१. एक वीर योद्धा जसरी रणक्षेत्रतर्फ प्रस्थान गर्दछ, त्यसैगरी त्यस्तो व्यक्ति पनि हुन्छ जसमा दिने क्षमता हुन्छ । स्नेह र करुणाले भरिपूर्ण भएर श्रद्धापूर्वक दान गर्दछ तथा समस्त घृणा, ईश्र्या र क्रोधको परित्याग गरिदिन्छ ।
२. उभिँदा, हिँड्दा, बस्दा, सुत्दा जसले आफ्नो मलाई शान्त राख्दछ, त्यो अवश्य नै शान्ति प्राप्त गर्दछ ।
३. व्यक्ति त्यही नै बन्दछ, जुन उसको मनले उसलाई बनाउँछ । सत्मार्गमा बढ्नका लागि मनको साधना पहिलो कदम हो । हरेक कुरामा मन नै अग्रगामी छ । मन नै मुख्य हो । बैद्ध मार्गको यही मुख्य जीवन शिक्षा हो ।
४. कुनै व्यक्ति स्वच्छ मनले यदि केही बोल्छ वा गर्छ सुख उसमा पछि पछि यसरी लाग्दछ जसरी कहिल्यै साथ नछोड्ने छाया व्यक्तिको पछि लाग्दछ ।
५. मनलाई आफ्नो अधीनमा राख्न कठिन छ, जो चञ्चल छ तथा जो सधैँ मेघजस्ती नै खोजिरहन्छ, यस्तो मनलाई काबुमा राख्नु नै उचित छ । काबुमा रहने मन सुखदायक हुन्छ ।
६. जो व्यक्ति आफूलाई मूर्ख ठान्दछ, त्यति अंशमा त्यो मूर्ख नभएर पण्डित हो । असली मूर्ख त्यो हो जो मूर्ख भएर पनि आफूलाई पण्डित ठान्दछ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













