– नानि भारद्वज
भक्तहरु सन्ध्या आरति जगाउँदै मन्दिरमा झलमल उज्यालो बनाउँदै थिए ।
त्यही उज्यालोमा बाल बालिकाहरू रमाएर खेलिरहेका थिए ।
“एक भक्तले हप्काउँदै भन्यो— ए भुरा हो ! पर पर जाओ ! यहाँ नखेल !”
“के हुन्छ यहाँ खेल्दा ?”— एक बालकले सोध्यो ।
“यहाँ फोहोर हुन्छ ।”— भक्तको जवाफ थियोे ।
बालकको जिज्ञाासा बढ्यो ।
“यो मन्दिरमा बत्ती बालेर यस्तो उज्यालो बनाउनेको मन पनि उज्यालो हुनुपर्ने होइन र अङ्कल ?”
साभारः लघुकथा कुनोबाट











