• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

    फिफा विश्कप २०२६ : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

    फिफा विश्कप २०२६ : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

    अर्जेन्टिनाको रोमाञ्चक जित

    अर्जेन्टिनाको रोमाञ्चक जित

    दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

    दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

छिट्टै आउँदै रासायनिक मल

by
५ मंसिर २०७९,
0
छिट्टै आउँदै रासायनिक मल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। मङ्सिर दोस्रो सातादेखि भारतसँग भएको सम्झौताअनुसार ३० हजार मेट्रिक टन रासायनिक मल आउने भएको छ। सरकारदेखि सरकार (जीटुजी) सम्झौताअनुसार ल्याउन लागिएको उक्त मल खरिद गर्न तीन अर्ब २६ करोड रुपियाँ पठाइसकेकाले दोस्रो साता आइपुग्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

भारतले जीटुजीमार्फत नेपाललाई वार्षिक कम्तीमा एक लाख मेट्रिक टन युरिया तथा ५० हजार टन डीएपी मल उपलब्ध गराउने गरी गत वर्ष फागुन दोस्रो साता समझदारीपत्रमा हस्ताक्षर भएको थियो। सोही सम्झौताअनुसार पहिलो चरणमा ३० हजार मेट्रिक टन रासायनिक मल आउन लागेको हो।

जीटुजीमार्फत दोस्रो वर्षमा एक लाख ७० हजार मेट्रिक टन, तेस्रो वर्षमा एक लाख ९५ हजार मेट्रिक टन, चौथो तथा पाँचौँ वर्षमा दुई लाख १० हजार मेट्रिक टन रासायनिक मल उपलब्ध गराउने सम्झौता भएको थियो। मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जीटुजी सम्झौताअनुसार आगामी दोस्रो हप्ता मल आइपुग्ने जानकारी दिनुभयो। समयमै मल आउने भएकाले हिउँदे बालीका लागि मल पर्याप्त हुने उहाँको भनाइ छ। “हिउँदे बालीका लागि एक लाख मेट्रिक टन मल आवश्यक पर्छ,” उहाँले भन्नुभयो, “हिउँदे बालीलाई अभाव नभए पनि विनियोजन गरेको बजेटले धानबालीका लागि मल खरिद गर्न भने अपुग हुन्छ ।”

मल खरिद गर्न मन्त्रालयले चालू आवको बजेटमा १५ अर्ब रुपियाँ बजेट विनियोजन गरेको थियो। थप १६ अर्ब बजेटको स्रोत अर्थ मन्त्रालयले सुरक्षित गरेको प्रवक्ता सञ्जेलले जानकारी दिनुभयो। मल खरिदका लागि ३१ अर्ब रुपियाँ बजेट सुनिश्चित हुँदा यसले तीन लाख २४ हजार ५०० मेट्रिक टन रासायनिक मल खरिद गर्न पुग्ने मन्त्रालयले जनाएको छ। गत वर्षको तुलनामा रासायनिक मल खरिदका लागि बजेट दुई गुणाले बढे पनि धान बालीलाई आवश्यक पर्ने मल खरिद अझै अपुग हुने जानकारी उहाँले दिनुभयो।

अहिले कृषि सामग्री कम्पनी लिमिटेडसँग ५७ हजार ४१० मेट्रिक टन र साल्ट टे«डिङ कर्पोरेसनसँग १९ हजार ७१५ मेट्रिक टन मौज्दात रहेको मन्त्रालयले जनाएको छ। दुई कम्पनीसँग हाल २१ हजार ३६७ मेट्रिक टन युरिया, ३२ हजार २६ मेट्रिक टन डीएपी, चार हजार १६ मेट्रिक टन पोटास मौज्दात छ। कृषि सामग्री कम्पनी लिमिटेडको २० हजार मेट्रिक टन र साल्ट्र टे«डिङको १० हजार मेट्रिक टन मल आउने क्रममा रहेकाले पनि हिउँदे बालीलाई अभाव नहुने मन्त्रालयले जनाएको छ।

चालू आवमा कृषि सामग्री कम्पनीले एक लाख मेट्रिक टन ग्लोबल टेन्डर भएको मध्ये ७० हजार आयात भई बिक्रीवितरण भइरहेको र ३० हजार मेट्रिक टन आउने क्रममा छ। यस्तै चालू आवमा कर्पोरेसनले ५७ हजार ५०० मेट्रिक टन ग्लोबल टेन्डर आह्वान भई ३० हजार मेट्रिक टन आउने क्रममा रहेको मन्त्रालयले जनाएको छ। किसानको मागअनुसार धान बालीलाई सहज रूपमा रासायनिक मल आपूर्ति गर्न करिब ४० अर्ब रुपियाँ बजेट आवश्यक पर्ने प्रवक्ता सञ्जेलको भनाइ छ।

अमेरिकी डलरको मूल्य वृद्धि र अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य बढेको हुँदा ३१ अर्ब रुपियाँ मल खरिदलाई बजेट सुनिश्चित हुँदा पनि अभाव हुने देखिएकाले धान बालीका लागि मलको सहज आपूर्ति गर्न अर्थ मन्त्रालयसँग थप १० अर्ब रुपियाँ बजेट माग गर्ने मन्त्रालयले जनाएको छ।

मुलुकमा वार्षिक पाँच लाख २० हजार मेट्रिक टन मलको माग भए पनि मागअनुसार आयात नहुँदा बर्सेनि अभाव हुने गरेको छ। समयमा मल आयात नहुँदा धान रोप्ने बेला प्रत्येक वर्ष किसानले अभाव खेप्नु परेको छ। धानबालीका लागि मात्र एक लाख ८० हजार मेट्रिक टन मल आवश्यक पर्ने मन्त्रालयको तथ्याङ्क छ। धान, मकै, गहुँ, उखु, तरकारीलगायतका बालीमा रासायनिक मलको प्रयोग हुने गर्छ।

Previous Post

यसपालिको चुनावमा खस्यो ६१ प्रतिशत मत

Next Post

कास्की २ को प्रारम्भिक मतगणनामा स्वतन्त्रका कंडेल अगाडि

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

२४ असार २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ

२४ असार २०८३,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

२४ असार २०८३,
फिफा विश्कप २०२६ : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा
आवाज

फिफा विश्कप २०२६ : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

२४ असार २०८३,
अर्जेन्टिनाको रोमाञ्चक जित
खेलमैदान

अर्जेन्टिनाको रोमाञ्चक जित

२४ असार २०८३,
दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र
आवाज

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

२३ असार २०८३,
Load More
Next Post
कास्की २ को प्रारम्भिक मतगणनामा स्वतन्त्रका कंडेल अगाडि

कास्की २ को प्रारम्भिक मतगणनामा स्वतन्त्रका कंडेल अगाडि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In