• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निर्माण सम्पन्न भएर उद्घाटन भयो, सञ्चालनमा आएन नेपालगन्ज सिटी हल

    निर्माण सम्पन्न भएर उद्घाटन भयो, सञ्चालनमा आएन नेपालगन्ज सिटी हल

    बाढीले पाइपलाइन बगाउँदा बागलुङ बजारमा खानेपानी समस्या

    बाढीले पाइपलाइन बगाउँदा बागलुङ बजारमा खानेपानी समस्या

    कस्तो रहला आजको मौसम ?

    कस्तो रहला आजको मौसम ?

    मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ

    मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ

    कालीगण्डकी बाढीले उजाडियो तिल्केनी

    कालीगण्डकी बाढीले उजाडियो तिल्केनी

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

छोरीमात्र भएका बन्ध्याकरण गर्ने दम्पतीलाई सम्पत्ति करमा छुट

by
१३ कार्तिक २०८०,
0
छोरीमात्र भएका बन्ध्याकरण गर्ने दम्पतीलाई सम्पत्ति करमा छुट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तनहुँ – व्यास नगरपालिका कार्यालयले छोरी मात्र पाएर बन्ध्याकरण गर्ने दम्पत्तिलाई नगरपालिकाबाट लगाइने करमा छुट दिने नीति लिएको छ ।

नगरपालिकाको नीति तथा कार्यक्रममा “लैङ्गिक भेद्भाव मुक्त व्यास नगर” बनाउने उद्देश्य अनुरुप छोरी २० वर्ष नपुग्दासम्म सम्पत्ति कर लगायतका सबै करमा २० प्रतिशत छुट दिएको हो । व्यास नगरपालिकाभित्रका महिलाको क्षमता विकास एवं सीप विकास गरी आत्मनिर्भर बनाउनका लागि “उपप्रमुख महिला सीप विकास कार्यक्रम” सञ्चालन गर्न लागेको छ ।

“आत्मनिर्भर छोरी सशक्त व्यास नगर” अभियानमा छोरीको २० वर्ष पुगेपछि मात्र विवाह गर्ने दलित, आदिवासी जनजाति दुरा, बोटे, दराई, कुमाल, चेपाङको छोरीलाई सम्मान गर्दै त्यस्ता छोरीको अध्ययनमा सहयोग गर्ने नीति लिएको हो ।

उमेर २० वर्ष पुगेपछि मात्र विवाह गर्न प्रचारप्रसार एवं अभिमुखीकरण लगायतका सचेतनामूलक कार्यक्रम गरिने व्यास नपाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए । नगरपालिकाभित्र स्थायी बसोबास गर्ने कक्षा १२ सम्म योग्यता हासिल गरेका विपन्न बेरोजगार महिलालाई उद्यमशीलता विकासका लागि अनुदानको व्यवस्था मिलाइएको छ ।

व्यास नगरपालिकामा स्वास्थ्य सङ्कटमा रहेका विपन्न महिलालाई आर्थिक सहयोग प्रदान गरी जीवनरक्षामा सहयोग पु-याउने लक्ष्य नगरपालिकाको रहेको उनले बताए । महिलाद्वारा सञ्चालित सहकारीलाई व्यवस्थित गर्ने कार्यमा सहजीकरण गर्दै “महिलासँग उपप्रमुख कार्यक्रम” अन्तर्गत गर्भवतीको पोषणका लागि सहयोग गर्ने कार्यक्रम रहेको छ ।

व्यास नगरपालिकामा लैङ्गिक हिंसा निवारण कोष सञ्चालन गरी हिंसामा परेका महिलालाई कानुनी उपचारका लागि सहयोग एवं उनीहरुको सुरक्षा र संरक्षणको व्यवस्था मिलाउने योजना रहेको छ । उच्च शिक्षा अध्ययन गर्ने आर्थिक रुपमा विपन्न रहेका छात्रालाई छात्रवृत्ति उपलब्ध गराई पठनपाठनमा सहजीकरण गर्न लागेको व्यास नपाकी उपप्रमुख इन्दिरा दरैले बताए।

दलित, सिमान्तकृत लोपोन्मुख जाति एवं मुस्लिम समुदायका महिलालाई नेतृत्व विकास एवं सीप विकासका विभिन्न कार्यक्रममार्फत सशक्तीकरण गर्ने योजना नगरपालिकाले लिएको छ । व्यास नपाका महिला जनप्रतिनिधिको नेतृत्व र क्षमता विकास गर्नका लागि प्रशिक्षण, अवलोकन भ्रमण, अनुसन्धानात्मक गतिविधि सञ्चालन गर्ने र अनुभव आदान प्रदान गर्ने कार्यक्रम ल्याइएको छ ।

Previous Post

पृथ्वी नै चिसो पार्ने त्यो ज्वालामुखी विष्फोट

Next Post

अन्तरिक्षमा पहिलोपटक मुसाको भ्रूणको विकास

सम्बन्धित खबर

निर्माण सम्पन्न भएर उद्घाटन भयो, सञ्चालनमा आएन नेपालगन्ज सिटी हल
समाचार

निर्माण सम्पन्न भएर उद्घाटन भयो, सञ्चालनमा आएन नेपालगन्ज सिटी हल

१३ अशोज २०८३,
बाढीले पाइपलाइन बगाउँदा बागलुङ बजारमा खानेपानी समस्या
समाचार

बाढीले पाइपलाइन बगाउँदा बागलुङ बजारमा खानेपानी समस्या

१३ अशोज २०८३,
कस्तो रहला आजको मौसम ?
समाचार

कस्तो रहला आजको मौसम ?

१३ अशोज २०८३,
मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ
समाचार

मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ

१३ अशोज २०८३,
कालीगण्डकी बाढीले उजाडियो तिल्केनी
फिचर-ब्यानर

कालीगण्डकी बाढीले उजाडियो तिल्केनी

१३ अशोज २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आर्थिक

राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्राको विनिमयदर

१३ अशोज २०८३,
Load More
Next Post
अन्तरिक्षमा पहिलोपटक मुसाको भ्रूणको विकास

अन्तरिक्षमा पहिलोपटक मुसाको भ्रूणको विकास

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In