• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

कोप २८ महत्वपूर्ण र सार्थक भयोः प्रधानमन्त्री प्रचण्ड

by
१८ मंसिर २०८०,
0
कोप २८ महत्वपूर्ण र सार्थक भयोः प्रधानमन्त्री प्रचण्ड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८’ महत्वपूर्ण र नेपालको हितमा भएको बताएका छन् ।

संयुक्त अरब इमिरेट्सका प्रधानमन्त्री तथा उपराष्ट्रपति शेख मोहम्मद बिन रसिद अल मोक्तमको निमन्त्रणामा दुबईमा आयोजना भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८’मा सहभागी भई आइतबार साँझ स्वदेश फर्किएपछि दिनुभएको प्रतिक्रियामा उनले सो सम्मेलन नेपालको हितमा रहेको बताएका हुन् । प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही मङ्सिर १३ गते युएई प्रस्थान गरेका थिए ।

भ्रमणका क्रममा उनले मङ्सिर १४ गते अबुधाबीस्थित नेपाली राजदूतावासको अवलोकन गरी दूतावासका काम कारबाही, कठिनाइ र चुनौतीलगायतका विषयमा जानकारी लिई संयुक्त अरब इमिरेट्समा रहेका नेपाली श्रमिकसँग सम्बन्धित उद्धार, राहत, क्षतिपूर्ति, कानूनी प्रतिरक्षा लगायतका सेवा उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गरी छिटो छरितो एवं प्रभावकारीरूपमा प्रवाह गर्न निर्देशन दिएको बताए । संयुक्त अरब इमिरेट्सबाट नेपालमा लगानी भित्र्याउन समन्वयात्मक हिसाबले पहल गर्नसमेत मैले राजदूतावासलाई निर्देशन दिएको उनको भनाइ छ ।

नेपाली राजदूतावासमा आयोजित नेपाली समुदायका प्रतिनिधिसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीले मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानका लागि उनीलाई धन्यवाद दिँदै मुलुकको विकासमा थप क्रियाशील रहन अनुरोध गरेको पत्रकार सम्मेलनमा वितरीत प्रेस नोटमा उल्लेख छ ।

सरकारले हालका दिनमा श्रम क्षेत्रको सुधारका लागि अबलम्वन गरेका नीति तथा कार्यक्रमले वैदेशिक रोजगारी थप व्यवस्थित, मर्यादित र भरपर्दो हुने अपेक्षा रहेको आफूले नेपाली समुदायका प्रतिनिधिबीच राखेको प्रधानमन्त्रीको भनाइ थियो । विदेशी भूमिमा दुःख गरी आर्जन गरेको आयलाई वैधानिक बाटोबाट स्वदेश पठाउदा प्राप्त हुने लाभको उपयोग गर्न अनुरोध गरेको उनले जानकारी दिए ।

सोही दिन साँझ नेपाली राजदूतावाससँगको समन्वयमा नेपाल उद्योग वाणिज्य महासङ्घ तथा दुबई च्याम्बर्सले पहिलोपटक संयुक्त रूपमा दुबईमा आयोजना गरेको नेपाल दुबई बिजनेश समिटलाई प्रधानमन्त्रीले सम्बोधन गरेका थिए । सो कार्यक्रममा नेपालमा लगानीको उपयुक्त वातावरण रहेकाले नेपालका प्राथिमकता प्राप्त क्षेत्रमा लागानी गर्न युएईका लगानीकर्तालाई प्रधानमन्त्रीले आह्वान गरेका थिए ।

नेपालमा लगानीका प्रशस्त सम्भावना र उपयुक्त वातावरण रहेको र ती सम्भावनालाई मूर्तरूप दिन र वैदेशिक लगानीको संरक्षण गर्न नेपाल सरकार प्रतिबद्ध रहेको विश्वास प्रधानमन्त्रीले दिलाएका थिए ।

सो फोरममा उपस्थित युएई सरकारका उच्च अधिकारीले नेपाल र युएईले व्यापार र लगानीका क्षेत्रमा सहकार्य गर्नसक्ने सम्भावनाका सम्बन्धमा सकारात्मक सन्देश प्रवाह गरेका थिए । कार्यक्रममा उद्योगी, व्यापारी एवं लगानीकर्ताको उत्साहजनक सहभागिता थियो ।

