• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आम्दानीमा मेसीको फड्को : तलब मात्रै साढे ३ अर्ब

    आम्दानीमा मेसीको फड्को : तलब मात्रै साढे ३ अर्ब

    नेपालमा नर्सहरूको अभाव, स्वास्थ्य क्षेत्रकै गम्भीर चुनौती बन्दै

    नेपालमा नर्सहरूको अभाव, स्वास्थ्य क्षेत्रकै गम्भीर चुनौती बन्दै

    लालपुर्जाविहीन नागरिकको पीडा : सुदूरपश्चिमका केही पालिकामा घरभन्दा धेरै ‘भूमिहीन’ परिवार

    लालपुर्जाविहीन नागरिकको पीडा : सुदूरपश्चिमका केही पालिकामा घरभन्दा धेरै ‘भूमिहीन’ परिवार

    आज प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि छलफल, आजै पारित गर्ने कार्यसूची

    आज प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि छलफल, आजै पारित गर्ने कार्यसूची

    आईपीएलः हैदरावादमाथि ८२ रनको जित निकाल्दै गुजरात शीर्ष स्थानमा

    आईपीएलः हैदरावादमाथि ८२ रनको जित निकाल्दै गुजरात शीर्ष स्थानमा

    रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

    रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मध्यवर्तीका बासिन्दालाई ज्यान जोगाउन मुस्किल

by
२२ पुस २०८०,
0
विश्व बाघ दिवसः बाघको संख्या बढेर तेब्बर, व्यवस्थापनमा चुनौती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–१ मा बाघको आक्रमणबाट एकै घरका विष्णु पौडेल र मनादेवी पौडेलको यही पुस ९ गते ज्यान गयो । पुस ४ गते कावासोती–१ मा गैँडाको आक्रमणबाट पुष्प परियार घाइते भए । पुस १९ गते कावासोती–८ का पतिराम महतो गैँडाको आक्रमणमा परे ।

यसैगरी गत मङ्सिर १९ गते देवचुली–१० मा गैँडाको आक्रमणबाट भुलमाया विक र छमबहादुर सारू घाइते भए । वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउने र घाइते हुने यी केही पछिल्ला प्रतिनिधि घटना हुन् । जिल्लाको मध्यवर्ती आसपासका बासिन्दालाई आफूले लगाएको बालीसँगै हिजोआज ज्यान जोगाउने चिन्ताले सताउन थालेको छ ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने नवलपुरका बासिन्दा वन्यजन्तुका कारण चिन्तित बनेका छन् । गैँडा, मृग, बँदेललगायतका जनावर वस्तीमा प्रवेश गर्न थालेसँगै क्षतिसमेत बढ्दो छ । वन्यजन्तुले लगाएको बाली नोक्सान पार्ने, घरपालुवा चौपाया नोक्सान पुर्याउनुका साथै मानवीय क्षतिसमेत पुर्याउन थालेसँगै समस्या जटिल बनेको कावासोती–१० की सीता पङ्गेनीले बताइन् । “दैनिकजसो खेतमा गैँडा आउने गरेको छ, लगाएको गहुँ भित्र्याउने बेलासम्म सकिन्छ कि भन्ने चिन्ता छ, त्यतिमात्रै होइन साँझ–बिहान घरबाहिर हिँडडुल गर्न पनि डरलाग्दो भएको छ”, उनले भनिन्। दिनहुँजसो गैँडा बस्तीमा आएर दुःख दिन थालेको जनाउँदै नियन्त्रणका लागि निकुञ्ज प्रशासनसहित सरोकारवालाले ध्यान दिनुपर्ने उनले बताइन् ।

मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको क्षति बढ्दो रहेको मध्यविन्दु नगरपालिका–२ का वडाध्यक्ष रामभक्त अधिकारीले बताए । पटक–पटक वन्यजन्तुले बालीनाली, चौपायामा क्षति पुर्याउने तथा मानिसलाई आक्रमण गरी घाइते बनाउने गरेको वडाध्यक्ष अधिकारीले बताए । मध्यवर्तीका बासिन्दालाई जनधनको सुरक्षा गर्न मुस्किल भएको उनले बताए।

