• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आम्दानीमा मेसीको फड्को : तलब मात्रै साढे ३ अर्ब

    आम्दानीमा मेसीको फड्को : तलब मात्रै साढे ३ अर्ब

    नेपालमा नर्सहरूको अभाव, स्वास्थ्य क्षेत्रकै गम्भीर चुनौती बन्दै

    नेपालमा नर्सहरूको अभाव, स्वास्थ्य क्षेत्रकै गम्भीर चुनौती बन्दै

    लालपुर्जाविहीन नागरिकको पीडा : सुदूरपश्चिमका केही पालिकामा घरभन्दा धेरै ‘भूमिहीन’ परिवार

    लालपुर्जाविहीन नागरिकको पीडा : सुदूरपश्चिमका केही पालिकामा घरभन्दा धेरै ‘भूमिहीन’ परिवार

    आज प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि छलफल, आजै पारित गर्ने कार्यसूची

    आज प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि छलफल, आजै पारित गर्ने कार्यसूची

    आईपीएलः हैदरावादमाथि ८२ रनको जित निकाल्दै गुजरात शीर्ष स्थानमा

    आईपीएलः हैदरावादमाथि ८२ रनको जित निकाल्दै गुजरात शीर्ष स्थानमा

    रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

    रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पुरैनाताल स्थानीयवासीको अतिक्रमणमा

by
२२ पुस २०८०,
0
पुरैनाताल स्थानीयवासीको अतिक्रमणमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कैलाली । कैलालीको भजनी नगरपालिका–७ स्थित ऐतिहासिक पुरैनाताल सङ्कटमा पर्दै गएको छ । पछिल्लो समय सो तालक्षेत्र स्थानीयवासीको अतिक्रमणमा परेको छ ।

तालको पुरानो वस्तुस्थितिलाई ‘डकुमेन्ट्री’ मा सुरक्षित राखेका प्रकृति संरक्षणकर्मी विजयराज श्रेष्ठले पुरैनाताल सुदूरपश्चिमकै ऐतिहासिक ताल रहेको बताए । उनले कुनै समय ताल अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक पुरैनाताल पुग्ने गरे पनि अस्तित्व सङ्कटमा परेपछि तालको इतिहास नै हराउने अवस्थामा पुगेको बताए । ‘यहाँ बाहै्र महिना सारस पाइन्थ्यो, अन्य प्रजातिका चराले तालको महत्वलाई अझै ऐतिहासिक बनाएको थियो’, उनले भने, ‘त्यो अवस्थामा देखेको तालको आज अस्तित्व खोज्नुपर्ने बेला आएको छ ।’

करिब पाँच सय बिघा क्षेत्रफलमा फैलिएको तालमा माछा, घडियाल, गोही लोपोन्मुख जलचर जनावर उदसमेत त्यस तालमा पाइन्थ्यो । जलचर जीव पाइने भएकै कारण त्यहाँ चराको सङ्ख्यामा कहिल्यै कमी आउँदैनथ्यो । ‘अझै अतिक्रमणमा परेको जग्गा खाली गराएर ताललाई पुनःजीवन दिन सकिने स्थिति छ’, उनले भने, ‘त्यसलाई पुरानै अवस्थाका फर्काउन सक्यो भने भजनीको मात्रै नभई सिङ्गो सुदूरपश्चिममै पर्यटकका लागि राम्रो गन्तव्य बन्न सक्छ ।’

बाह्रै महिना विभिन्न प्रजातिका चरा पाउने उक्त ताल पर्यटकीय हिसाबले निकै महत्वपूर्ण भए पनि २०६४/०६५ सालमा कान्द्रा नदीमा आएको बाढीले पुरिएको थियो । ताल पुरिएपछि आसपासमा जग्गा भएका जग्गाधनीले ताल अतिक्रमण गर्दै उपभोग गर्न थालेका बताइएको छ । स्थानीयको अतिक्रमणमा परेको ताललाई पुनःजीवन दिन धेरै प्रयास भएका छन् । नगरपालिकाले यसभन्दा पहिले तालको जग्गा खाली गर्न ३५ दिने सूचना जारी गरेको थियो । सूचनाको म्याद सकिए पनि अतिक्रमणमा परेको जग्गा भने खाली हुनसकेको छैन ।

ताललाई पुनःसंरक्षण गरेर पुरानै अवस्थामा फर्काउँदा भजनी क्षेत्रको सम्भावना बढ्ने स्थानीय वीरबहादुर हमालले बताए । ‘स्थानीय सरकारले चासोका साथ काम गर्न सक्यो भने स्थानीयलाई जग्गा छोड्न गाह्रो छैन । बरु उहाँहरूलाई जनचेतना फैलाउनु पर्ला’, उनले भने, ‘भजनीको ऐतिहासिक महत्व बोकेको पुरैनामात्रै नभई अन्य तालको पनि संरक्षण आवश्यक देखिएको छ ।’

अतिक्रमणमा परेको तालको जग्गा खाली गराउन कुनै समस्या नरहेको वडा नं ७ का वडाध्यक्ष अमर कठरियाले बताए । उनका अनुसार तालको उत्खननका लागि आवश्यक बजेट अभावका कारण ताललाई पुरानै अवस्थामा फर्काउन सकिएको छैन । ‘स्थानीय जग्गा छाड्न तयार छन् । बर्सेनि बाली लगाउँदा उहाँहरू नगरपालिकालाई पर्खेर अन्तिममा बाली लगाउँछन्’, उनले भने, ‘समस्या बजेटको हो, बजेट भयो भने ताललाई पुनःजीवन दिन कुनै समस्या छैन ।’ उनले तालको जग्गा अतिक्रमण गर्ने ब्यक्ति त्यस आसपासका भएको जनाउँदै स्थानीयका कारण तालको संरक्षणमा समस्या भएको भन्नू गलत भएको बताए ।

