• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कर्णालीको कटानले बस्तीमा उच्च जोखिम

by
१८ पुस २०८०,
0
कर्णालीको कटानले बस्तीमा उच्च जोखिम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भजनी । कर्णाली नदीका कारण कैलालीको टीकापुर नगरपालिकाका उच्च जोखिममा परेको छ । टीकापुर –७ मा पर्ने सत्ती कर्णाली सामुदायिक वनमा नदी तटबन्ध छोडेर करिब २० मिटर कटान गरेपछि टीकापुर–७, ८ र ९ का सबै स्थानीय प्रभावित हुने देखिएको छ ।

कर्णाली नदीका कारण अहिले १५ हजारभन्दा बढी जनसङख्या विस्थापित हुने स्थितिमा रहेको स्थानीय जितबहादुर चौधरीले जानकारी दिए। उनले तत्काल नदी नियन्त्रणको काम हुनुपर्ने बताए । “हिउँदको समयमा पनि नागरिक त्रासमा छन् । नदीको धार बस्ती केन्द्रित भएर बग्न थालेको छ । उनले भने, “समयमै काम हुन सकेन भने जतिबेला जे पनि हुनसक्छ ।”

नदीले तटबन्ध गएको बर्सातको समयमा नदीले तटबन्ध भत्काएर कटान गरेको भए पनि आजभोलि मात्रै कटान गरेको भन्ने थाहाभएको स्थानीय धनसिंह साउँदले बताए । उनका अनुसार बर्सातको समयमा वनभित्र सहज रुपमा आवतजावत नहुने हुँदा हिउँदमा आएर नदीले गरेको कटान थाहाभएको हो । “समयमा नदी नियन्त्रणको काम समयमै नहुने हो भने, दक्षिण पूर्वी क्षेत्रका नागरिकलाई बस्न सक्ने स्थिति छैन”, उनले भने, “सानो पुँजीले त्यो नदी नियन्त्रण हुन नसक्ने भएको हुँदा सरकारसम्म पुग्न सक्यो भने मात्रै हामीले बस्ती जोगाउन सक्ने छौँ । हजारौँ हेक्टर कृषियोग्य जमिन जोगाउन सक्नेछौँ ।”

टीकापुरको तल्लो क्षेत्रका स्थानीयलाई त्रासमा बस्नुपर्ने बाध्यताको अन्त्य हुन नसकेको टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताए । “नगरपालिकाको तीन वडाका जनताका लागि कर्णाली सधैँ अभिशाप बनेर बसेको छ । बर्सेनि त्यसैको पीडामा नागरिक छन्”, उनले भने, “कहिले योजना नभएर नदी नियन्त्रण हुँदैन । कहिले ठेकेदार फरार भएर काम हुँदैन ।”

राष्ट्रिय गौरवको आयोजना रानीजमरा कुलरिया सिँचाइ आयोजनाले आजभन्दा आठ वर्षअगाडि सो क्षेत्रमा तटबन्धका लागि ठेक्का लगाएको थियो । तटबन्ध निर्माणको जिम्मा पाएको हाइग्रिभा, सिद्धिशाही कन्स्ट्रक्सनले काम गर्न नसक्दा आयोजनाले सो ठेक्का तोड्नुपर्यो । ठेक्का तोडेपछि कम्पनीलाई कालोसूचीमा राखेर आवश्यक प्रक्रिया अगाडि बढाइएको भए पनि निर्माण कम्पनीका सञ्चालक सम्पर्कमा आउन नसक्दा अझै प्रक्रिया टुङ्गोमा पुग्न नसकेको वडा नं ७ का वडाअध्यक्ष यज्ञराज न्यौपानेले बताए । उनका अनुसार पुरानो सम्झौता फरफारक नभएका कारण कानुनी जटिलताले राष्ट्रिय गौरवको आयोजनाले तत्काल लगानी गर्ने सङ्केत देखिएको छैन ।

