एउटा मानिस सडकमा बेहोस भयो । मानिसहरु भेला भए छारे रोग लागेको होला जुत्ता सुघाऔँ एउटाले भन्यो । यत्तिकैमा एउटी अधबैंसे महिला आइन र भनिन्— यसलाई त रक्सी खुवाउनुपर्छ ।
यसको मुखमा पानी छ्याप अर्काले भन्यो । फेरि ती अधबैंसे महिलाले भनिन्— हैन हैन रक्सी नै खुवाउनुपर्छ ।
डाक्टर बोलाउँ न तेस्रोले भन्यो । अधबैंशे महिला पुनः बोलिन अन्य मानिस पानी, डाक्टर, एम्बुलेन्स भन्न थाले यत्तिकैमा बेहोस व्यक्ति जुरुक्क उठ्यो र भन्यो तपाईंहरु धेरै बोल्ने प्रयास नगर्नुहोस । बिचरी आमाको कुरा त सुन्नुहोस्….।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













