• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

छोरा खोरमा, परिवार त्रिपालमा

by
२३ मंसिर २०८०,
0
छोरा खोरमा, परिवार त्रिपालमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हिमाली गाउँको बस्ती। भूकम्पले चिरा चिरा परेको घर। त्यही घरको आँगन नजिकैको त्रिपालमुनि छ बारेकोट गाउँपालिका–४ रावतगिरी गाउँका काली बहादुरको परिवार। झन्डै बिचमा भूकम्पले चिरा चिरा परेको घर। त्यही चिरा परेको घरछेउ र चिसो त्रिपाल भन्दा अलि पर जस्तापाताको खोर। खोर गाई बाख्रा र अन्य जनावर राख्नलाई निर्माण गरिएको भने होइन। न त त्यहाँ चराचुरुङ्गी वा कुखुरा पाल्नलाई निर्माण गरिएको हो। यो खोरभित्र छन् १८ वर्षीय किशोर हेमराज रावत।

रावतगिरी गाउँका कालीबहादुर रावतका जेठो छोरा हेमराज मानसिक रोगी भएका कारण भूकम्पले भत्काएको घरबाट छुट्टै टहरामा उनलाई थुनिएको हो। कालीबहादुरको परिवार वडाले दिएको त्रिपाल नै आश्रय स्थल हो भने छोरा हेमराजको जस्तापाताको घेरबारमा बनाइएको खोरमै बस्छन् । यो खोर ६ वर्ष अघि कै हो।

‘पहिले राम्रै बोल्ने गरेको, एकदमै धेरै चञ्चले स्वभावका हेमराज ५ वर्षको उमेरमा हनहनती ज्वरो आएर लखतरान परेपछि उपचारको लागि साथी संस्थाको सहयोगमा काठमाडौँ पनि पुर्‍यायौँ, औषधि खुवाएपछि बोली रोकियो’ हेमराजका बुबा कालीबहादुरले भने ।

‘मानसिक रोग पनि हो भनेर टिचिङ, वीर अस्पताल हुँदै पाटनको मानसिक अस्पतालमा समेत धायौँ। घर फर्काएपछि अस्वाभाविक तरिकाले चल्ने, मातिने, उफ्रिने, पछारिने, अरू साथीहरूलाई घोच्ने, पिट्ने गर्न थालेपछि धौधौ थाम्ने गरेका थियौँ। अहिले जवान भएपछि थाम्न झनै गाह्रो भयो’ कालीबहादुरले सुनाए।

परिवारका अरू सदस्यसँग घरमा राख्दा कपडा च्यात्ने, अन्नपात फाल्दिने, नजिक आएका मानिसहरूलाई झम्टिने, दाउरा वा हातहतियारले हान्दिने, गाईबस्तुलाई दाँतले टोक्ने गर्न थाले पछिल्लो ६–७ वर्षदेखि छुट्टै खोर बनाएर खोरमा राखिएको हो। हेमराजको यो अवस्था देखेर गाउँपालिकाले खोर बनाइदिएको बताइएको छ।

परिवारका अरू सदस्यले थाम्न नसकेको कारण कालीबहादुरले घर छोड्न नपाएको सुनाए । ‘दिउँसो थुन्छौँ, साँझ नजिकै ओछ्यानमा सुताएको बेला जुनेली रातमा उठेर हिँड्दै गर्ने भएको छोरोलाई रेखदेख गर्न हामी सक्दैनौँ हेमराजको बुबा नै हुनुपर्छ’ हेमराजकी आमा तुलसीले भने ।

मानसिक रोगी छोरोको रेखदेखमा समय दिन परेको कारण बेलाबेला गाउँमै खुलेका मजदुरी गर्न वा मुगलान जान पनि पाउँदिन। छोराकै रेखदेखमै समय बितेर कमाई काज पनि गर्न पाएको छैन’ कालीबहादुरले समस्या दर्साए। ‘पिर पहिले पनि थियो, अहिले भूकम्पले घर भत्काएपछि झनै बिजोग छ,’ उनले दर्द सुनाए।

‘सक्दो जति सबै प्रयास गर्‍यौँ, ५ रोपनी जग्गा र सुनचाँदी समेत करिब १२ लाख खर्च भयो। बिरामी नभएको भए उमेर बढेर तन्नेरी हुँदै गर्दा परिवारको भरोसा बन्थ्यो तर मानसिक रोगी भएको कारण कुनै अप्रिय घटना गराइदेला कि भनेर बाउआमालाई चिन्ता छ’ सोसेक नेपालको पुनर्स्थापना सहयोग कार्यक्रमका मनोसामाजिक परामर्शकर्ता लक्ष्मी शाहीले भनिन् ।

खोरमा थुनिएका हेमराज चाहिँ कालीबहादुरका जेठो सन्तान हुन् । कालीबहादुर ९४०० र श्रीमती तुलसी ९३९०को दोस्रो सन्तान किरणकला ९११०, तेस्रो सन्तान स्वस्तिका ९९० र चौथो तथा सबै भन्दा सानो आयुश रावत ९७० गाउँकै भगवती मावि खेतलवाला थानमा क्रमशः ४, २ र १ कक्षामा अध्ययनरत छन्।

हेमराज समेत ४ सन्तानका अभिभावक कालीबहादुर र तुलसी दम्पतीको मुख्य पेसा कृषि हो। औषधिका लागि बेचेको बाहेक अव ४ रोपनी जग्गामा हिउँ परे दुई खेती गरी मुस्किलले तीन महिना खाना पुग्छ, एउटा थारो भैँसी छ, खेती लाउन गोरु अरूको मागेर ल्याउने गरेको तुलसीले बताए ।

‘उपचार र रेखदेख गरिदिने कोही संस्था वा निकाय भए आफैँले कमाउने काममा समय दिन सक्थेँ, जेठो छोरा त यस्तै भयो। अरू छोराछोरीको शिक्षादीक्षा राम्रो गर्न सकिन्थ्यो, काहीँ कोही छन् भने मद्दत चाहियो’ कालीबहादुरले सहयोगको याचना गरे।

श्रोतः आइएनएस स्वतन्त्र समाचार

Previous Post

प्रहरीद्वारा गाँजाखेती नष्ट

Next Post

उदयपुरमा धमाधम जग्गा नापजाँच हुँदै

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
भत्किएको मुहान मर्मत नहुँदा चार सय हेक्टर जमिन बाँझै

उदयपुरमा धमाधम जग्गा नापजाँच हुँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In