• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    समावेशी प्रतिनिधित्व निर्वाचन परिणामभन्दा ठूलो उपलब्धि : प्रचण्ड

    संघीय संसदमा कांग्रेस सांसद भीष्मराज आङ्देम्बेले राखेका मुख्य दश बुँदा

    सरकारबाटै असुरक्षाको महसुस भइरहेको छः अध्यक्ष राई

    महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

    कर्णाली प्रदेशसभाः प्राकृतिक विपद् सम्बोधन गर्ने बजेट बनाउनुपर्नेमा जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गोही अनुगमनका क्रममा नारायणी नदीमा डल्फिन भेटियो

by
११ पुस २०८०,
0
गोही अनुगमनका क्रममा नारायणी नदीमा डल्फिन भेटियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गोही अनुगमनका क्रममा नारायणी नदीमा डल्फिन भेटिएको छ। चितवन राष्ट्रिय निकुञ्जको टोलीले राप्ती नदीमा अनुगमन सकेर पाँचौँ दिन नारायणी नदीमा अनुगमन गर्दा डल्फिन भेटेको हो।

निकुञ्जका सहायक संरक्षण अधिकृत सुजिता श्रेष्ठका अनुसार मङ्गलबार गोलाघाटबाट बागवान पोष्ट आउँदै गर्दा नारायणी नदीको भुताहा पोष्टमा डल्फिन देखिएको थियो। गएको वर्ष पनि गोलाघाटमा डल्फिन देखिएको थियो। गोलाघाटबाट र्‍याफ्टिङमा दुई घण्टा दूरी पार गरेपछि देखिएको डल्फिन नयाँ हो वा गत वर्ष देखिएकै डल्फिन फरक ठाउँमा देखिएको हो भन्नेबारे यकिन नभएको उनले बताइन्।

योसँगै निकै दुर्लभ मानिएको पाँचवटा भाले घडियाल गोही भेटिएका छन्। नदीमा भाले गोहीको अभाव भएपछि २०७४ साल पुसमा बर्दियाबाट एउटा भाले गोही ल्याएर राप्ती नदीमा छोडिएको थियो। अधिकृत श्रेष्ठका अनुसार राप्ती नदीमा तीन र नारायणी नदीको गोलाघाट र बागवान पोष्टमा दुईवटा भाले गोही देखिएका छन्।

तीन दिनमा राप्ती नदीको अनुगमन सकेर नारायणी नदीमा अनुगमनको काम भइरहेको छ। नारायणी नदीमा तेस्रो दिन बागवान पोष्टबाट नारायणगढतर्फ अनुगमनको काम भइरहेको हो। बिहीबार नारायणी नदीको अनुगमन सकेर शुक्रबारदेखि बूढीराप्तीमा अनुगमन गर्ने कार्यक्रम छ।

अधिकृत श्रेष्ठका अनुसार नारायणी नदीको भेलौजी क्षेत्रमा समेत भाले गोही रहेको अनुमान छ। राप्ती नदीमा एक सय ४८ वटा गोही देखिएका छन्। नारायणी नदीमा दुई दिनमा एक सयवटा गोही देखिएको उनले बताए। अबको दुई दिन नारायणी नदी र एक दिन बूढीराप्तीमा अनुगमन गरिँदै छ।

हरेक वर्ष यसै समय नदीमा गोहीको अवस्था बुझ्न अनुगमन गर्ने गरिन्छ। निकुञ्जका घडियाल गोही प्रजनन केन्द्र हेर्ने सहायक संरक्षण अधिकृतको नेतृत्वको टोलीले एक साता लगाएर अनुगमन गर्ने गर्दछ। अनुगमनका क्रममा देखिएका कमजोरी सुधार गरी संरक्षणमा जुट्ने गरिन्छ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आउँदो चैत र वैशाखमा नदी किनारमा गोहीको अण्डा सङ्कलन गरेर कसरास्थित प्रजनन केन्द्रमा बच्चा कोरल्ने गरिन्छ। त्यहाँ बच्चा हुर्काएर पुनः नदीमा छोड्ने गरिएको छ। सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोही संरक्षणका लागि प्रजनन् केन्द्र स्थापना गरिएको हो।

Previous Post

झ्याजेटोलबाट ७० लाख बराबरको तरकारी निकासी

Next Post

टेरामक्स खरिद प्रक्रियाको अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन

सम्बन्धित खबर

‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
समाचार

२९ बैशाख २०८३,
समावेशी प्रतिनिधित्व निर्वाचन परिणामभन्दा ठूलो उपलब्धि : प्रचण्ड
समाचार

समावेशी प्रतिनिधित्व निर्वाचन परिणामभन्दा ठूलो उपलब्धि : प्रचण्ड

२९ बैशाख २०८३,
संघीय संसदमा कांग्रेस सांसद भीष्मराज आङ्देम्बेले राखेका मुख्य दश बुँदा
फिचर-ब्यानर

संघीय संसदमा कांग्रेस सांसद भीष्मराज आङ्देम्बेले राखेका मुख्य दश बुँदा

२९ बैशाख २०८३,
सरकारबाटै असुरक्षाको महसुस भइरहेको छः अध्यक्ष राई
फिचर-ब्यानर

सरकारबाटै असुरक्षाको महसुस भइरहेको छः अध्यक्ष राई

२९ बैशाख २०८३,
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
समाचार

महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

२९ बैशाख २०८३,
कर्णाली प्रदेशसभाः प्राकृतिक विपद् सम्बोधन गर्ने बजेट बनाउनुपर्नेमा जोड
समाचार

कर्णाली प्रदेशसभाः प्राकृतिक विपद् सम्बोधन गर्ने बजेट बनाउनुपर्नेमा जोड

२९ बैशाख २०८३,
Load More
Next Post
टेरामक्स खरिद प्रक्रियाको अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन

टेरामक्स खरिद प्रक्रियाको अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In