धुम्रपान गर्दाकोे बेफाइदाका बारेमा जानकार धेरै मानिसहरु यसबाट टाढा हुन खोज्दा खोज्दै पनि नसकिरहेको अवस्था हुन्छ । त्यस्तो समस्यामा रुमल्लिरहेकाहरुको लागि धुम्रपानबाट टाढा राख्ने केही प्राकृतिक तरिकाहरुको बारेमा यहाँ चर्चा गरिएको छ—
– सर्वप्रथम आफू धुम्रपानबाट जसरी पनि टाढा बस्छु भन्ने सोचेर बिस्तारै संख्या घटाउँदै लैजानाले बिस्तारै धुम्रपान छोड्न सम्भव हुन्छ ।
– निकोटिनको स्वाद र यसको गन्धबाट टाढा बस्ने गर्नाले पनि धुम्रपानप्रतिको मोह घट्दै गएर आखिरमा छोड्न सफल हुनुहुन्छ ।
– धुम्रपानका अम्मलीहरुले जतिबेला जतिबेला तलतल लाग्छ त्यतिबेला चुइङगम चपाउने अथवा ललिपप चुस्ने । यसो गर्दा ध्यान अन्तै मोडिन्छ । जब तलतल लाग्छ त्यही तरिका अपनाउने । यसो गर्दा विस्तारै धुम्रपानप्रतिको मोह घट्दै जान्छ, तलतल पनि कम हुँदै जान्छ ।