यस्तै, भ्रमणको तेस्रो दिन मङ्सिर १५ गते जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २८ औँ सम्मेलनको औपचारिक उद्घाटन समारोहमा प्रधानमन्त्री सरिक भए । सो समारोहका अवसरमा उपस्थित विभिन्न देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग प्रधानमन्त्रीले भेटवार्ता गरेका थिए ।

सोही अवसरमा प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता भएको थियो । सो भेटमा नेपालको पश्चिमी क्षेत्रमा भूकम्पले पारेको प्रभावका बारे चासो राख्दै प्रधानमन्त्री मोदीले भूकम्पपीडितलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउन तत्पर रहेको कुरा बताएका थिए ।

सोही दिन अपरान्ह सम्मेलन आयोजनास्थलमा रहेको नोपल पेभेलियनको प्रधानमन्त्रीले अवलोकन भ्रमण गरेका थिए । सो क्रममा पेभेलियनमा उपस्थित जलवायु परिवर्तनका क्षेत्रमा क्रियाशील नेपालीलाई सम्बोधन गर्दै जलवायु परिवर्तनको प्रभावलाई न्यून गर्न नेपाल सरकारले चालेका कदम र नेपालले उठाउने ‘एजेण्डा’ र प्राथमिकताका क्षेत्रको बारेमा जानकारी गराएका थिए । जलवायु सम्मेलनमा पहिलोपटक नेपालको आफ्नो छुट्टै पेभेलियन भएको हुँदा यसको विशेष महत्व रहेको आफूले पाएको उनको भनाइ छ ।

सोही दिन उनले हाइ लेभल लिडर्स इभेन्ट अन एडप्टेसन विषयक छलफल कार्यक्रमलाई सम्बोधन गरे । सो अवसरमा उनले जलवायु परिवर्तनविरुद्ध लड्न नेपालले अनुकूलन योजनासमेत तयार गरेको जानकारी गराएका थिए ।

जलवायु परिवर्तनको असरविरुद्धको लडाइमा युवा पुस्तालाई संलग्न गराउनुपर्नेमा जोड दिँदै उनले विश्व तापमान वृद्धिको सीमा एक दशमलब पाँच डिग्री कायम गर्ने प्रतिबद्धताको पालना गर्न विश्व समुदायलाई आह्वानसमेत गरेका थिए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको जोखिममा परेका अतिकम विकसित मुलुकले भोग्नुपरेका समस्या सम्बोधन गर्नका लागि वित्तीय लगानी र प्रविधिको परिचालनमा विलम्ब गर्न नहुनेमा जोड दिएका थिए ।

सम्मेलनको साइड लाइनमा क्युवाका राष्ट्रपतिसँग भेट गरी द्विपक्षीय सम्बन्धमा कुराकानी गरेका थिए । भ्रमणको चौथो दिन मङ्सिर १६ गतेका दिन बिहान नेपालले आयोजना गरेको ‘हाइ लेभल राउण्ड टेबल अन कल माउण्टेनः हु सेभ्स् अफ फ्रर्म क्लाइमेट चेञ्ज’ को अध्यक्षता गर्दै प्रधानमन्त्रीले जलवायु परिवर्तनले नेपाल जस्ता हिमाली मुलुकमा पारेको प्रतिकूल प्रभावको न्यूनीकरण गर्न तत्काल पहल गर्नु आवश्यक रहेकामा जोड दिएका थिए ।

संयुक्त राष्ट्रसङ्घका महासचिव महासचिव एन्टोनियो गुटेरसले जलवायु परिवर्तनको प्रतिकूल प्रभाव जताततै देखिन थालेकाले प्रभाव न्यूनीकरणको काममा ढिलाइ गर्न नहुने धारणा राखेका थिए । आफूले हालै गरेको नेपाल भ्रमणको स्मरण गर्दै महासचिव गुटरेसले जलवायु परिवर्तनले नेपालका हिमालमा पारेको प्रभाव आफ्नै आँखाले देखेको उल्लेख गर्दै नेपालको सहयोग र हिमालको संरक्षणमा राष्ट्रले प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिएका थिए ।

