• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

    त्रिशूली र नारायणी नदीमा शवको खोजी तीव्र, ६९ वटा भेटियो

    आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

    छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

    भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

    भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

    प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

    प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

    बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

    बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बराहपोखरीको प्रवर्द्धन गर्न सांस्कृतिक महोत्सव

by
३ मंसिर २०८०,
0
बराहपोखरीको प्रवर्द्धन गर्न सांस्कृतिक महोत्सव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । खोटाङको दक्षिणी क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको प्रवर्द्धन गर्न सांस्कृतिक महोत्सव आयोजना गरिएको छ । बराहपोखरी गाउँपालिकाको आयोजना तथा खोटाङ कलाकार समाजको सहआयोजनमा यही मङ्सिर ६ गते बृहत् सांस्कृतिक महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सवमा गाउँपालिकाभित्रका विभिन्न जातजातिको आआफ्नो मौलिकता, संस्कृति र पहिचान झल्काउने सांस्कृतिक झाँकी र स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको साङ्गीतिक प्रस्तुति रहने गाउँपालिकाका प्रमुख शालिकराम बञ्जाराले जानकारी दिए ।

“धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा हरिबोधनी एकादशीका अवसरमा दुई दिन बृहत् मेला लाग्ने गरेको छ । यसलाई प्रवद्र्धन गर्न सांस्कृतिक महोत्सव आयोजना गरिएको छ”, उनले भने, “बराहपोखरीमा आयोजना गरिएको सांस्कृतिक महोत्सवले गाउँपालिकाको आर्थिक उन्नतिमा समेत सघाउ पुग्ने अपेक्षा गरेका छौँ । आगामी दिनमा समेत यसलाई ९सांस्कृतिक महोत्सव० निरन्तरता दिने योजना बनाइएको छ ।”

महोत्सवमा चर्चित गायक शम्भु राई, हास्य कलाकार सुवोध गौतम, गायक कमल खत्रीलगायतका दुई दर्जन बढी कलाकार सहभागी हुने सहआयोजक खोटाङ कलाकार समाजका अध्यक्ष एवं गायक रुपकुमार राईले जानकारी दिए । मङ्सिर–६ गते बिहान १० बजेदेखि सुरु हुने सांस्कृतिक महोत्सवमा भर्खरै सम्पन्न ‘खोटाङ प्रतिभा–२०८०’का विजेताकोसमेत साङ्गीतिक प्रस्तुति रहने जनाइएको छ ।

परापूर्वकालदेखि लाग्दै आएको मेलाका साथै सांस्कृतिक महोत्सवलाई लक्षित गर्दै गाउँपालिकाले पालिकाभर दुई दिन सार्वजनिक बिदाको औपचारिक घोषणासमेत गरेको छ । संसारकै लोपोन्मुख रातो माछा पाइने धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीलाई नेपाल सरकारले एक सय वटा गन्तव्यस्थलको सूचीमा समावेश गरेको छ ।

हरिबोधनी एकादशीका अवसरमा विशेषगरी धामीझाँक्रीको मेला लाग्ने बराहपोखरीमा बालन र सङ्गिनीसमेत नाच्ने चलन छ । बराहपोखरीमा रहेको मेला भर्न, घुमफिर गर्न, दर्शन गर्न र पोखरीको दृश्यावलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । चार दशमलव ४६ हेक्टर क्षेत्रफलमा फैलिएको ‘अर्धचन्द्राकार’को पोखरीमा पाइने दुर्लभ रातो माछाले पर्यटकको मन लोभ्याउने गरेको छ । बराहताल चारैतिर पहाडले घेरिएको उपत्यकाको बीच भागमा रहेका कारण माथिका डाँडाबाट झनै मनमोहक देखिन्छ ।

