशील साझा पार्टीबाट उम्मेदवारी दिनुभएको थियो। उक्त निर्वाचनमा ८१८ मतले पराजित हुनुभएका मिश्रले यस पटक मात्र १२५ मतले हारको सामना गर्नुपरेको हो।

विवेकशील साझा पार्टीले स्थानीय निर्वाचन २०७९ मा अपेक्षाकृत परिणाम दिन नसकेपछि मिश्रले दलसँगै विचारसमेत परिवर्तन गरी राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध हुनुभयो। उहाँलाई काठमाडौँ–१ का मतदाताले जनप्रतिनिधिका रूपमा पुनः अस्वीकार गरेका हुन्।

सोही क्षेत्रबाट नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक रमेश खरेलसमेत उम्मेदवार हुनुहुन्थ्यो। उहाँले दुई हजार १३० मत प्राप्त गर्नुभएको छ।

अर्का चर्चित युवा मिलन पाण्डेले समेत लगातार दोस्रो पटक हार बेहोर्नुभएको छ। विवेकशील साझाका पाण्डे काठमाडौँ–९ बाट उम्मेदवार हुनुहुन्थ्यो। उहाँलाई नेकपा ९एमाले०का कृष्णगोपाल श्रेष्ठले पराजित गर्नुभएको हो।

काठमाडौँ–९ बाट २०७४ को निर्वाचनमा तेस्रो सर्वाधिक मत पाउनुभएका पाण्डेले आमनिर्वाचन २०७९ मा पाँचौँ स्थानमा पुग्नुभयो। उहाँले दुई हजार ३२७ मत पाउनुभएको छ। अघिल्लो निर्वाचनमा उहाँले चार हजार ९४६ मत पाउनुभएको थियो।

काठमाडौँ–९ मा ११ हजार ९५६ मत ल्याएर निर्वाचित श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई पराजित गर्नुभएको छ। पोखरेलले दस हजार ९६१ मत ल्याउनुभयो। निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहँदै नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टीका थुप्रै चर्चित नेता मतगणनामा पछाडि परेका छन्।

Previous Post

कास्की ३ मा एमाले अगाडि

Next Post

गुल्मीमा जीप दुर्घटनामा ४ जनाको मृत्यु, ५ जना घाइते

सम्बन्धित खबर

संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान
आर्थिक

संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

१ जेष्ठ २०८३,
दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
आवाज

दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

१ जेष्ठ २०८३,
सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट
आवाज

सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

१ जेष्ठ २०८३,
राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता
आवाज

राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

१ जेष्ठ २०८३,
मकैबारीमा मृत गैँडा भेटियो
आर्थिक

मकैबारीमा मृत गैँडा भेटियो

१ जेष्ठ २०८३,
गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज
आर्थिक

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

१ जेष्ठ २०८३,
Load More
Next Post
बारामा बस दुर्घटनामा १६ जनाको मृत्यु

गुल्मीमा जीप दुर्घटनामा ४ जनाको मृत्यु, ५ जना घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In