सो अवसरमा एन्डोराका प्रधानमन्त्री, किर्गिज गणतन्त्रका विदेशमन्त्री, भुटानका विदेश राज्यमन्त्री र अन्तर्राष्ट्रिय सङ्घ संस्थाका प्रतिनिधिले राउण्डटेबल आयोजना गरेकोमा धन्यवाद दिँदै हिमाल संरक्षणको लागि हिमाली राष्ट्रहरूले एकताबद्ध भएर काम गर्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा जलवायु विज्ञ, सरकारी अधिकारी, व्यवसायी र जलवायु अभियन्ताको बाक्लो उपस्थिति थियो । सोही दिन प्रधानमन्त्री दाहालले नेपालको तर्फबाट सम्बोधन गर्दै हरित गृह ग्यास उत्सर्जनमा नेपालको नगन्य योगदान रहेको भए तापनि जलवायु परिवर्तनको प्रतिकूल असरको प्रभाव भने असमान रूपमा भोगिरहेको हुँदा नेपालप्रति अन्याय भएको बताएका थिए ।

उनले जलवायु वित्त र जलवायु न्यायमा पहुँच सुनिश्चित गर्नुपर्ने तथ्यप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए । यस्तै, जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाल सरकारले चालेका कदमबारे पनि प्रधानमन्त्रीले विश्व समुदायलाई जानकारी गराएका थिए ।

“हिमाल मानव सभ्यता र जैविक विविधताको आधार भएकोले बढ्दो तापक्रमको प्रकोपबाट यसलाई जोगाउन अत्यावश्यक भएको कुरा दृढताका साथ राखेको थिए”, प्रधानमन्त्रीले भने । भ्रमणका क्रममा उनले दुबईमा रहेको फ्युचर म्युजियमको अवलोकन भ्रमण गरेका थिए । यस्तै आइतबार बिहान संयुक्त राष्ट्रसङ्घअन्तर्गतका सविभिन्न सङ्घ संस्थाले आयोजना गरेको विपद्बाट पर्नसक्ने जोखिमको पूर्वजानकारीमा सबैको पहुँच विषयमा नेपालको तर्फबाट धारणा राखेका थिए ।

संयुक्त राष्ट्रसङ्घका महासचिवसमेत सहभागी भएको उक्त कार्यक्रममा प्रधानमन्त्रीले नेपाललगायत अति कम विकसित मुलुकका विपद् र जलवायु परिवर्तनका कारण सिर्जित समस्या सम्बोधन गर्न साधन स्रोत र प्रविधिको अभाव भएको हुँदा साधन स्रोतका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका थिए ।

नेपाललाई प्राथमिकता प्राप्त मुलुकको सूचीमा समावेश गराएकोमा आफूले संयुक्त राष्ट्र सङ्घका महासचिवको प्रशंसा गरेकोसमेत प्रधानमन्त्रीले जानकारी दिए । आइतबार बिहान प्रधानमन्त्री प्रचण्डसँग बेलायतका विदेश राज्यमन्त्री एन्ड्रियु मिचेलले शिष्टाचार भेट गरेका थिए । सो भेटका अवसरमा नेपालबेलायत सम्बन्ध, जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य, ब्रिटिस गोर्खाका विषयलगायतमा कुराकानी भएको थियो ।

प्रधानमन्त्री दाहालले भ्रमणसम्बन्धी अद्यावधिक समाचार निरन्तर प्रसारण गरी सहयोग गर्ने सञ्चार माध्यम तथा सञ्चारकर्मीलाई धन्यवाद दिए ।

Previous Post

सिमरा विमानस्थलमा हवाई इन्धन रिफ्यूलिङ्ग सेवाको उद्घाटन

Next Post

यी खानेकुराले आँखाको ज्योति बढाउँछ

सम्बन्धित खबर

गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
कृषि

गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

२५ असार २०८३,
राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न
आवाज

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

२५ असार २०८३,
राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक
आर्थिक

राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

२५ असार २०८३,
उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट
आवाज

उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

२५ असार २०८३,
सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
आर्थिक

सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

२५ असार २०८३,
नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता
अन्तर्राष्ट्रिय

नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता

२५ असार २०८३,
Load More
Next Post
आँखीभौं बाक्लो र कालो कसरी बनाउने

यी खानेकुराले आँखाको ज्योति बढाउँछ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In