• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

    सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

    दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

    दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    सम्पत्ति छानबिन आयोगसम्बन्धी सर्वोच्चको आदेश

    आजको मौसमः केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

    स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

    स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

    गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

    गण्डकीमा गाँजाखेती र घरेलु मदिरा वैधः कानुन कार्यान्वयनको पर्खाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भेनेजुएलाकी वुवान्दर र जापानकी एरिकालाई ‘हेरिटेज् प्याजेन्टस् २०२३’ को उपाधि

by
१८ मंसिर २०८०,
0
भेनेजुएलाकी वुवान्दर र जापानकी एरिकालाई ‘हेरिटेज् प्याजेन्टस् २०२३’ को उपाधि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौंँ । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज् प्याजेन्टस् २०२३’को उपाधि भेनेजुएला र जापानले जितेको छ । प्रतियोगीतामा मिस तर्फको उपाधि जापानकी एरिका हाराले प्राप्त गर्दा मिसेस तर्फ विजेता भेनेजुएलाकी वुवान्दर जिर्लेथ क्यासानोभा जितेकी छन् । हाराले मिस ट्यालेन्ट र मिस मल्टिमिडियाको अवार्ड समेत प्राप्त गर्दा क्यासानोभाले मिसेस् पर्सनालिटीको अवार्ड हात पार्न सफल रहिन् ।

थाइल्याण्डको राजधानी बैंककस्थित ईएससी पार्क होटलको अडिटोरियममा आयोजित प्रतियोगीतामा मिसेस् तर्फ स्वीडेनकी म्याडेलिन वालग्रेन भिकेरी फस्ट रनर्स अप, न्युजिल्याण्डकी एली स्मीथ लाइन्स सेकेन्ड रनर्स अप, मंगोलियाकी ड्यासबाल्जिड मंखजुल थर्ड रनर्स अप तथा केन्याकी सिन्थिया किमाथि फोर्थ रनर्स अपका भए ।

त्यसैगरी मिस तर्फ नाइजेरियाकी टे«सी सोलोमोन फस्ट रनर्स अप, मेक्सिकोकी भ्यानेली उलेट सेकेन्ड रनर्स अप, केन्याकी प्रुडेन्स टेन्डवा थर्ड रनर्स अप तथा रसियाकी बेला टोट्रोभा फोर्थ रनर्स छनौट भएका थिए ।
ईप्लानेट पिटिई लिमिटेड सिंगापुरको आयोजनामा प्रतियोगीता आयोजना भएको थियो । ईप्लानेटका अध्यक्ष नेपालका सन्तोष सापकोटा हुन् । प्रतियोगिताको संयोजनमा सुसान कोह थिइन् ।

प्रतियोगिताको कोरियोग्राफर नेपाली फेसन कोरियोग्राफर रोजिन शाक्य र मलेशियाका स्टेज कोरियोग्राफर वेस्ली श रहेका थिए । कार्यक्रमको संचालन पनि रोजिन आफैले गरेका थिए । प्रतियोगिताको अफिसियल फोटोग्राफरका रुपमा बेन्जी योङ थिए भने कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि दुर्गा बिशुराल, आशिष कँडेल र पूर्व मिसेस हेरिटेज फोन्तिप श्रीवारान्योको संयोजन थियो भने टिनिडी गल्फ होटल बैंककको कार्यक्रम अफिसियल होटलका रुपमा रहेको थियो ।

प्रतियोगिता मिस मिसेस्का अतिरिक्त हेरिटेज प्लस, हेरिटेज पटिट, हेरिटेज जेम्स गरी विभिन्न विधाहरुको पनि यसैवर्ष देखि शुरुवात गरिएको थियो ।

सो प्रतियोगितात्मक कार्यक्रममा आर्टिस्टिक निर्देशक विमल सुवेदी, मिसेस् मलेसिया युनिभर्स २०१४ की विजेता एस्थर चिन, मिसेस् हेरिटेज इन्टरनेसनल २०२२ की विजेता फोन्टिप सुवर्णयु, वल्र्ड ब्युटी प्याजेन्ट अर्गनाइजेसनका संस्थापक अध्यक्ष सानी अबि नादिर तथा मिस हेरिटेज इन्टरनेसनल २०२२ की विजेता एना किरिलिनाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा थाईल्याण्डका कहलिएका नृत्य कलाकारहरुले जोडदार प्रस्तुति रहेको थियो ।

Previous Post

सुनको भाउमा लगातार नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

Next Post

घरमा सधैं सुख शान्ति प्राप्तिका लागि ध्यान दिनैपर्ने कुरा

सम्बन्धित खबर

सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व
आवाज

सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

२७ असार २०८३,
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
आर्थिक

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

२७ असार २०८३,
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

सम्पत्ति छानबिन आयोगसम्बन्धी सर्वोच्चको आदेश

२७ असार २०८३,
आवाज

आजको मौसमः केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

२७ असार २०८३,
स्पेन फिफा विश्वकपको सेमिफाइनलमा
अन्तर्राष्ट्रिय

स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

२७ असार २०८३,
गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
आवाज

गण्डकीमा गाँजाखेती र घरेलु मदिरा वैधः कानुन कार्यान्वयनको पर्खाइ

२७ असार २०८३,
Load More
Next Post
घरमा सधैं सुख शान्ति प्राप्तिका लागि ध्यान दिनैपर्ने कुरा

घरमा सधैं सुख शान्ति प्राप्तिका लागि ध्यान दिनैपर्ने कुरा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In