• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

    बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

    बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

माग बढ्दै जाँदा स्रोतमै पानी घट्दै गयो

by
२९ मंसिर २०८०,
0
माग बढ्दै जाँदा स्रोतमै पानी घट्दै गयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम । सर्लाहीको वाग्मती नदी आसपासका जमिन हराभरा हुन थालेको धेरै भएका छैनन् । तीस वर्षअघिसम्म नदी किनारका बगर घर छाउन प्रयोग हुने खरले ढकमक्क ढाकेका र अरु अधिकांश ठाउँमा मकैखेती मात्रै हुने गरेको अवस्था सर्लाहीको बर्थना हजरियाका लक्ष्मी महतोको मानसपटलमा ताजै छ । तर अहिले भने त्यो अवस्था छैन ।

हिजोको बगरमा आज मौसमअनुसारको खेती हुन थालेको छ । धान, मकै र गहुँखेती गर्ने किसान त्यसैमा सीमित छैनन् । बाह्रै महिना कुनै न कुनै खेती गर्ने प्रचलन बढ्दो छ । त्यसैले खेत वर्षभरि हराभरा देखिन थालेका छन् ।

‘बगरमा खर र अन्य ठाउँमा दुई याममा लगाइने परम्परागत धान, गहुँ र मकैखेती मात्रै हुन्थ्यो । त्यसबाट किसानको गुजारा पनि चल्थेन । अहिले त्यो समय बदलिएको छ । किसानहरुले उन्नत जातको बाली लगाउनुका साथै तरकारी खेती गरेर राम्रो आम्दानी गरिरहेका छन्’, महतोले भने ।

उनका अनुसार बागमती सिँचाइ आयोजनाको पहुँच क्षेत्रमा अन्य ठाउँभन्दा राम्रो उत्पादन भइरहेको छ । मकै उत्पादनमा नेपालकै नमूना भनेर चिनिन थालेको छ भने आलु, गोलभेंडालगायत तरकारी उत्पादनबाट उर्बरभूमिको पहिचान बनाउँदैछ ।

‘सिँचाइ सुविधा र कृषकमा आएको चेतनाका कारण अहिले परम्परागत खेती गर्ने प्रवृत्ति बदलिएको छ । यस ठाउँमा अचेल बाह्रै महिना कुनै न कुनै खेती हुन्छ । मौसमअनुसारको बालीका साथै बेमौसमी उत्पादन पनि भइरहेको छ । अहिले दलहन, तेलहन, तरकारी, मकैलगायत बालीको वर्षभरि खेतीपाती हुन्छ’, महतोले भने, ‘यो वागमती सिँचाइ आयोजनाले ल्याएको बदलाब हो । तर पहुँच क्षेत्रमा पर्याप्त पानी र अरु क्षेत्रमा पहुँच विस्तार गर्न सके यो क्षेत्रले अझै फड्को माथ्र्यो ।’

वागमती नगरपालिका—१० का वीरबहादुर खड्का देशमै अन्नभण्डारको रुपमा परिचित मधेश प्रदेशमा सिँचाइ सुविधा पुगेमा उत्पादन वृद्धि र नमूना कृषि क्षेत्रको विकासमा टेवा पुग्ने उदाहरण पानीको पहुँच भएका ठाउँहरुको उत्पादनबाट प्रष्ट हुने बताउँछन् ।

खड्का भन्छन्, ‘सिँचाइ सुविधा पुगेमा यहाँका किसानहरुले रोजगारीका लागि अर्को विकल्प सोच्नु पर्दैन । तर पर्याप्त र सबै ठाउँमा पानी पुग्न नसकेकाले सोचेजस्तो खेतीपाती गर्न सकिरहेका छैनौँ ।’

समस्याका बीच पनि विभिन्न माध्यमबाट सिँचाइ सुविधा पुगेका क्षेत्रमा गोलभेंडा, परबल, बोडी, सिमी, भान्टा, करेलालगायत तरकारी उत्पादनमा निरन्तर प्रगति हुँदै गएको कृषि थोक बजार व्यवस्थापन समिति, लालबन्दीका अध्यक्ष तोरणबहादुर मगरको भनाइ छ ।

त्यहाँको उत्पादन हाल सिन्धुली, रामेछाप, काठमाडौँ, पोखरा, बुटवल, भैरहवा, नारायणघाट, नेपालगञ्ज, हेटौँडा, वीरगञ्ज, गौर, जनकपुर, सिरहा, विराटनगर, इटहरीका साथै छिमेकी देश भारतको सोनवर्षा तथा सीतामाडीलगायतका बजारमा निर्यात हुने गरेको उनले बताए ।

