• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

    बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

    पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

    पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

    भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी

    बाढीपछि प्रभावित क्षेत्रमा झाडापखालाका बिरामी देखिन थाले

    नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

    नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

    ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

    ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

    पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी

    पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रतिगमनको खतरा कायम रहेसम्म गठबन्धन : ‘प्रचण्ड’

by
२७ कार्तिक २०७९,
0
प्रचण्डलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा प्रतिगमनको खतरा कायम रहेसम्म गठबन्धन रहने बताएका छन् । लोकतान्त्रिक-वाम गठबन्धन चितवनले शनिबार यहाँ आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले प्रतिगमनका विरुद्धका लागि गठबन्धन बनेको स्पष्ट पारे।

अध्यक्ष दाहालले संविधान र गणतन्त्रको रक्षाका लागि गठबन्धन बनेको उल्लेख गर्दै भने, ‘निकै दुःख गरी गठबन्धन बनाइएकाले प्रतिगमनको खतरा नटरेसम्म कायमै रहन्छ ।’ प्रतिगमनको खतरा कम हुँदै गएको भन्दै उनले थपे, ‘जतिबेलासम्म राजनीतिक दुर्घटनाको खतरा रहिराख्छ, प्रतिगमनको खतरा रहिराख्छ त्यतिबेलासम्म गठबन्धन कायम रहन्छ ।’

निर्वाचनमा एकताको प्रदर्शन गरेर गठबन्धनका उम्मेदवारलाई विजय गराएपछि राजनीतिक दुर्घटना गराउन खोज्ने शक्ति पराजित भएर जाने उनले बताए । आगामी निर्वाचनलाई जनमत सङ्ग्रहको संज्ञा दिँदै उनले भने, ‘यो निर्वाचन अग्रगमन र प्रतिगमन के रोज्ने भनेर आफ्नो मत जाहेर गर्ने समय हो ।’

गठबन्धनको बहुमत सुनिश्चित रहेको भन्दै उनले अत्यधिक बहुमत ल्याउने दाबी गरे। उनले भने ‘हामीले सरकार गठन गर्नका लागि मात्र गठबन्धन बनाएका होइनौँ । यो देशमा स्थिरता र विकासका लागि हो ।’ राजनीतिक दुर्घटनाबाट देश बचाउन गठबन्धन बनेको जनाउँदै उनले गठबन्धनलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

संविधानमा हस्ताक्षर गरेका दलहरूबाट नै संविधानमाथि प्रहार गर्ने काम भएको उनको भनाइ छ । चितवनवासीले विसं २०७४ मा विजयी बनाएर विकासको मोडल दिने अवसर दिएको उनले बताए।

उनले भने, ‘चितवनमा धेरै परियोजना ल्याएर धेरै काम भएका छन् । सडक सञ्जाल, शिक्षा, रोजगारी सबै प्राप्त भएका छन् ।’ अबको आफ्नो जीवन विकास र आर्थिक समृद्धिका लागि संकल्प गरेको भन्दै उनले कसैको डर, धम्कीमा नलागी गठबन्धनलाई विजयी गराउन आग्रह गरे ।

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष केशवलाल श्रेष्ठले शान्ति र समृद्धिका लागि गठबन्धनको पक्षमा लाग्न आग्रह गरे । उनले एकअर्काका बीचमा इमान्दारिता प्रस्तुत गर्नुपर्ने बताए। राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले स्थायी सरकार र देशको समृद्धिका लागि गठबन्धन बनेको र यसलाई जिताउनुपर्ने बताए ।

नेपाली काङ्ग्रेसका सहमहामन्त्री डिला सङ्ग्रौलाले महिला हिंसाका विभेदकारी कानून परिमार्जन गर्ने अठोट व्यक्त गरे । काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल, एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्ण खनाल, लोकतान्त्रिक-वाम गठनबन्धनबाट चितवन क्षेत्र नं १ का उम्मेदवार डा विश्वनाथ पौडेल, क्षेत्र नं २ का उम्मेदवार उमेश श्रेष्ठ र ३ का उम्मेदवार डा भोजराज अधिकारीले गठबन्धनका उम्मेदवार विजयी भएसँगै मुलुकमा शान्ति र समृद्धि कायम हुने बताए।

Previous Post

विचार मिल्नेसँग सहकार्य तथा एकताको क्रम चलिरहेको छ : महासचिव भुसाल

Next Post

कालीगण्डकीको सभ्यता सङ्कटमा पर्न दिन्न : डा. कोइराला

सम्बन्धित खबर

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन
फिचर-ब्यानर

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

१५ भदौ २०८३,
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो
समाचार

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

१५ भदौ २०८३,
भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी
समाचार

बाढीपछि प्रभावित क्षेत्रमा झाडापखालाका बिरामी देखिन थाले

१५ भदौ २०८३,
नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता
समाचार

नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

१५ भदौ २०८३,
‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’
समाचार

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

१५ भदौ २०८३,
पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी
समाचार

पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी

१५ भदौ २०८३,
Load More
Next Post
शशांक कोइरालाले गरे केरुङ्गे खोलाको समस्या समाधान गर्ने प्रतिबद्धता

कालीगण्डकीको सभ्यता सङ्कटमा पर्न दिन्न : डा. कोइराला

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In