प्रेम पुन मगर
उमेशः आटो भनेको के हो ?
रमेशः मकै पिँधेर पिठो भुस छुट्टयाइएको अलिक ठुलठुलो चामलको दाना जत्रा अलग पारेपछि आटो बन्छ ।
उमेशः ए ! मकैको च्याँख्ला पो खाने रहेछौ । दुखि रहेछौ ।
रमेशः कसरी ?
उमेशः अरे ! म त धानखेत भएको मान्छे । कोदो मकै त कहिल्यै खाइएन । त्यो त भैंसीलाई दिने हो । अनि मोही त हाम्रो कुकुरले पनि खान्न फ्याँकिदिने हो । आफू त भात बाहेक केही पनि खाइँदैन । त्यसैले भन्दै छु तिमी दुखि रहेछौ ।
उमेशले विगतका यी वार्तालाप सम्झ्यो । आज ऊ हस्पिटलको बेडमा पल्टिरहेको थियो । आफ्नो स्याहारसुसारमा खटिरहेको रमेशतिर हेर्दै आँशु झा¥यो ।
“नरुनु साथी रोग सबैलाई लाग्छ तर निको हुन्छ । यसमा दुखि नबन । रमेशले सम्झायो ।
उमेशले दुखि स्वरमा भन्यो । बच्चैदेखि भोजनमा ध्यान नदिएर मेरो शरीर निकै कमजोर भएर अनेकौं किसिमका रोग लागेको छ रे ! निकै लामो समयसम्म आरामको जरुरी छ रे ! तिमी कति बलिया र निरोगी छौ रमेश । उता काम गरेर पनि मलाई स्याहारसुसार गरेका छौ ।’
उसले पछुतो मान्दै अझै थप्यो । मैले तिमीलाई त्यस्तो व्यबहार गरेँ माफ पाउ है, दुखि र अज्ञानी त म पो रहेछु ।
साभारः लघुकथा कुनोबाट













