म के गर्छु ? कसरी गर्छु ? त्यो नहेर म के भन्छु ? के गर्न भन्छु ? त्यो सुन, पालन गर अनि मात्रै कल्याण हुनेछ । पाकेको नरीवल फोड्दा गडी गडी अलग्गै निस्किन्छ । काँचो नरीवल बाहिरको खोल साथै टुक्रिएर चारैतिर पैmलिन्छ । सर्वप्रथम आपूmलाई पकाउ सेवाले, धैर्यले, दानले, परोपकारले, सहनशक्तिले, मन्त्रजाप, एकान्तवासको उपयोगले शान्त, स्वस्थ तपस्वी जीवन बनाएर आफ्नो परिपाक गर अनि मात्रै भक्तिको जीवन प्रारम्भ हुनेछ । श्वासमा एकाग्रता राख्नु केही महिना हर वर्ष मौन रहेर सत्य ॐ को अविरल जाप गर्नाले चित्त शुद्ध हुन्छ ।
पढेर, सुनेर, जानेर मात्रै चित्त शुद्ध हुँदैन । चित्त सोधनका लागि गुरुका शब्दको महत्व मानेर उनको आज्ञानुसार संसारको त्याग गरेर वा सहनशक्ति राखेर आफ्नै भित्रको एकान्तमा बसेर अजपा जाप, निष्काम भावले, दानपुण्य, सद्भाव, परोपकार गर्नाले स्वतः चित्त शुद्ध भएर प्रेम, सेवा, वैराग्य र ज्ञानोदय हुन्छ । त्यस अवस्थामा हामी सम्झिन सक्छौँ साँचो जीवन भक्तिको जीवन के हो ?
‘म’ भन्ने अन्धकार मेरो भन्ने शरीर, इन्द्रिय घर, परिवार इष्टमित्र, सम्पत्ति, सम्मान सुखदुःख सबैबाट मनलाई मुक्त गरेर कहाँबाट स्मृति उठ्छ, इच्छा के हो, म को हुँ भन्ने केन्द्रमा पुग्ने लक्ष्य राख्नुपर्छ ।
कसैले नसोधिकन बनाउन सिक्न न चाहेकासित रिसाउनु जो उदार, दयालु, विषय युक्त छैन । त्यसलाई मेरो हो भन्नु छायाँलाई समात्न दगुर्नुजस्तो काम हो । त्यसमा केही सार छैन । जुन व्यक्तिले पच्चीस वर्षदेखि साठी वर्षको उमेरसम्ममा ज्ञान, त्याग, वैराग्यको अभ्यास गर्दैन । उमेर बढ्दै जानुका साथै अज्ञान, राग, मोह र विषयको चाह झन् बढेर जान्छ, कुरा मात्रै रहन्छन् मन बल्झिरहेको हुन्छ । दश वर्षदेखि पच्चीस वर्षका बीचमा ज्ञान, वैराग्य र अनासक्तिमा चित्त जानु आत्माको, गुरुको अनन्त कृपा र महिमा हो यस्ता मनुष्य भेटाउनु जीवनको परम सौभाग्य हो ।
यथावश्यक प्रातः सायं व्यायाम या भ्रमण सुपाच्य, पौष्टिक लघु आहार, स्वाध्याय, शयन, चुपचाप विश्राम प्रत्येक भाव, क्रिया व विचारका प्रवाहमा स्मृतिको एकता श्वासका साथमा राख्नु, एक नामरूपरहित अनाम, परिपूर्ण महाशून्य तत्व, आत्मा, अभिमान, स्मृतिका रूपमा काम गर्दछ । यो यथार्थलाई ध्यानमा राखी एकान्तमा एकाग्र भएर रहनुपर्दछ । यसबाहेक सबै इच्छा, आयोजना, अनावश्यक वार्तालाप, निषेध वा लोभ मोह युक्त स्मृति आक्षेप, विक्षेप र अपेक्षाको कारण सम्झेर युक्त रहनुपर्दछ । वास, गाँस, वस्त्र, भ्रमण व्यायाम, शयन, विश्राम, स्वाध्याय यति कर्मको प्रवाह दिनु अरू सबैको त्याग गर्नु अत्यन्त उत्तम हो ।
साभार ः ‘विचारप्रवाह’ पुस्तकबाट