मध्यवर्तीमा वन्यजन्तुको समस्याले गर्दा बसाइँसराइको प्रभाव पार्दै आएको कावासोती–११ का वडाध्यक्ष शारदाप्रसाद अधिकारीले बताए । “वन्यजन्तुले दुखः दिन्छ भनेपछि बसाइँसराइ गरी आउने कम हुने त भयो नै भएका पनि आजित भएर सक्ने अन्यत्र जान थालेका छन्”, उनले भने। वन्यजन्तुकै कारण हिजो मध्यवर्ती क्षेत्रका पुराना बस्ती पातलिने क्रम बढ्दै गएको उनले बताए ।

संरक्षणकर्मी प्रेमशङ्कर मर्दनिया थारूले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि निकुञ्जभित्र पर्याप्त घाँसेमैदान निर्माण गर्ने र वन्यजन्तुलाई मानव बस्तीमा आउन नदिन पर्खालसहितको मेसजाली लगाउनुपर्ने बताए । “वनभित्र वन्यजन्तुको बासस्थान सुधार गर्ने, पर्याप्त आहारा हुनेगरी घाँसेमैदान निर्माण गर्ने साथै पर्खालसहितको मेसजाली लगाउने काम गर्न आवश्यक छ”, उनले भने, “यसबाट वन्यजन्तु बस्तीतर्फ आउने क्रम कम हुन्छ र क्षति न्यूनीकरणमा सहयोग पुग्छ ।” वन्यजन्तुको संरक्षणसहित यसको क्षति रोक्न सरकारीस्तरबाट योजना निर्माण गर्नुपर्ने उनले बताए ।

मध्यवर्तीका कारण आर्थिक विकासमा असर परेको कावासोती नगरपालिका नगरप्रमुख विष्णुप्रसाद भुसालले बताए । मध्यवर्तीकै कारण विकासका काम गर्न बाधक भएको तथा यहाँका बासिन्दाले आफ्नो सम्पत्तिको सही उपभोग गर्न समस्या परेको उनले जानकारी दिए । वन्यजन्तुले पुर्याएको क्षतिमात्रै नभएर मध्यवर्तीले विकासका काममा समस्या पारेको नगरप्रमुख भुसालले बताए । “हामी संरक्षणविरोधी होइन, तर ऐन, कानुन जनतालाई सहज पार्ने हुनुपर्यो, कुनै बिरुवा लगाए त्यसको प्रयोगका लागि निकुञ्ज धाउनुपर्छ, विकासका काम गर्न उस्तै बाधा अड्चन छन्”, उनले भने ।

Previous Post

पुरैनाताल स्थानीयवासीको अतिक्रमणमा

Next Post

एम्बुलेन्स सञ्चालन व्यवस्थित बनाउन छानबिन समिति गठन

सम्बन्धित खबर

आम्दानीमा मेसीको फड्को : तलब मात्रै साढे ३ अर्ब
फिचर-ब्यानर

आम्दानीमा मेसीको फड्को : तलब मात्रै साढे ३ अर्ब

३० बैशाख २०८३,
नेपालमा नर्सहरूको अभाव, स्वास्थ्य क्षेत्रकै गम्भीर चुनौती बन्दै
फिचर-ब्यानर

नेपालमा नर्सहरूको अभाव, स्वास्थ्य क्षेत्रकै गम्भीर चुनौती बन्दै

३० बैशाख २०८३,
लालपुर्जाविहीन नागरिकको पीडा : सुदूरपश्चिमका केही पालिकामा घरभन्दा धेरै ‘भूमिहीन’ परिवार
फिचर-ब्यानर

लालपुर्जाविहीन नागरिकको पीडा : सुदूरपश्चिमका केही पालिकामा घरभन्दा धेरै ‘भूमिहीन’ परिवार

३० बैशाख २०८३,
आज प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि छलफल, आजै पारित गर्ने कार्यसूची
समाचार

आज प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि छलफल, आजै पारित गर्ने कार्यसूची

३० बैशाख २०८३,
आईपीएलः हैदरावादमाथि ८२ रनको जित निकाल्दै गुजरात शीर्ष स्थानमा
खेलमैदान

आईपीएलः हैदरावादमाथि ८२ रनको जित निकाल्दै गुजरात शीर्ष स्थानमा

३० बैशाख २०८३,
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा
समाचार

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

३० बैशाख २०८३,
Load More
Next Post
कामपाको पूर्वाधार एम्बुलेन्सले पाएन काम

एम्बुलेन्स सञ्चालन व्यवस्थित बनाउन छानबिन समिति गठन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In