• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

    तिलाहारमा बेठीका साथ रोपाइँ

    कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

    तिलाहारमा बेठीका साथ रोपाइँ

    कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

दमक–चिसापानी सडक निर्माणको म्याद अझै एक वर्ष थपिँदै

by
१४ पुस २०८०,
0
दमक–चिसापानी सडक निर्माणको म्याद अझै एक वर्ष थपिँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मंगलबारे – पुस मसान्तमा कामसक्ने गरी ठेक्का लगाइएको दमक–चिसापानी (फाल्गुनन्द) सडकको म्याद अझै एक वर्ष थप्ने सहमति भएको छ। तीन खण्डमा रहेको सो सडकको विभिन्न चरणमा म्याद थप्दै निर्माण अगाडि बढाइएको थियो।

कालोपत्रका लागि ठेक्का लागेर पनि अलपत्र बनेको सो सडक अब एक वर्षभित्र सम्पन्न गर्ने गरी ठेकेदार कम्पनी लुम्बिनी–गणपति जेभी र सरोकारवाला निकायबीच सहमति भएको हो।

पहिलो खण्डको काम आगामी वैशाखसम्ममा सक्न ठेकेदार महालक्ष्मी–किराँतेश्वर जेभीले प्रतिबद्धता जनाएको छ। बाँकी दुई खण्ड एक वर्षभित्रमा काम सम्पन्न गर्ने सहमति भएको छ।

सरकारले समयमा भुक्तानी नदिएकाले बीचमा काम अलपत्र छोडिएको दाबी ठेकेदार महालक्ष्मी–किराँतेश्वर जेभीले गर्दै आएको छ। सडक अलपत्र हुने भएपछि इलामका प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेको छ।

जिल्ला समन्वय समिति, स्थानीय सरकार, निर्माण उपभोक्ता समिति, निर्माण व्यवसायी, सञ्चारकर्मीलगायत स्थानीयले सडकको स्थलगत अनुगमन गरेका हुन्।

अनुगमनपछि सडक निर्माणमा आउने समस्या समाधानमा स्थानीय राजनीतिक दल तथा सरोकारवाला निकायले बाटो खोलिदिने सहमति भएसँगै काम अगाडि बढाइने ठेकेदार कम्पनीका सञ्चालक तुलसीराम भण्डारीले बताए।

सरोकारवाला, निर्माण व्यवसायी र स्थानीयबीच भएको छलफलमा निर्माण कम्पनीले तत्कालै काम शुरु गर्ने प्रतिबद्धता जनाएका स्थानीयले बताएका छन्।

सडक डिभिजन कार्यालय दमकका इञ्जिनियर सुधीरकुमार झाले पटकपटक ताकेता गरेको बताउँदै विद्यमान समस्या समाधान गरी काम अगाडि बढाउने सहमति भएसँगै कामले गति लिने जनाए। अब पनि काम गराउन कार्यालय लागिपर्ने उनको भनाइ थियो।

ठेकेदार कम्पनीका प्रतिनिधि मिलन राईले सरकारको नीतिका कारण व्यवसायीलाई समस्यामा भएको बताए। गत आर्थिक वर्षमा भुक्तानी हुनुपर्ने रकम भुक्तानी नभएकाले काम गर्न समस्या भएको उनको भनाइ थियो। अब वैशाखसम्ममा जसरी पनि काम सम्पन्न गर्ने उनको दाबी थियो।

पहिलो चरणको कोभिड–१९ का कारण काम गर्न समस्या भएको भन्दै राईले त्यसपश्चात् काम थाल्न खोज्दा दोस्रो चरणको कोभिड शुरु भएपछि काम रोकिएको बताए। मजदुरको दिन बाँकी रहेको रकमसमेत भुक्तानी गर्ने र तत्काल काम थाल्ने उनको भनाइ थियो।

माथिल्लो दुई खण्ड निर्माणको जिम्मा लिएको लुम्बिनी–गणपति जेभीले एक वर्षभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। निर्माण कम्पनीका सञ्चालक भण्डारीले दुई खण्डको काम एक वर्षभित्रमा सम्पन्न गर्ने जानकारी दिए।

स्थलगत अनुगमनपछि सडक निर्माणले गति लिनेमा आफू विश्वस्त रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। उनले दुवै ठेकेदार कम्पनीले कामसक्ने प्रतिबद्धता जनाएको जानकारी दिए।

जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईले थप भएको समयमा काम गर्न निर्माण कम्पनीलाई आग्रह गरे। उनले स्थानीयको दबाबसमेत उत्तिकै आवश्यक रहेको भन्दै अनुगमनमा आफू निरन्तर लाग्ने बताए।

जिल्लास्थित नेकपा एमालेका उपाध्यक्ष उदय राईले सडक निर्माणमा ठेकेदार जिम्मेवार हुनुपर्ने बताए। उनले कुनै पनि बहानामा सडक निर्माण रोक्न नहुने धारणा राखे।

नेपाली कांग्रेस इलामका सचिव निरोज खड्गीले लामो समयसम्म सडक निर्माणले गति लिन नसक्दा स्थानीयलाई प्रत्यक्ष असर पुगेको बताए। स्थानीयको दैनिकी र जीविकोपार्जनमा प्रत्यक्ष जोडिएको सडक निर्माणमा आफूहरूले निरन्तर निगरानी गर्नेसमेत उनको भनाइ थियो।

फाल्गुनन्द सडक नामकरण गरिएको सो सडक दमकदेखि चिसापानीसम्मको दूरी ३३ किलोमिटर रहेको छ। कालोपत्रका लागि लागेको ठेक्काको समय ४ पटक थप हुँदासमेत निर्माण हुन सकेको छैन।

पहिलो खण्ड मानिएको दमकदेखि साढे ६ किलोमिटर महालक्ष्मी–किराँतेश्वर जेभीले ३० महिनाभित्र सक्नेगरी विसं २०७५ साउन अन्तिममा सम्झौता गरेको थियो।

दोस्रो खण्ड १५ किलोमिटर र तेस्रो खण्डको ११ किमी सडक निर्माणको ठेक्का लुम्बिनी–गणपति जेभीले पाएको छ। सो सडकखण्ड ५४ करोड ४४ लाख ८७ हजार रुपैयाँ र तेस्रो खण्ड ५९ करोड १५ लाख ३५ हजार रुपैयाँमा ठेक्का लागेको थियो।

Previous Post

हेपाटाइटिसबाट कसरी बच्ने रु यस्ता छन् उपाय

Next Post

युक्रेनमा अहिलेसम्मकै ठूलो रुसी आक्रमण, ३० जनाको मृत्यु

सम्बन्धित खबर

वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
आवाज

गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

११ असार २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

११ असार २०८३,
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ
समाचार

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
फिचर-ब्यानर

भेनेजुएलामा शक्तिशाली भूकम्प

११ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

११ असार २०८३,
तिलाहारमा बेठीका साथ रोपाइँ
आर्थिक

कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

११ असार २०८३,
Load More
Next Post
रुसले युक्रेनको ‘नुन खानी’ को अधिकांश भाग कब्जा गर्दै

युक्रेनमा अहिलेसम्मकै ठूलो रुसी आक्रमण, ३० जनाको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In