काठमाडौं । प्रदिप भट्टराइको लेखन तथा निर्देशनमा चलचित्र महाजात्रा निर्मार्ण गरिएको छ । मंगलबार चलचित्र महाजात्राको फस्र्ट लुक पोस्टर सार्वजनिक गरिएको छ ।
उक्त चलचित्रको निर्माता म्याक्स दिपेश खत्री, यज्ञश्वर पौडेल, कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ रहेका छन । यस्तै कलाकारहरुमा बिपिन कार्की, रबिन्द्र सिँह बाँनियाँ, रबिन्द्र झा, वर्षा राउत, हरिवंश आर्चाय रहेका छन । महाजात्रा चलचित्र आगामी चैत्र नौ गते सिनेमामा प्रदर्शनमा आउनेछ ।













