कहीँ पनि क्यै पनि छैन । सबै मनको तरङ्ग हो । मनलाई सम्झेपछि जहाँ पनि स्वर्ग छ ।
पुनः पुनः हेरेर पनि, हो त्यस्तै पर्वत शिखर वनाकाश शून्य कामनाको क्षेत्रमा बसे, हुन्छ त्यहाँ सदा पाप र पुण्य आफ्नो मनलाई जान्न नसक्ने अन्यको ज्ञान हुन नसक्ने रहस्य हो जीवन, सत्यको बाटो एकान्त, मौन शान्तिद्वारा पुग्नुपर्ने ।
आफैले आफैमा खोज गर्नुप¥यो, यो मन के हो ? यो खोज गर्नलाई एक शान्त, ध्यानस्थ वातावरण र अवस्था चाहिन्छ ।
स्मृति के हो ? इच्छा कहाँबाट कसरी पैदा हुन्छ ? देखेको सुनेको, गरेको कुराले आदत भएर हामीलाई किन दास बनाउँछ ? अहङ्कारले लोभमोह, तृष्णा त्याग्न नसकेर कसरी बाहिरको एउटा एजेन्ट ‘ईश्वर’ बन्दछ ? जबसम्म इन्द्रिय सुखको, अन्तस्करणका कल्पना सुखको लालसा छ तबसम्म अहङ्कारको यो प्रतिनिधि, उपस्थित भइरहन्छ साथै त्यस अहं प्रतिनिधिको अरू अर्को प्रतिनिधि पनि छन् ।
साभार: ‘विचारप्रवाह’ पुस्तकबाट













