• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सिङ्गो गाउँ नै लसुन खेतीमा

by
२९ कार्तिक २०८०,
0
सिङ्गो गाउँ नै लसुन खेतीमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रुकुम – वडालाई आर्थिक रुपमा समृद्ध बनाउन रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१० को सिङ्गो गाउँ नै लसुन खेतीमा लागिपरेको छ । २०७५ सालअघि वडाको झ्याङ टोलमा थोरै मात्रामा किसानले लसुन खेती गर्ने गरेका थिए तर त्यसपछि व्यावसायिक रुपमा झ्याङका १२ किसानले एकैपटक लसुन खेती गर्न थालेपछि भने हाल वडाको सिङ्गो गाउँ नै व्यावसायिक लसुन खेतीमा आकर्षित भएको छ ।

वडाका किसानलाई व्यावसायिक लसुन खेतीमा आर्कषण तथा आर्थिक रुपमा समृद्ध बनाउन वडाले २०७५ सालमा पहिलोपटक अनुदानमा ४१ क्विन्टल लसुन वितरण गरेको थियो । त्यसयता वडामा व्यावसायिक रुपमा किसालने लसुन खेती गर्न थालेको वडाध्यक्ष धनबहादुर खड्काले बताए ।

उनी भन्छन्, ‘‘२०७५ सालसम्म किसानलाई आफूले उत्पादन गरेका लसुनलगायत तरकारी र अन्य कृषि उपज डोकोमा बोकेर करिब पाँच घण्टा हिडेर सदरमुकाम मुसीकोट खलङ्गासम्म लगेर बेच्नु पर्ने बाध्यता थियो, २०७६ सालदेखि गाउँ सडक सञ्जालमा जोडिएपछि भने किसानले उत्पादन गरेको लसुनलगायत अन्य उत्पादित तरकारी गाडीमा राखेर बजारसम्म लैजान थालेका छन् ।’’

वडाले पहिलोपटक लसुनको बीउ १२ जनालाई वितरण गर्‍यो । त्यसमा झ्याङका नदीराम खड्काले ३० किलो बीउ पाए र घर अगाडिको गहुँ लगाउने बारीमा पूरै लसुन खेती गरे । पहिले मुस्किलले दुई हजार मूल्यबराबरको एक मुरी गहुँ उत्पादन हुन्थ्यो । उनले लसुन खेती गरेर त्यति नै जग्गामा रु ३५ हजार आम्दानी गर्न सफल भए । लसुनबाट राम्रो कमाइ हुने देखेपछि वडाका अरु किसानलाई पनि लसुन खेती गर्ने ऊर्जा थपियो । अहिले गाउँ नै लसुन खेतीमा आकर्षण भएको छ । सवैको बारीमा कमै भएपछि लसुन खेती देख्न सकिन्छ

वडाले कृषि क्षेत्रलाई पहिलो प्राथमिकता राखेर किसानलाई विभिन्न अनुदान कार्यक्रममार्फत बीउ वितरण गर्दै आएको छ । वडाको खड्का टोल, कामीबुढा टोल, नमुनावस्ती टोल, गलमपाटी टोल र भेरीखोला टोल गरेर गरिब दुई सय ४७ घरधरीलाई यो वर्षको लागि ४८ क्विन्टल अर्थात ४ हजार ८ सय किलो लसुनको बीउ अनुदानमा वितरण गरेको छ ।

सुरुमा खड्का टोल र कामीबुढा टोलको चौरमा कमै मात्रामा लसुन खेती गरिएको थियो । त्यतिबेला प्रतिकिलो ८५ रुपैयाँमाका दरले लसुन डोकोमा बोकेर पाँच घण्टा हिडेर बेच्न जानुपर्ने बाध्यता थियो । अहिले वडाबाटै लसुन बिक्री हुने र राम्रो आम्दानी हुने भएकाले किसानहरु लसुन खेतीतिर आकर्षित भएका हुन् । गत वर्षमात्रै पाँच सय क्विन्टल लसुन जिल्ला बाहिर बिक्री गरेर झण्डै रु पचास लाख रकम किसानले हात पारेका थिए ।

प्रत्येक किसानले एक पटकमा कम्तिमा पनि १३ सय क्विन्टल लसुन विक्री गर्ने गरेका छन् । उत्पादन गरेको लसुन प्रतिकिलो एक सयदेखि एक सय १० रुपैयाँमा गाउँबाटै बिक्री हुँदै आएको छ । हरेक सिजनमा किसानले लसुन बिक्री गरेर एक लाखदेखि डेढ लाखसम्म आम्दानी गर्ने गरेका छन् । झ्याङ टोलका २२ घरधुरीको बीच गाउँको सार्वजजिक ठाउँमा लसुनको प्रतिमा समेत निर्माण गरिएको छ ।

सबैभन्दा पहिला लसुन उत्पादन गर्ने टोल भएकाले झ्याङमा पछिसम्म इतिहास बचाइराख्नको लागि लसुन पार्क निर्माण गरिएको वडाध्यक्ष खड्काले बताए । वडामा लसुन खेतीको उत्पादन बढ्न थालेपछि लसुन खेतीलाई सिँचाइको समस्या नहोस् भनेर वडाले सिँचाइ कुलोलाई जोड दिएको छ । वडामा जतिसुकै लसुन उत्पादन भएपनि बजारको समस्या नरहेको व्यावसायिक रुपमा लसुन खेती गर्दै आएका झुपलाल खड्का बताउँछन् । गाउँमा उत्पादन भएको लसुन खरिद गर्न गाउँमै व्यापारी पुग्ने गरेका छन् ।

उनका अनुसार उत्पादन भएको लसुन बारीबाट निकाल्नु भन्दा १र२ महिना पहिलै बारीमा लसुन खेती हरेर पहिले नै किसानको घरघरमा व्यापारी पुगेर लसुनु पछि खरिद गर्ने गरी १० देखि २० हजारसम्म बैना समेत बुझाउने गरेका छन् । यस वडालाई लसुन पकेट क्षेत्रसमेत घोषणा गरिएको बताउँदै वडाध्यक्ष खड्का भन्छन्, ‘‘रासायनिक मल प्रयोग नगरेर अर्गानिक उत्पादन गर्ने र वडालाई अर्गानिक उत्पादनको रुपमा घोषणा गर्ने लक्ष्य लिएको छ ।’’

लसुन खेतीमा किसानलाई आकर्षण गर्न र व्यावसायिक बनाउन वडाले तालिम दिने योजना बनाएको छ । कर्णाली प्रदेश सरकारको मसलाबाली विकास ब्लक पकेट कार्यक्रमअन्तर्गत किसानलाई ५० प्रतिशत अनुदानमा ४८ क्विन्टल बीउ वितरण गरेको छ ।

Previous Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Next Post

प्रहरीको गोलीबाट दुईजना घाइते,६० लाख लुटपाट गरेको आरोप

सम्बन्धित खबर

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन
आवाज

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

९ असार २०८३,
जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि
आर्थिक

डलरको दबाबमा येन

९ असार २०८३,
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
आवाज

सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

९ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

९ असार २०८३,
मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने
आवाज

मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

९ असार २०८३,
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
आवाज

क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

९ असार २०८३,
Load More
Next Post
प्रहरीको गोलीबाट दुईजना घाइते,६० लाख लुटपाट गरेको आरोप

प्रहरीको गोलीबाट दुईजना घाइते,६० लाख लुटपाट गरेको आरोप

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In