• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

    अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

    अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अप्रिलमा अमेरिकाको रोजगार दर वृद्धि

    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

    अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

    अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अप्रिलमा अमेरिकाको रोजगार दर वृद्धि

    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

नलगाड र जुनीचाँदेका भूकम्पपीडितले पाएनन् सहयोग

by
४ पुस २०८०,
0
नलगाड र जुनीचाँदेका भूकम्पपीडितले पाएनन् सहयोग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जाजरकोट– जाजरकोटमा भूकम्पपीडित लाभग्राहीको सङ्ख्या हालसम्म ३३ हजार २५ पुगेको छ । अस्थायी आवास निर्माणका लागि अनुदान दिन स्थानीय पालिकाले पीडित परिवारलाई लाभग्राहीको सूचीमा राख्दै अनुदान वितरण गर्न थालेका छन् ।

जिल्लाका नलगाड नगरपालिका र जुनीचाँदे गाउँपालिकाले रकम अभावका कारण लाभग्राहीलाई अनुदान रकम दिन नसकिएको जनाएका छन् । रकम लिइसकेका पालिकाको ढिलासुस्तीका कारण उनीहरूका खातामा पैसा जम्मा भएर बसेकाले समस्या भएको नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावतले बताएका छन् ।

अस्थायी आवासका लागि आवश्यक पर्ने थप ५० करोड राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा माग गरेको ११ दिनपछि चार करोडमात्र आएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिएका छन् । उनका अनुसार हालसम्म तीन हजार सात सय २१ परिवारको खातामा पहिलो किस्ताबापत प्रति परिवार रू २५ हजारका दरले निकासा भएको छ ।

भेरी नगरपालिकाले चार हजार पाँच सय ४९ लाभग्राही कायम गरेको छ । चार सय ८४ परिवारसँग सम्झौता गरेर रू एक करोड २१ लाख लाभग्राहीको खातामा निकासा दिएको सुनारले जानकारी दिएका छन् । बारेकोटले पाँच हजार पाँच सय ८६ लाभग्राही कायम गरी एक हजार ६५ परिवारलाई पहिलो किस्ताबापत रू दुई करोड ६६ लाख २५ हजार अनुदान रकम प्रदान गरेको उनको भनाइ थियो ।

कुशे गाउँपालिकाले पाँच हजार दुई सय ८७ लाभग्राही कायम गरेको छ । शिवालयले तीन हजार तीन सय नौ लाभग्राही कायम गरी दुई हजार एक सय ७२ परिवारको खातामा रू पाँच करोड ४३ लाख अनुदान दिएको छ । हालसम्म रू नौ करोड ३० लाख २५ हजार पीडित व्यक्तिका खातामा रकम गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

भूकम्पले घरबारविहीन बनाएपछि त्रिपालमा बस्दै आएका यहाँका भूकम्पपीडितलाई मङ्सिरभित्र अस्थायी आवासमा सार्ने भन्दै संघीय सरकारले पठाएको रू ५० करोड केही पालिकाका खातामा गएर थन्किएकाले केही पालिकाले रकम पाउन नसकेका प्रजिअ सुनारले बताए।

उनका अनुसार सरकारले माग गरेअनुसारको रकम नपठाउँदा नलगाड नगरपालिका र जुनीचाँदे गाउँपालिकाले अस्थायी आवासका लागि रकम पाउन नसकेका हुन् । रकम निकासा लिएका शिवालय, भेरी, छेडागाड, कुशे र बारेकोट गाउँपालिकाले लाभग्राही पहिचान गरी सम्झौता गर्ने प्रक्रियामा ढिलाइ गरेकाले पीडित परिवारले रकम पाउन नसकेका हुन् ।

५० करोड ९८ लाख ७५ हजार सम्बन्धित पालिकाको खातामा पठाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिशचन्द्र शर्माले जानकारी दिनुभयो । “केही पालिकाले सबै लाभग्राहीलाई अस्थायी आवासका लागि रकम बाँड्न सकेका छैनन् । थोरै लाभग्राहीको खातामा मात्र रकम निकासा गरिएको छ”, उनले भने ।

नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावतले सरकारले अस्थायी आवासका लागि रकम नपठाउँदा काम अघि बढ्न नसकेको बताएका छन् । “पैसा कहिले आउँछ भनेर पीडित परिवारले बारम्बार सोधिरहेका छन् तर रकम नै आउँदैन कसरी काम गर्ने रु, त्रिपालबाट अस्थायी आवासमा सार्ने योजना अधूरै भएको छ”, उनले भने।

पीडित त्रिपालको चिसोले बिरामी परेर ज्यान गइरहेको छ तर प्रक्रियागत झन्झटका कारण भूकम्पपीडितले अस्थायी आवासका लागि अनुदान रकम लिन नपाएका रावतको भनाइ थियो । उनका अनुसार खाता नभएकालाई नगद दिने सरकारले निर्णय गरे पनि स्थानीय सरकारले सबै लाभग्राहीलाई खाता खोल्न लगाएका छन् ।

खाता खोल्न बैंक जानुपर्ने, कतिपयको नागरिकता नभएको, घर भत्किएको विवरण, प्रहरीको मुचुल्कालगायत कागजपत्र चाहिने भएकाले प्रक्रियागत झन्झटका कारण अस्थायी आवासका लागि रकम पाउन निकै सास्ती भएको भेरी नगरपालिका–३ का भूकम्पपीडित सञ्जीव श्रेष्ठले बताए । घर भत्किएको प्रहरी मुचुल्का, जिल्ला बाहिर अन्य ठाउँमा कतै पनि घर नभएको स्वघोषणा फारम, बैंक खातालगायतका काम समयमा हुन नसक्दा लाभग्राहीले समयमा अनुदान पाउन ढिलाइ भएको उनको भनाइ थियो ।

भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्तामा रू २५ हजार र निर्माण सम्पन्न भएपछि रू २५ हजार गरी प्रतिपरिवार रू ५० हजारका दरले अनुदान दिने सरकारले निर्णय गरेको डेढ महिना पुगिसकेको छ । जिल्ला विपद् व्यवस्थापन कोषमा रकम नहुँदा उनीहरूले निकासा पाउन नसकेका प्रजिअ सुनारले बताएका छन् । नलगाड, भेरी र जुनीचाँदे गाउँपालिकाका लागि आवश्यक पर्ने थप रू ५० करोड माग गरेको ११ दिनपछि रू चार करोड मात्र पठाएका समस्या भएको उनको भनाइ थियो ।

लाभग्राहीसँग सम्झौता गर्दा आवश्यक पर्ने कागजात समयमा जुटाउन नसक्दा त्रिपालबाट अस्थायी आवासमा सार्ने योजनामा ढिलाइ भएको प्रजिअ सुनारले बताए । वडा कार्यालयमा दक्ष र पर्याप्त जनशक्ति नहुँदा अनुदान पाउन ढिलाइ भएको पीडितको गुनासो छ । भूकम्पपीडित त्रिपालमा बस्नुपर्ने बाध्यताका बीच बढ्दै गएको चिसोले धेरै बिरामी पर्न थालेका छन् ।

Previous Post

आप्रवासन कानुनमा सुधार गर्ने ईयू सदस्य राष्ट्रबीच सहमति

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह
फिचर-ब्यानर

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

२६ बैशाख २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
फिचर-ब्यानर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

२६ बैशाख २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
फिचर-ब्यानर

डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

२६ बैशाख २०८३,
अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत
अन्तर्राष्ट्रिय

अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

२६ बैशाख २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अप्रिलमा अमेरिकाको रोजगार दर वृद्धि

२६ बैशाख २०८३,
घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान
फिचर-ब्यानर

घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

२६ बैशाख २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In