–सुरेशकुमार पाण्डे
हामी दिल्ली त आइपुग्यौँ तर यो रातीमा कता बस्ने ? मैले चिन्ता प्रकट गरेँ ।
नजिकै हाम्रो मामाको डेरा छ । त्यहाँ गयौं भने खान र बस्न अवश्य पनि पाउछौँ । विष्णुले निर्धक्कसँग मुस्कुराउँदै भन्यो ।
हामी उसको मामाको डेरातिर लाग्यौं ।
खोल्टीमा पैसा थिएन । घरबाट लगेको पैसा किराए र बाटोमा खान ठिक्कै भयो । अर्काको देशमा कामको तलासमा हिँडेका हामी दुई साथीहरू । आज झमक्क परेपछि रेलबाट झरेका थियौँ ।
हामी पैदल हिँडेर पुरानो दिल्लीबाट तिलकब्रिज पुग्यौं ।
“नमस्ते ! हामीले एकैसाटो नमस्ते ग-यौँ ।
कहाँबाट आयौ ? यो वेला ! उनले नमस्ते फर्काएनन् तर आएकोमा आश्चार्य माने ।
बाजे हाम्रो मामा कता जानुभयो ?– विष्णुले डेरामा बसेका एउटा बुढासँग सोध्यो ।
खै डिप्टीमा गएका छन् –उनले ठाडो बोलीमा भने ।
हामी पहिलेदेखि बिछिएको चारपाइमा बस्यौँ ।
उन्ले खाना पकाए । आफै खाए हामी टुलुटुलु हेरिरह्यौँ । उनले हामीलाई सोधेनन् ।
भोकले पेट पिरो भएको थियो ।
बुढा मान्छेले खाना खाए भाँडा माझे र त्यहाँ सफा गरे ।
आज यहाँ भोकै सुत्नु पर्छ होला । जेहोस बास त पायौं–मैले मनैमन सोचे ।
केटा हो अब मेरो पनि डिउटीमा जाने वेला भयो । क्वाटरमा ताला लगाउँछु । तिमीहरू कहाँ जान्छौ ? उनले ताला चाबी हातमा लिएर हामितिर पिर्लुक्कै हेर्दै भने ।
साभारः लघुकथा कुनोबाट