विसं २०३६ को नापीले त्यस क्षेत्रमा ६० घरधुरीले प्रतिघरधुरी आठ कठ्ठाका दरले जग्गा प्राप्त गरेका थिए । आज तिनै व्यक्तिबाट त्यो ताल अतिक्रमणमा परेको वडाध्यक्ष कठरियाको भनाइ छ । त्यसबेलाको भूमि आयोगले सुकुम्बासीलाई उपलब्ध गराएको जग्गाको पनि हालसम्म धनीपुर्जा छैन । उनीहरूले भोगचलन भने गर्दै आएका छन् । ताल निर्माणका लागि केही वर्ष पहिले तराई भूपरिधि कार्यक्रमले चासो दिएको भए पनि त्यो सफल नभएको वडाध्यक्ष कठरियाको भनाइ छ । पुरैना तालसँग जोडिएको बञ्जरिया ताल रहेको छ । यो तालले नेपाल–भारत सीमाको काम गरेको छ । ताल भारतको दुधुवा राष्ट्रिय निकुञ्जसँग जोडिएकाले त्यसलाई फरकरूपमा हेर्ने गरिएको स्थानीय खोजराम चौधरी बताउँछन् ।

तालको उत्खनन गरेर मानव निर्मित ताल निर्माणका लागि नगरपालिकाले प्रक्रिया अगाडि बढाइसकेको नगर प्रमुख केवल चौधरी बताए । उनका अनुसार ताल क्षेत्रको नापजाँचको काम सुरु गर्ने तयारीमा नगरपालिका छ । ‘हामीले जसरी पनि पुरैनातालको अस्तित्व जोगाउनुपर्छ भनेर लागेका छौँ त्यसमा हामी सफल हुन्छौँ’, उनले भने, ‘अब समस्या बजेटको छ । प्रदेश र सङ्घ सरकारले सहयोग गर्न सक्यो भने पुरैनाताललाई पुनःजीवन दिन समय लाग्ने छैन ।’ उनका अनुसार तालको विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर० नगरपालिकाले बनाइसकेको छ ।

उसो त भजनी नगरपालिकाको आन्तरिक स्रोतको प्रमुख आधार नै तालतलैया हुन । नगरपालिका क्षेत्रभित्र करिब २५ देखि ३० तालतलैया छन् । बर्सेनि नगरपालिकाले ती ताल ठेक्कामा दिने गरेको छ । ठेक्काबाट आएको रकमले नगरपालिकाको आन्तरिक स्रोत चल्छ । ठेकेदारले माछापालनका लागि ताल ठेक्कामा लिने गरेका छन् । नगरपालिकाले नदी तथा तालबाट रु चार करोडभन्दा बढी रकम ठेकेदारबाट उठाउनै बाँकी छ । विसं २०७४ पछि नगरपालिकाले विभिन्न समयमा ठेक्कामार्फत सञ्चालन गर्न जिम्मा दिएका तालतलैयाको बक्यौता रकम तिर्नका लागि पटक पटक लिखित तथा मौलिक आग्रह गर्दा पनि राजनीतिक आडमा ठेकेदारले कबोल गरेको रकम नतिरेको गुनासो नगर प्रमुख चौधरीले गरेका छन् ।

Previous Post

सूर्यको अध्ययन गर्न भारतले पठाएको आदित्य–एल १ गन्तव्यमा पुग्यो

Next Post

मध्यवर्तीका बासिन्दालाई ज्यान जोगाउन मुस्किल

सम्बन्धित खबर

आम्दानीमा मेसीको फड्को : तलब मात्रै साढे ३ अर्ब
फिचर-ब्यानर

आम्दानीमा मेसीको फड्को : तलब मात्रै साढे ३ अर्ब

३० बैशाख २०८३,
नेपालमा नर्सहरूको अभाव, स्वास्थ्य क्षेत्रकै गम्भीर चुनौती बन्दै
फिचर-ब्यानर

नेपालमा नर्सहरूको अभाव, स्वास्थ्य क्षेत्रकै गम्भीर चुनौती बन्दै

३० बैशाख २०८३,
लालपुर्जाविहीन नागरिकको पीडा : सुदूरपश्चिमका केही पालिकामा घरभन्दा धेरै ‘भूमिहीन’ परिवार
फिचर-ब्यानर

लालपुर्जाविहीन नागरिकको पीडा : सुदूरपश्चिमका केही पालिकामा घरभन्दा धेरै ‘भूमिहीन’ परिवार

३० बैशाख २०८३,
आज प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि छलफल, आजै पारित गर्ने कार्यसूची
समाचार

आज प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि छलफल, आजै पारित गर्ने कार्यसूची

३० बैशाख २०८३,
आईपीएलः हैदरावादमाथि ८२ रनको जित निकाल्दै गुजरात शीर्ष स्थानमा
खेलमैदान

आईपीएलः हैदरावादमाथि ८२ रनको जित निकाल्दै गुजरात शीर्ष स्थानमा

३० बैशाख २०८३,
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा
समाचार

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

३० बैशाख २०८३,
Load More
Next Post
विश्व बाघ दिवसः बाघको संख्या बढेर तेब्बर, व्यवस्थापनमा चुनौती

मध्यवर्तीका बासिन्दालाई ज्यान जोगाउन मुस्किल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In