• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी

    अब जनताको अपेक्षा पूरा गर्ने बेला आएको छ : नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खनाल

    मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

    मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

    काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

    काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

    रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी

    रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी

    काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी

    काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी

    कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

    कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सर्लाहीमा धान उत्पादन घट्यो

by
१२ मंसिर २०८०,
0
सर्लाहीमा धान उत्पादन घट्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही । आकाशे वर्षा कम हुँदा सर्लाहीमा धान उत्पादनमा कमी आएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

समयमा पानी नपर्दा मलखाद, विषादी, पप्पसेट र कामदारमा लागेको लगानीका साथै मेहनत खेर गएको भन्दै किसान चिन्तित बनेका छन् ।

इस वर्ष कम वर्षा, रोग, कीराको सङ्क्रमणलगायत कारणले धान उत्पादन घटेको लालबन्दी नगरपालिका–३, जब्दीका किसान रुपलाल चौधरीले गुनासो गरे ।

‘गत वर्ष धेरैको पानसोना जातको धान राम्रो फलेको देखेर जब्दी फाँटका धेरैले यो वर्ष त्यही धान रोपेका थिए’, उनले भने, ‘समयमा पानी नपर्नु, मलखादको अभावलगायत कारणले उत्पादन घटेको छ ।’ यो वर्ष मेहनत र लगानीअनुसार धान उत्पादन हुन नसकेको चौधरीले बताए ।

छ कठ्ठामा लगाएको धान बालीमा सिँचाइका लागि मात्रै रु १० हजार खर्च भएको जनाउँदै लगानीअनुसार धान नफलेको किसान अनिरुद्र साहले बताए । उनका अनुसार यो वर्ष आकाशे वर्षाले साथ नदिँदा धान राम्रो नफलेको हो । ‘छ कठ्ठामा रु १० हजारको त पानी मात्रै लगाएँ तर लगानी बराबरको पनि धान फलेको छैन’, उनले भने ।

पछिल्लो समय मलखाद र सिँचाइको अभावले खेती लगाउनै मुस्किल पर्न थालेको हरिपुर्वाका किसान राजगिरले बताए । ‘जेजति कृषि उत्पादन गरेका छौँ, त्यो सबै किसानकै बलबुताबाट भएको हो’, उनले भने ।

सरकारले बेलैमा मलखाद र सिँचाइको प्रबन्ध गरिदिए किसानलाई राहत मिल्ने किसानको भनाइ छ । जिल्लाका किसान अहिले धान भित्र्याउन व्यस्त छन् । प्रत्येक फाँटका किसान धान काट्ने, बोझा बाँध्ने र थ्रेसर लगाउने काममा व्यस्त छन् ।

जिल्लामा गत वर्ष एक लाख ६४ हजार एक सय ४५ मेट्रिकटन धान उत्पादन भएको थियो । गत वर्ष करिब पाँच मनसम्म धान उत्पादन भएको खेतमा यो वर्ष दुई मन मात्रै उत्पादन भएको किसानले बताएका छन् ।

कृषि ज्ञानकेन्द्र सर्लाहीका प्रमुख देवानन्द राय यादवले सिँचाइ सुविधा रहेको क्षेत्रमा धान उत्पादन राम्रै भए पनि आकाशे वर्षाका भरमा खेती हुने क्षेत्रमा उत्पादन घटेको बताए । उनका अनुसार गत वर्षभन्दा धानखेती केही बढे पनि उत्पादन भने घटेको छ ।

‘पानी लाग्ने क्षेत्रमा धानको उत्पादन राम्रै देखिन्छ तर आकाशे वर्षा कम हुँदा सिँचाइ सुविधा नभएको ठाउँमा उत्पादन घटेको छ’, रायले भने, ‘केही क्षेत्रमा रोग, कीराको सङ्क्रमण पनि देखिएको छ ।’ कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा करिब ४६ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ ।

आवश्यकता अनुसार आकाशे वर्षा नहुँदा अधिकांश किसानले यो वर्ष धान बालीमा दमकल अर्थात् पप्पसेट चलाएर पानी लगाएका थिए ।

दमकलबाट सिँचाइ गर्दा प्रतिघण्टा रु तीन सय तिर्नुपर्ने र एक कठ्ठा खेतमा पानी पटाउन करिब दुई घण्टासम्म दमकल चलाउनुपर्ने किसानले बताएका छन् । धान रोप्दा तथा रोपिसकेपछि पनि बारम्बार दमकल चलाएर पानी पटाउँदा खर्च बढेको जिल्लाका किसानले गुनासो गरेका छन् ।

Previous Post

घुस रकमसहित प्रहरी नायब निरीक्षक पक्राउ

Next Post

अब इन्स्टाग्राम रील्स डाउनलोड गर्न सकिने

सम्बन्धित खबर

काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी
आवाज

अब जनताको अपेक्षा पूरा गर्ने बेला आएको छ : नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खनाल

२२ फाल्गुन २०८२,
मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी
राजनीति

मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

२२ फाल्गुन २०८२,
काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी
फिचर-ब्यानर

काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

२२ फाल्गुन २०८२,
रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी
आवाज

रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी

२२ फाल्गुन २०८२,
काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी
आवाज

काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी

२२ फाल्गुन २०८२,
कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार
अन्तर्राष्ट्रिय

कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

२२ फाल्गुन २०८२,
Load More
Next Post
अब इन्स्टाग्राम रील्स डाउनलोड गर्न सकिने

अब इन्स्टाग्राम रील्स डाउनलोड गर्न सकिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In