काठमाडौँ – बर्दियाको मतदान केन्द्रमा विस्पोट भएको छ । बर्दियाको क्षेत्र नम्बर १ स्थित गुलेरिया २ को नेरा सम्भुशरणा प्रावि खैरापुर मतदान केन्द्रमा विस्फोट भएको हो । विस्पोट भएपछि मतदान रोकिएको छ ।
मतदान सुरू भएको केही समयमै सो स्कूलको छतमा राखिएको बम विस्फोट भएको प्रहरीले जनाएको छ ।
विस्फोट भएपछि मतदाताको भागाभाग भएको छ । भागदौडमा एकजना वृद्व लडेका थिए । अन्य क्षतिको जानकारी नआएको प्रहरीले जनाएको छ।