‘बागमती नहर बन्यो हाम्रो सपना पनि बढे । मकैमा निर्भर यहाँका कृषकहरुले धान, मकै, दलहन, तरकारीबालीको खेती गर्न थाल्यौँ तर पानी अभावले सोचे जस्तो खेतीपाती गर्न सकिरहेका छैनौँ । सुनकोशी–मरिन पथान्तरणपछि हाम्रो सपना थप फराकिलो हुनेछ । पक्कै यो अवस्था बदलिने छ’, रक्षापुर जल उपभोक्ता समिति, वागमती—१० का अध्यक्षसमेत रहेका खड्काले भने ।

सुनकोशी–मरिन पथान्तरणको काम नहुँदासम्म भएकै बागमती सिँचाइबाट बढी लाभलिने गरी व्यवस्थापनको जरुरी रहेको भनाइ छ जल उपभोक्ता महासङ्घ, सर्लाहीका अध्यक्षसमेत रहेका महतोको ।

‘एकातिर स्रोतमै पानीको कमी छ भने अर्कोतिर धेरै पुराना, माटोका नहर हुँदा भएकै पानी पनि खेतसम्म पुग्दैन । चुहावटका कारण पहुँच भएकै ठाउँमा पनि पर्याप्त पानी पुगेको छैन’, महतोको गुनासो छ, ‘त्यसले आयोजनाले नहरको उचित मर्मतसम्भार र व्यवस्थापन सुधार गरी भएकै पानीबाट बढीभन्दा बढी लाभ लिने अवस्था बनाउनुपर्छ । आयोजनाले प्रभावकारी कार्ययोजना बनाएर काम गर्नुपर्यो ।’

कृषि ज्ञान केन्द्र सर्लाहीका निमित्त प्रमुख देवानन्द राय यादव पनि वागमती सिँचाइ अर्थात सतह सिँचाइको पहुँच पुगेका क्षेत्रमा बाली सघनता, उत्पादकत्व वृद्धि भए पनि जिल्लामा सिमानातर्फका क्षेत्रमा नहर पहुँच नहुँदा बहुसङ्ख्यक कृषकले लाभ लिन नसकेको बताउँछन् ।

‘पानी लाग्ने क्षेत्रमा धानलगायत कृषि उपजको उत्पादन राम्रो देखिन्छ तर आकासे वर्षाको भर पर्ने स्थानका कृषकले राम्रोसँग खेती गर्न पाएका छैनन् । बोरिङबाट पानी चलाएर खेती गर्दा लागत बढ्ने हुँदा कृषितर्फको आकर्षण बढिरहेको छैन । यी ठाउँमा सिँचाइको पहुँच विस्तार गर्न जरुरी छ ।’

बागमती सिँचाइ आयोजना प्रमुख भिलानन्द यादव ३० वर्ष पहिले र अहिले खेती गर्ने प्रवृत्ति बदलिएर पानीको माग बढे पनि स्रोतमा नै पानीको अभाव भएकाले माग र आपूर्तिमा सन्तुलन मिलाउन कठिन भइरहेको बताउनुहुन्छ । तर भएकै पानीलाई आलोपालो विधिमार्फत खेतमा पु¥याउनका लागि हरसम्भव प्रयास भइरहेको यादवले बताए ।

‘धानखेती अर्थात वर्षमा दुई याममा मात्रै खेतीपाती हुने बेला आयोजना बनाइएको हो तर अहिले त दलहन, तेलहन, तरकारी, मकै गरी वर्षभरि खेतीपाती हुन्छ’, आयोजना प्रमुख यादवले भने, ‘उही संरचनाबाट कृषकको बदलिँदो आवश्यकता सम्बोधन गर्न वर्षभरि पानी चलाउनुपर्ने बाध्यता छ । यसले नहर मर्मत तथा व्यवस्थापनमा केही समस्या भइरहेको छ ।’

आयोजनाका प्रमुख डिभिज्नल इन्जिनीयर रञ्जनराज भट्टराईले नहरको पहुँच क्षेत्रमा बनाइएका जल उपभोक्ता समितिहरुसँगको सल्लाहमा पानीको वितरणलगायत कार्यहरु भइरहेको बताए ।

पहुँच क्षेत्रमा एक सय ३० जल उपभोक्ता समिति गठन गरिएका र ती समितिमा आवद्ध किसानसँग नियमित बैठक बसेर समस्याको पहिचान र निदानको काम सँगसँगै अगाडि बढाउने गरिएको भट्टराईले बताए ।

उनी भन्छन्। ‘अहिले दुई वटा मूल नहर, त्यसका तीन÷तीन वटा शाखा नहर र २१ वटा प्रशाखा नहरबाट पानी वितरणको काम भइरहेको छ । सर्लाही र रौतहटको ४५ हजार छ सय हेक्टरमा जमिनमा सिँचाइ पहुँच छ । त्यसको अभिकतम् उपयोगको नीतिअनुसार हामीले काम गर्दै आएका छौँ । एक लाख २२ हजार हेक्टरमा सिँचाइ पहुँच पुर्याउने लक्ष्यसहित बनिरहेको सुनकोशी–मरिन डाइभर्सनपछि किसानका सबै गुनासाहरु सम्बोधन हुनेछन् ।’

