काठमाडौं – कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले एक पटक कांग्रेसजन र नेपाली जनताले शेखर कोइरालालाई कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन्।
डा. शेखर कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उनको भनाइ थियो। नेपाली कांग्रेस पश्चिमनवलपरासीको पहिलो सम्मेलनलाई सम्बोधन गर्दै भण्डारीले यस्तो बताएका हुन्।
अन्य कोही सभापति बन्छु भनेर उफ्रेर नहुने उनको भनाइ थियो। भण्डारीले सभापति बन्न जनता र कार्यकर्ताले पत्याउनु पर्ने र आशा गरेको हुनुपर्ने बताए।
नेपाली कांग्रेस नवलपरासीको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै भण्डारीले यस्तो बताएका हुन।