परापूर्वकालमा एउटा घरको अँगेनोबाट माछा निस्किएपछि त्यसलाई पोलेर खादा त्यहाँबाट पानी निस्किएर १२ घर मगर बस्ती डुबेर बनेको ताल भएकाले यसलाई बराहपोखरी भनिएको किंवदन्ती छ । चारैतिर पहाडैपहाडको बीच भागमा रहेको समथर जमिनमा अवस्थित बराहपोखरीको आयतन बाह्रै महिना एउटै देखिन्छ ।

बराहपोखरीको दक्षिणपट्टी अवस्थित बराहमाई र शङ्खेश्वरको पूजाआराधना गरे चिताएको कुरा पूरा हुने जनविश्वास रहिआएको छ । जीवनमा शान्ति मिलोस् भनी जोडी परेवा उडाउनुका साथै शुद्धताका लागि पोखरीमा नुहाएर पूजाआराधना गर्ने चलन छ ।

बाह्रै महिना हरियो देखिने यस बराहपोखरीको पानीले नुहाएमा मोक्ष पाउने जनविश्वास रहेको छ । विवाह गरेको लामो समयसम्म सन्तान नभएका जोडीले पूजाआजा गरेमा सन्तान प्राप्ति हुने विश्वास छ ।

चाडपर्वअनुसार फरकफरक समयमा फरकफरक प्रकृतिको मेला लाग्ने बराहपोखरीको प्रवद्र्धन गर्न गाउँपालिकाले यसपटक सांस्कृतिक महोत्सवको आयोजना गरेको गाउँपालिका उपप्रमुख भूवलराज राईले जानकारी दिनुभयो । “महोत्सव सफल पार्न गाउँपालिकाको तर्फबाट विभिन्न उपसमितिहरु गठन गरेर परिचालन गरिएको छ । गाउँपालिकाद्वारा परिचालित उपसमितिले तयारीलाई तीव्रता दिएका छन्”, उनले भने , “धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा पहिलो पटक आयोजना गरिएको सांस्कृतिक महोत्सवले छुट्टै माहोल सिर्जना भएको छ । यसले बराहपोखरीको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।”

प्राकृतिकरुपमा सुन्दर तथा धार्मिक आस्थाका धरोहर मानिने बराहतालमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । अहिले दैनिक पूजाआजा र अवलोकन भ्रमण गर्नेको आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या तीन सयको हाराहारीमा रहेको स्थानीय बासिन्दाले बताउने गरेका छन् ।

बराहपोखरी आउने पर्यटकलाई लक्षित गरेर अहिले तीन वटा डुङ्गा सञ्चालन गरिएको छ । डुङ्गा सयर गर्ने पर्यटकबाट सङ्कलित रकम पोखरी व्यवस्थापनमा खर्च गरिने बराहपोखरी व्यवस्थापन समितिले जनाएको छ ।

बराहपोखरीमा हरेक वर्षको रामनवमी, शिवरात्रि, बालाचतुर्दशी, माघेसङ्क्रान्तिका दिन लाग्ने मेलामा सतबीज छर्ने चलन छ । धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा लाग्ने मेला भर्न र दर्शन गर्न छिमेकी जिल्ला उदयपुर, सोलुखुम्बु, भोजपुर, ओखलढुङ्गा, सङ्खुवासभाका दर्शनार्थीसमेत आउने गरेका छन् ।

Previous Post

तेजिलो दिमाग बनाउने खानेकुरा

Next Post

रोचक तथ्यः पृथ्वी बोक्ने किरा

सम्बन्धित खबर

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त
आवाज

त्रिशूली र नारायणी नदीमा शवको खोजी तीव्र, ६९ वटा भेटियो

११ भदौ २०८३,
आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने
जीवन शैली

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

११ भदौ २०८३,
भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री
आर्थिक

भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

११ भदौ २०८३,
प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा
आवाज

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

११ भदौ २०८३,
बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त
आर्थिक

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

११ भदौ २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

११ भदौ २०८३,
Load More
Next Post
रोचक प्रसङ्गः अक्टोपसका तीनवटा मुटु

रोचक तथ्यः पृथ्वी बोक्ने किरा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In