• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गृहमन्त्री गुरुङद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

    गृहमन्त्री गुरुङद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

    रेलेखोला जलविद्युत् आयोजनाबाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

    एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

    एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

    फिदिम स्पोर्टिङ क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा

    फिदिम स्पोर्टिङ क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा

    काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता

    काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता

    उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

    उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फ्रान्सका राष्ट्रपति म्याक्रोनमाथि यौन पीडकको पक्षमा अभिव्यक्ति दिएको आरोप

by
६ पुस २०८०,
0
फ्रान्सका राष्ट्रपति म्याक्रोनमाथि यौन पीडकको पक्षमा अभिव्यक्ति दिएको आरोप
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लन्डन।फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलाई बिहीबार यौन पीडकको पक्षमा अभिव्यक्ति दिएको आरोप लागेको छ ।

राष्ट्रपति म्याक्रोनले बिहीबार चारैतिरबाट यौन आक्रमणकारीहरूको पक्षमा रहेको आरोपको सामना गर्नुपरेको छ । फिल्म आइकन जेरार्ड डेपार्डियो बलात्कार र यौन दुर्व्यवहारको आरोप खेपिरहेका बेला राष्ट्रपतिलाई समेत उनको पक्षमा नरम रहेको आरोप लागेको छ ।

बुधबार राष्ट्रपति म्याक्रोनसँग लिइएको टेलिभिजन अन्तर्वार्तामा अभिनेता डेपार्डियोलाई प्रदान गरिएको फ्रान्सको ‘सर्वोच्च राज्य पुरस्कार’ खोस्नु पर्छ कि भनेर सोधिएको प्रश्नको जवाफमा उनले आफू त्यसको पक्षमा नभएको बताएका थिए । डेपार्डियोले करिब तीन दशकअघि सो प्रतिष्ठित राष्ट्रिय पुरस्कार प्राप्त गरेका थिए । राष्ट्रपतिले डेपार्डियलाई निकै ठूलो अभिनेता भन्दै उनी निर्दोष हुन सक्ने खालको आशय अभिव्यक्त गरेका थिए ।

राष्ट्रपतिको सो धारणापछि अनेक कोणबाट उनको आलोचना सुरु भएको छ । विभिन्न नारीवादी सङ्गठनहरूले चर्को स्वरमा उनको सो अभिव्यक्ति गैरजिम्मेवार ठहर गर्दै यौनहिंसा पीडितको मनोविज्ञान नबुझेको र पीडितको विपक्षमा रहेको समेत आरोप लगाएका छन् ।

करिब २०० भन्दा बढी चलचित्र र टिभि शृङ्खलाहरू बनाएका डेपार्डियोलाई सन् २०२० मा बलात्कारको आरोप लागेको थियो । उनीमाथि थुप्रै महिलाहरूले यौन उत्पीडन र आक्रमण गरेकोको आरोप लगाएका थिए ।

सन् २०१८ मा उत्तर कोरियाको यात्राका क्रममा क्यामेरामा कैद गरिएका यौनजन्य टिप्पणीमा उनी हाल छानबिनको घेरामा परेका छन् । यसै महिनाको सुरुमा राष्ट्रिय टेलिभिजनमा पहिलो पटक प्रसारण गरिएको यस विषयले धेरैको ध्यान खिचेको थियो र थुप्रै आलोचना पनि खेपेको थियो ।

यता नारीवादी सङ्गठनलेले म्याक्रोनका टिप्पणीहरू यौनहिंसा भोगेका सबै महिलाहरूका लागि ‘अपमान’ भएको बताएका छन् । राष्ट्रपतिका यस्ता अभिव्यक्तिले यौनहिंसा पीडितको मनोबल खस्किने र पीडामाथि पीडा थपिने भन्दै विभिन्न सङ्गठनका प्रतिनिधिहरू थप उत्तेजित भएका छन् ।

ग्रीन पार्टीकी सांसद स्यान्ड्रिन रुसोले राष्ट्रपतिको उक्त टिप्पणीलाई ‘यौन हिंसा पीडितहरूलाई आवाज दिने आन्दोलनको अपमान’ भएको बताएकी छन् । त्यस्तै महिला फाउन्डेसन नामक संस्थाकी प्रमुख आनी(सेसिल मेलफर्टले ‘पीडितहरूप्रति यो कति अपमानजनक र घृणित छ, र समयभन्दा कति पछाडि छ भनेर भन्न एकल ट्वीट पर्याप्त छैन’ भन्ने टिप्पणी गरेकी छन् ।

फ्रान्स २ टेलिभिजन च्यानलले अभिनेतालाई उनको २०१८ को उत्तर कोरियाको यात्रामा महिला दोभाषेको उपस्थितिमा बारम्बार स्पष्ट यौन टिप्पणीहरू गरेको र घोडामा सवार सानी केटीलाई यौन शोषण गरेको देखाएको छ ।

पूर्वराष्ट्रपति फ्रान्कोइस ओलान्डले बिहीबार फ्रान्स इन्टर प्रसारकसँगको कुराकानीमा उक्त फुटेज हेरेपछि आफूलाई ‘जेरार्ड डेपार्डियोप्रति सम्मान नरहेको’ बताएका छन् । यद्यपि अक्टोबरमा अभिनेताले आफ्नाविरुद्ध लगाइएका सबै आरोप अस्वीकार गरेका छन् ।

गत हप्ता, फ्रान्सेली संस्कृतिमन्त्री रिमा अब्दुल मलाकले अभिनेताको व्यवहारले फ्रान्सलाई लाजमर्दो बनाएको टिप्पणी गरेका छन् । अभिनेताले सन् १९९६ मा प्राप्त गरेको देशको शीर्ष पुरस्कार लिजन डी’अनरबाट खोसिन सक्ने खालको आशय अभिव्यक्त गरेका थिए ।

तर बुधबारको अन्तर्वार्तमा राष्ट्रपति म्याक्रोनले मन्त्रीको सो टिप्पणीलाई यथार्थबाट बहकिएको हुनसक्ने बताएका थिए । सो डकुमेन्ट्री प्रसारित भएदेखि उनको परिवार सञ्चार माध्यमबाट टाढा छ र विक्षिप्त छ ।

Previous Post

मिलनचोक–रातोढुुङ्गा प्रसारण लाइनको परीक्षण सुरु

Next Post

धुम्रपानबाट कसरी टाढा रहने ?

सम्बन्धित खबर

गृहमन्त्री गुरुङद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण
समाचार

गृहमन्त्री गुरुङद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

१४ भदौ २०८३,
रेलेखोला जलविद्युत् आयोजनाबाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो
समाचार

पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

१४ भदौ २०८३,
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
खेलमैदान

एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

१४ भदौ २०८३,
फिदिम स्पोर्टिङ क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा
समाचार

फिदिम स्पोर्टिङ क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा

१४ भदौ २०८३,
काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता
समाचार

काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता

१४ भदौ २०८३,
उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ
फिचर-ब्यानर

उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

१४ भदौ २०८३,
Load More
Next Post
सार्वजनिक स्थानमा धूम्रपान गरे कारबाही

धुम्रपानबाट कसरी टाढा रहने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In