काठमाडौँ । साउथ सुपरस्टार प्रभासको फिल्म ‘सलार’ ले रिलिजको दोस्रो दिन पनि भारतीय बक्स अफिसमा आफ्नो दबदबा कायम राखेको छ ।
पहिलो दिन सालरले भारतीय बक्स अफिसमा ९० करोड ७० लाख भारु कमाई गरेको थियो । त्यस्तै दोस्रो दिन भारतमा ५५ करोड भारु कमाई गरेको छ । योसँगै भारतमा सलारले दुई दिनमा १४५ करोड ७० लाख भारु कमाई गरेको छ ।
बलिवुड फिल्म विश्लेषकहरुका अनुसार सलारले पहिलो दिन विश्वभर १७८.७ करोड भारु कमाई गरेको थियो भने दोस्रो दिन १०६ करोड भारु कमाएको छ । योसँगै दुई दिनमा सलारले दुई दिनमा कुल २८५ करोड भारु कमाई गरेको छ ।
त्यसैगरी शाहरुख खानको फिल्म ‘डंकी’ ले शनिबार भारतीय बक्स अफिसमा २५ करोड ५० लाख भारु कमाई गरेको छ । रिलिजको पहिलो दिन विहिबार २९ करोड २० लाख भारु कमाएको डंकीले दोस्रो दिन २० करोड ५० लाख भारु कमाएको थियो ।
अब तीन दिनमा देशभर डंकीले ७४ करोड ८२ लाख भारु पुगेको छ ।













