• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि

    चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि

    बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?

    बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?

    बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

    बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

    भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी

    ‘भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणको जोखिम बढ्न सक्छ’

    सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

    सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

    ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला

    काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्राधिकरणका कर्मचारीकै मिलेमतोमा विमानस्थलबाट सुन तस्करी, शौचालयको दराजमा सुन !

by
३ पुस २०८०,
0
त्रिभुवन विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’ प्रतिस्पर्धाबाट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तस्करी गरेर ल्याएको सुन राख्न नागरिक उड्डयन प्राधिकरण (क्यान) का कर्मचारी र तस्करको मिलेमतोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको अपांगमैत्री शौचालयभित्रको दराज प्रयोग हुने गरेको पाइएको छ । उक्त दराज खोल्ने दुईवटा चाबीमध्ये एउटा साँचो क्यानका कर्मचारी र अर्को सुन बोक्ने भरियाले लिने गरेको भेटिएको हो ।

उनीहरूकै सेटिङमा दराजमा राखिएको अवैध रूपमा ल्याएको सुन सीटीभीटी, प्रहरी र भन्सार कर्मचारीको पहुँच बाहिरको चोरबाटोबाट क्यानकै कर्मचारीले विमानस्थल बाहिर पुर्‍याउने गरेको समेत खुलेको छ ।

गत मंसिर २१ गते मध्यरात त्रिभुवन विमानस्थलबाट १४ किलो सुन बरामद भएपछि भन्सार विभागले गरेको अनुसन्धान र छानबिनमा व्यावसायिक व्यक्तिका लागि छुट्याइएको सीआईपी कक्षको शौचालयभित्र रहेको दराजमा यसअघि पनि पटक–पटक तस्करी गरेर ल्याएको सुन लुकाउने गरेको प्रमाण भेटिएको भन्सार विभागले जनाएको छ ।

‘भरियाले दुबईबाट ल्याएको अवैध सुन प्लेनबाट ओर्लनेबित्तिकै सिधै शौचालय गएर उक्त दराजमा राख्ने रहेछन्। शौचालयमा सुन छाडेर तस्करहरू विमानस्थलबाट बाहिरिँदा रहेछन्,’ छानबिनमा सहभागी विभागका एक अधिकारीले भने, ‘त्यसपछि त्यो सुनलाई उपयुक्त समयमा क्यानका कर्मचारीले विमानस्थलको आपत्कालीन ढोका, छत, शव निकाल्ने ढोका हुँदै चोरबाटोबाट बाहिर निकालेर फेरि अर्को भरियाको जिम्मा लगाउने गरेका रहेछन् ।’

सुन ल्याउन अह्राउने, ल्याउने र विमानस्थलबाट बाहिर निकाल्ने काममा सहभागी १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको विभागले जनाएको छ । दराजमा राखिएको सुन निकाल्न प्राधिकरणका ४ कर्मचारीको प्रत्यक्ष र ३ जनाको अप्रत्यक्ष रूपमा संलग्नता रहेको पाइएको छ। ‘उनीहरूले ल्याएको सुन दराजमा राखेरनराखेको यकिन गर्न शेरबहादुर बस्नेतले रेक्की गर्दा रहेछन् । सुन राखेको पक्कापक्की भएको खबर लेकबहादुर तामाङसम्म पुग्दो रहेछ । त्यहाँको दराजको अर्को चाबी लेकबहादुरसँग हुँदोरहेछ,’ अनुसन्धानमा खटिएका भन्सारका एक कर्मचारीले भने ।

‘लेकबहादुरले आफ्नो ड्युटीका बेला सुन निकालेर भीआईपी कक्षको बाहिरपट्टिबाट प्राधिकरणको प्रशासनिक कार्यालय नजिकको अर्को शौचालयसम्म पुर्‍याउने रहेछन्,’ उनले भने । शेरबहादुर उड्डयन प्राधिकरणका सरसफाइ कर्मचारी र लेकबहादुर कार्यालय सहयोगी हुन् । ‘शौचालयको भित्तामा राखिएको दराजको चाबी हराएपछि दुईवटा नक्कली चाबी बनाइएको रहेछ,’ भन्सार स्रोतले भन्यो ।

त्यही चाबीमध्ये एउटा मीनबहादुर घलेले सुन बोक्न चन्द्र घले वा कृष्णकुमार श्रेष्ठमध्ये जसलाई पठाइन्छ, उसैलाई दिने र अर्को लेकबहादुरले आफैं राख्ने गरेका थिए ।

‘लेकबहादुरले अर्को शौचालयमा पुर्‍याएको सुन लिन प्राधिकरणका अधिकृत राधाकृष्ण श्रेष्ठ पुग्छन् । उनी सुन बोकेर त्यही छेउको आपत्कालीन ढोका हुँदै विमानस्थल भवनको छतमा निस्किन्छन् । त्यहाँ सीटीईभीले कभर नगर्ने अनि भन्सार कर्मचारी तथा प्रहरीको ड्युटी र पहुँच पनि हुँदैन । छतमा बिजुली मर्मतसम्भार गर्न जान सानो हिँड्न मिल्ने ठाउँ छ,’ ती कर्मचारीले भने, ‘त्यहाँबाट शव निकाल्ने ढोकाको छेउमा पुगिन्छ । सँगै रहेको अर्को आपत्कालीन ढोकाबाट सुन विमानस्थलको फोहोर संकलन स्थलमा पुग्छ ।’ उक्त आपत्कालीन ढोकाको चाबी राधाकृष्णले मात्र बोक्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

सरसफाइअन्तर्गतका सिनो व्यवस्थापन गर्ने कर्मचारी रमेश देउलाले फोहोर संकलन स्थलमा पुर्‍याइएको सुन अर्का भरिया डीबी भनिने धनबहादुर गुरुङलाई जिम्मा लगाउने गरेको पाइएको छ। लमजुङका धनबहादुर भने फरार छन् । भन्सारले विमानस्थलका सरसफाइ सुपरभाइजर सुशीला पाण्डे, सरसफाइकर्मी मोहन चेपाङ र कपिल ओझालाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको स्रोतले जनायो । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।

Previous Post

यमनका हुथी विद्रोहीबाट नर्वेली पानीजहाजमा हमला

Next Post

लामिछानेको प्रधानमन्त्रीलाई प्रश्न– सरकारी निकाय हुदा हुदै छानबिन समिति किन बनाइयो ?

सम्बन्धित खबर

चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि
फिचर-ब्यानर

चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि

१३ भदौ २०८३,
बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?
फिचर-ब्यानर

बाढीपीडितका लागि जुट्दै सहयोग, कुन निकायबाट कसले कति दिए ?

१३ भदौ २०८३,
बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी
अन्तर्राष्ट्रिय

बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

१३ भदौ २०८३,
भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी
आवाज

‘भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणको जोखिम बढ्न सक्छ’

१३ भदौ २०८३,
सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा
समाचार

सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

१३ भदौ २०८३,
ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला
आर्थिक

काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै

१३ भदौ २०८३,
Load More
Next Post
लामिछानेको प्रधानमन्त्रीलाई प्रश्न– सरकारी निकाय हुदा हुदै छानबिन समिति किन बनाइयो ?

लामिछानेको प्रधानमन्त्रीलाई प्रश्न– सरकारी निकाय हुदा हुदै छानबिन समिति किन बनाइयो ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In