नगरपालिकाका नगर उपप्रमुख खड्कबहादुर शाहले स्थानीय तहको बजेटले नदी नियन्त्रण सम्भावना देखिएको बताउँदै तत्काल आयोजनाले प्रक्रिया अगाडि बढाउनुपर्ने बताए । “कानुन जटिलता छन् भनेर बस्यो भने आधा टीकापुर बगर बन्न समय लाग्ने छैन । नदीले आफ्नो क्षेत्र छोडेर बस्तीमा पुगिसकेको छ”, उनले भने, “पहिला जनतालाई बचाउनतिर लागौँ । यदि बर्सात सुरु हुनुभन्दा पहिले नियन्त्रणको काम नहुने हो भने स्थिति जस्तोसुकै पनि हुनसक्छ ।” उनले तत्काल आयोजनामार्फत मातहतको निकायमा दबाब दिने काम गर्नुपर्ने बताए ।

रानीजमरा कुलरिया सिँचाइ आयोजना कार्यालयका प्रमुख रवीन्द्र थापाले नदी नियन्त्रणका लागि आयोजनाले आन्तरिक तयारी सुरु गरेको बताए। पुरानो ठेक्का तोडिएका कारण नयाँ ठेक्का प्रक्रियाबाट अगाडि बढ्नुपर्ने हुँदा केही समय लाग्न सक्ने उनको भनाइ छ । “पुरानो निर्माण भएको तटबन्ध पनि भत्किएको छ । त्यस्तो तटबन्ध पुनःनिर्माण गरेर नदी नियन्त्रण गर्न सकिने स्थिति छैन । उनले भने, “तटबन्धको विकल्पमा हामीले अन्य क्षेत्रमा गर्दै आएको ठूलो ढुङ्गाको प्रयोग गरेर काम अगाडि बढ्छ ।”

उनका अनुसार असार मसान्तसम्म आयोजनाले नदी नियन्त्रण गरिसक्ने गरी काम गर्नेछ । “हामीले स्रोतको खोजी पनि गर्नुपर्ने छ । एउटा खाका तयार पारिसकेका छौँ । स्रोतको सुनिश्चितता गरेर त्यसको लागत अनुमानसहित नयाँ ढङ्गबाट कामको सुरुआत हुनेछ”, आयोजना प्रमुख थापाले भने, “त्यहाँ काम गर्न पनि निकै अप्ठ्यारो छ । स्थानीय जनप्रतिनिधिहरुसँग सहजीकरण गर्दै स्थानीयवासीलाई जोखिमबाट जोगाउन लाग्नेछौँ ।”

नदीजन्य पदार्थको जथाभावी उत्खननले कर्णाली नदी बर्सेनि आयोजनाको तटबन्ध भत्किन थालेपछि लम्कीचुहा, टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा जोखिम बढ्दै गएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका कारण बर्दिया क्षेत्रमा उत्खनन नहुँदा पनि कैलालीतर्फ जोखिम बढेको हो । बर्सातको समयमा कर्णाली तटीय क्षेत्रका स्थानीय त्रासमा बस्नुपरेको छ । “तार जालीको तटबन्धले कर्णाली नियन्त्रण हुन सक्ने अवस्था देखिएको छैन ।

विकल्पका रुपमा प्रयोग भएको पहाडको ठूलो ढुङ्गाको प्रयोग गरेर नागरिकलाई शान्त वातावरणमा बस्ने प्रबन्ध मिलाइनुपर्छ”, स्थानीय समाजसेवी कृष्णप्रसाद उपाध्यायले भने, “आयोजनाको समयावधि सीमित भएका कारण आयोजनाको म्याद सकिएपछि झन् समस्या हुनसक्ने हुँदा त्यसतर्फ पनि ध्यान पुर्याउन आवश्यक छ ।”

Previous Post

कागतीको एक टुक्राल हुन्छ अद्भुत फाइदा

Next Post

मङ्गलसेन दरबार पुनःनिमार्ण गर्न माग

सम्बन्धित खबर

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान
समाचार

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

२१ बैशाख २०८३,
आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
समाचार

आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

२१ बैशाख २०८३,
मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै
समाचार

मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

२१ बैशाख २०८३,
मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द
समाचार

मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

२१ बैशाख २०८३,
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
समाचार

नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

२१ बैशाख २०८३,
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
समाचार

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

२१ बैशाख २०८३,
Load More
Next Post
मङ्गलसेन दरबार पुनःनिमार्ण गर्न माग

मङ्गलसेन दरबार पुनःनिमार्ण गर्न माग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In