काठमाडौं – काठमाडौंको बबरमहलमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सन्चालनमा आएको छ । ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट सोमबार बिहानबाट सञ्चालनमा आएको हो ।
यो प्रणाली सञ्चालनमा आएसँगै अब बाटो काट्न पैदल यात्रुले आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्नेछन् ।
जिल्ला अदालत अगाडिको सडकमा १० लाख खर्च गरेर काठमाडौं महानगरले यो प्रविधि जडान गरेको हो । एकपटक बटन थिचेपछि ३० सेकेन्डसम्म हरियो बत्ती बल्ने र सो समयमा यात्रुले बाटो काट्न सक्नेछन् ।













