सार्वजनिक लेखा समितिले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) प्रविधि खरिद प्रक्रियाको अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ।
बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले टेरामक्स खरिदमा हालसम्म भएका कामको सुक्ष्म विश्लेषण गरी अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको हो।
साथै समितिले टेरामक्ससम्बन्धी सम्पूर्ण प्रक्रिया हाललाई यथास्थितिमा राख्नसमेत निर्देशन दिएको छ।
यसैगरी यसको अनुसन्धान गरेर शीघ्र निष्कर्षमा पुगी हरेक ३० दिनमा समितिलाई जानकारी दिएको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए।













