लोभी, स्वार्थी तथा संसारी चित्त भएको मनुष्य बिरामी मनुष्य हो । बिरामीलाई साधारण स्वास्थ्यको ठूलो कामना हुन्छ, तसर्थ एक सुविज्ञ डाक्टरको मनले सबै कुरा निश्चय गर्नुपर्छ, केवल नयाँ कल्पना गरेर वा स्वस्थको लक्षण बताएर काम चल्दैन ।
अष्टावक्र, दयानन्द, बुद्ध, कृष्णमूर्तिहरूले भन्नुपर्ने तथा यथासम्भव आफ्नो आफ्नो रङबाट पथ देखाए तथापि मानवता त्यही उँभिएको छ । यो यस्तै हो जस्तै केही रोगी ठीक भएर गए पनि नयाँ रोगी आइरहने हुनाले औषधालयमा सबै किसिमको व्यवस्था चाहिन्छ । त्यस्तै अन्तःकरणको अवस्था अनुसार तम, राजस, सत्वका भेदले निर्देश आचरण तथा संस्कार एवं दर्शनको आवश्यक छ ।
जो यथेष्ट सर्वकर्माणि विद्वान्युक्त समाचरका रूपमा जो सङ्केत भएको छ यो अत्यन्त सौहार्द करुणको कुरा हो । जस्तै ः नदी आफ्नो आफ्नो प्रवाह अनुसार उही दिशाको सागरमा गएर मिल्छन् । त्यस्तै आफ्नो आफ्नो भावना पूर्वजन्म सच्चिन्तन अनुसार समूह बनाई उपासना, साधना ध्यान एवं सत्सङ्ग गरी जीवनलाई परम जीवनमा मिलाउनुपर्छ ।
अन्तःकरणको स्वीकार नै खोज बन्दछ । त्यही खोज निश्चयका रूपमा प्रकट भई आफ्ना आफ्ना तद्वत् कर्मको संयोजन गरी काम गर्दो रहेछ । बुद्ध शङ्कर, कृष्ण, चैतन्य, नानक, कबीर, तुलसी आदि । तमबाट प्रभावित एवं प्रवाहित व्यक्ति हिंसा, स्वार्थ, फल प्राप्तिबाहेक भिन्न केही सम्झन सक्तैन ।
रजोगुणी व्यक्ति आडम्बर, दम्भ, देखावटी, प्रदर्शन, यश, कीर्तिभन्दा भिन्न जान समर्थ छैन । सत्वगुणी थोरै शान्त एवं बोधलाई अपनाई, धैर्य राखी यथार्थ के हो भन्नेतिर पुग्ला ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













