• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने

    भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ

    बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

    रसुवामा खाद्यसामग्री वितरण सुरु

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

    पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

    बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आम्दानी लिने बेला वर्षा र हावाहुरीले केरा खेतीमा क्षति

by
१ कार्तिक २०८०,
0
आम्दानी लिने बेला वर्षा र हावाहुरीले केरा खेतीमा क्षति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कैलाली । यो समय केरा किसानले उत्पादन बजारमा पठाउने समय हो । कैलालीका किसान आजभोलि उत्पादन भएको केरा बजारमा पठाउन थालेका छन् । केरा तयार भएर आम्दानी लिने समयमा आएको बेमौसमी वर्षासँगैको हावाहुरीले किसानलाई नोक्सान भएको छ । हावाहुरीले किसानको तयार भएका केराखेतीमा करोडौँको क्षति पुर्‍याएको किसानको गुनासो छ । असोज २९ गते सोमबार वर्षासँगै आएको हावाहुरीले कैलालीमा किसानका धानबाली र केराखेतीमा क्षति भएको छ ।

पाँच बिघा क्षेत्रफलमा केराखेती गरेका टीकापुर–५ झन्झटपुरका रेवन्त साउदको केराबारीमा करिब ७५ प्रतिशत क्षति भएको छ । बारीमा भएका अधिकांश केराका बोट हावाहुरीले ढालिदिएको छ । उत्पादन लिने समयमा हावाहुरीले एकैपटक क्षति पुर्‍याउँदा उनी निकै दुःखी छन् । ‘उत्पादन लिने बेलामा हावाहुरीले केराका सबै बोट नोक्सान गर्‍यो’, उनले भने, ‘वर्षभरिको मेहनत खेर गयो, लगानी पनि डुब्यो ।’

अर्का केरा उत्पादक किसान रामबहादुर कुँवरले पनि जोशीपुरको झवही, टीकापुरको शङ्करपुर, जानकीको गोलौरीमा गरी ३२ बिघा क्षेत्रफलमा केराखेती गरेका छन् । उनको बारीमा पनि क्षति भएको छ । ‘अहिलेसम्म कति ढले भन्ने यकिन गर्न सकेको छैन, जताबाट हेर्दा नि नोक्सान भएको छ’, उनी भन्छन्, ‘किसानलाई कसैगरी पनि उभो लाग्ने वातावरण छैन, गएको वर्ष खडेरीले केरा बिग्रियो अहिले फेरि हावाहुरीले ठूलो क्षति गर्‍यो ।’

अर्का किसान टेकेन्द्र धामीको पनि करिब ३० प्रतिशत क्षति भएको छ । धामीका अनुसार बाहिरबाट हेर्दा त्यति होला जस्तो छ तर भित्र पस्न पाएको छैन, अझै धेरै पनि हुनसक्छ । केरा उत्पादक सङ्घ कैलालीका अध्यक्ष दीपेन्द्र थारूका अनुसार कैलालीमा समग्रमा हावाहुरीले ३० प्रतिशत केरामा क्षति पुर्‍याएको छ । त्यसमा पनि टीकापुर नगरपालिकामा बढी क्षति भएको छ । ‘कुनै किसानको त ७०–८० प्रतिशतसम्म पनि क्षति भएको छ’, थारूले भने, ‘यो क्षतिलाई हेर्दा करोडभन्दा धेरै क्षति भएको छ ।’

हावाहुरीले गरेको क्षतिको यकिन विवरण आउन अझै केही दिन लाग्ने थारूले बताए । अध्यक्ष थारूले बर्सेनि केराखेतीलाई हावाहुरीले यसरी क्षति गरिरहने भएकाले सबै केरा उत्पादक किसानलाई बाली बीमा गर्न आग्रह समेत गरेका छन् । ‘हामीले बाली बीमा गर्नुस् भनिरहेका छौँ’, उनी भन्छन्, ‘बाली बीमा गर्दा केही मात्रामा भए पनि किसानलाई राहत पुग्छ ।’

कैलाली जिल्लामा करिब एक हजार दुई सय हेक्टरमा केराखेती हुने गरेको छ । जसमा आठ सय हेक्टर क्षेत्रफल टीकापुर क्षेत्रमा मात्र केराखेती गरिएको छ । सोमबार आएको हावाहुरीले नागरिकका घरमा समेत क्षति पुर्‍याएको छ । हावाहुरीले टीकापुरकोे वडा नं ४ मा २६ वटा घरमा क्षति गरेको वडाध्यक्ष लालवीर चौधरीले बताए ।

Previous Post

कञ्चनपुरमा पाकेको धान खेतमै भिजेपछि किसान चिन्तित

Next Post

सीमापार आपराधिक गतिविधि नियन्त्रणका लागि सहकार्य बढाउन गृहमन्त्री श्रेष्ठको जोड

सम्बन्धित खबर

पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने
आवाज

भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ

१४ भदौ २०८३,
बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो
आर्थिक

रसुवामा खाद्यसामग्री वितरण सुरु

१४ भदौ २०८३,
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
आवाज

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

१४ भदौ २०८३,
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि
आवाज

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

१४ भदौ २०८३,
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
आवाज

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

१४ भदौ २०८३,
बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री
आर्थिक

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

१४ भदौ २०८३,
Load More
Next Post
सीमापार आपराधिक गतिविधि नियन्त्रणका लागि सहकार्य बढाउन गृहमन्त्री श्रेष्ठको जोड

सीमापार आपराधिक गतिविधि नियन्त्रणका लागि सहकार्य बढाउन गृहमन्त्री श्रेष्ठको जोड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In