‘सबैको सपना सुनकोशी—मरिन पथान्तरण’
बागमती सिँचाइ आयोजना आर्थिक वर्ष २०३५–३६ मा निर्माण सुरु भई २०५० सालमा सम्पन्न भएको थियो । पहिलोपटक सन् १९६७–१९७२ मा तयार गुरुयोजना र पछि सन् १९७९–८० मा अध्ययन पुनर्संरचना गरिएको यस आयोजनाबाट समग्रमा एक लाख २२ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य छ ।

दुई चरणमा निर्माण गरिने योजनाअनुसार पहिलो चरणको प्रथम खण्डमा बागमती नदीमा ब्यारेज निर्माण गरी सर्लाही र रौतहट जिल्लाको ४५ हजार छ सय हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधाको विकास र दोस्रो खण्डमा बारा जिल्लाको करिब २२ हजार चार सय हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधाको विकास समावेश गरिएको थियो ।

पहिलो चरणमा ६८ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ पहुँच पु-याउने परिकल्पना भए पनि पहिलो खण्डको काम सम्पन्न भई ४५ हजार छ सय हेक्टरमा नहर पहुँच पुगेको छ । तर बारातर्फको २२ हजार चार सय हेक्टरमा पानी पु¥याउने काम हुन सकेको छैन ।

त्यसैगरी आयोजनाको दोस्रो चरणअन्तर्गत राष्ट्रिय गौरवको सुनकोशी–मरिन बहुउद्देश्यीय आयोजनाको काम भइरहेको छ । प्रमुख भट्टराईका अनुसार दोस्रो चरणको लक्ष्य हासिल गर्न करिब ६७ घनमिटर प्रतिसेकेन्ड पानी सुनकोशी नदीबाट बागमती नदीमा मिसाउने नदी स्थान्तरणको कार्य सम्पन्न भएमा रौतहट तथा सर्लाहीमा सीमित आयोजनाले धनुषा र महोत्तरी जिल्लामा समेत थप सिँचाइ विस्तार गर्नेछ ।

त्यसका लागि दोस्रो चरणको विस्तार तथा मौजुदा संरचनाको पुनःनिर्माण एवं जीर्णोद्वारबारे अध्ययन तथा त्यसको कार्यान्वयन गर्न दुईवटा परामर्शदातामार्फत अध्ययनको काम भइरहेको आयोजना प्रमुख यादवले जानकारी दिए ।

उनले भने, ‘नदी पथान्तरणपछि धनुषाको नगराइन, महोत्तरीको रातुखोला र बाराको दुधौरासम्म सिँचाइ पहुँचका लागि पूर्वाधार निर्माण गर्न विस्कृत परियोजना प्रतिवेदन ९डिपिआर० तयारी र अध्ययनकै क्रममा छ ।’

विसं २०५० अर्थात् ३० वर्षअघि निर्माण गरिएको सो आयोजनाले वर्षैपिच्छे नहर संरचना टालटुल र मर्मतसम्भार गरी सिँचाइ सुविधा पुर्याइरहेको छ । वागमती नदीको स्रोतमै पानी बहावमा कमी आएपछि आयोजनाको नहरमा पानी घट्दै गएको र चुहावटका कारण नहर मुहानको पानी खेतमा पुग्ने अवस्था पनि नरहेको किसानले गुनासो गर्दै आएका छन् ।

हाल ४९ किलोमिटर लम्बाई रहेको आयोजनाको मूल नहरको पूर्वतर्फ रौतहट क्षेत्रमा २२ हजार छ सय हेक्टर अर्थात २२।२५ किमी र पश्चिमतर्फ सर्लाहीतिर २३ हजार हेक्टर अर्थात २८ किमी क्षेत्रमा पहुँच छ । यो गुरुयोजनाअनुसार कूल क्षमताको ३७ प्रतिशत मात्रै हो ।

Previous Post

आई.एम.ई. लाइफ इन्स्योरेन्सद्वारा भक्तपुर शाखा स्तानान्तरण

Next Post

चौथौ नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

सम्बन्धित खबर

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत
आर्थिक

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

१७ चैत्र २०८२,
पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
आर्थिक

पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

१७ चैत्र २०८२,
पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल
आर्थिक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

१७ चैत्र २०८२,
धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित
आर्थिक

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

१७ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि बढ्यो

१७ चैत्र २०८२,
भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
आर्थिक

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

१७ चैत्र २०८२,
Load More
Next Post
चौथौ नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

चौथौ नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In