वर्तमानमा रहनु सही अर्थमा बाँच्नु हो । वर्तमानमा रहनु स्वतन्त्रता हो, आत्मज्ञान हो, समाधि, साक्षात्कार पूर्णता सबै काम वर्तमानमा रहन सक्ने मनलाई दिएको हो ।
प्राण र स्मृतिको एकता नगरी वर्तमानमा रहने अरू केही उपाय छैन । द्वैतवादी मिथ्या र इच्छाको गुलाम हुन्छ त्यहाँ मूढता लोभ र अज्ञान मात्रै छ । जसले सृजनको एकत्व देख्न सक्छ त्यो सज्जन सन्नारी, इच्छा र प्रपञ्चबाट आपूmलाई स्वतन्त्र राख्न सक्छ । त्यो स्वतन्त्रतामा एकान्त, स्वल्पाहार, सत्सङ्ग अरू ध्यान सहज हुन्छ । यो स्थितिमा आपूmलाई हेर्नु क्षणदेखि क्षणमा रहनु हो, यही वर्तमान हो । प्राण र स्मृतिको एकता साथ आसन, साथी, व्यवहार, चिन्तन शून्यता, परमशान्ति तथा अनुकूल प्रतिकूलको साक्षी रहन आउनुपर्छ । लोभले, कल्पनाले, प्रयत्नले यो पाइँदैन । त्याग गरेर शान्त बस्न सक्नुपर्छ । त्याग्न नसके— अवश्यमेव भोक्तव्यम् कृतम् कर्म शुभाशुभम् हुन्छ ।
सरलतापूर्वक सुस्त सुस्त श्वास लिनुस् । आफ्नो श्वासभन्दा महत्वपूर्ण जीवनमा केही पनि छैन । प्रसन्नता तब प्राप्त हुन्छ, जब हामी सरल र स्वतन्त्र जीवनयापन गर्छौं । जहाँसम्म स्वार्थ र आसक्ति छ त्यहाँसम्म उदारता, त्याग र सन्तोष सम्भव छैन । त्याग नभई आत्मज्ञान र शान्ति कल्पना मात्रै रहनेछन् । सम्झिनु, त्याग्नु र आफ्नै स्वतन्त्रताको दिव्य जीवन बाँच्नु सत्यको यथार्थता हो ।
हिंसा मानसिक वाण्र्यद्वारा तथा क्रियाद्वारा हुन्छ । तीनै प्रकारका हिंसा एकाग्रता, शान्ति र मोक्षमा बाधक छन् । मनको संस्कार र स्थिति नबदली बाह्य कर्म बदलेर स्वतन्त्रता खोज्नु मृगतृष्णा हो । कालो झार रोपेर, प्रतीक्षा गरेर कमलको फूल फुल्दैन ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













