गर्मी मौसममा धेरै मानिसहरुलाई खुट्टा गन्हाउने समस्याले सताउने गर्छ । लामो समय जुत्ता लगाएर बस्दा खुट्टामा आएको पसिना तथा हावाको कमीले समयमा सुक्न पाउँदैन र खुट्टा चिसो भइरहन्छ । खुट्टा पसिनाले भिजिराखेपछि त्यहाँबाट दुर्गन्ध आउने गर्छ र खुट्टा गन्हाउँछ ।
त्यसैले खुट्टा गन्हाउने समस्याबाट बच्नका लागि अपनाउनुपर्छ यी उपाए—
– मन्तातो पानीमा नुन हालेर खुट्टा केहीबेर राख्ने र केहीबरेपछि खुट्टा राम्रोसँग चिसो पानीले धुने गर्दा खुट्टा गन्हाउन कम गर्छ ।
– मनतातो पानीमा दुई चम्चा बेकिङ सोडा र कागतीको रस राखी त्यसमा १० मिनेटसम्म खुट्टा डुबाएर राख्ने । त्यसपछि खुट्टामा सफा मोजा लगाउनुहोस् । यो कार्य हप्तामा कम्तिमा एकपटक गर्नाले खुट्टा गन्हाउन कम हुन्छ ।
– कागती पानी मिलाएर खुट्टा धुँदा पनि खुट्टा गन्हाउने समस्याबाट छुटकारा पाउन सिकन्छ ।
– चियापत्तिलाई पानीमा हालेर त्यसमा खुट्टा डुबाएर राख्ने गख्नाले खुट्टाको दुर्गन्ध कम गर्न मद्दत गर्छ ।
– राम्रोसँग पिँधेको मसिनो मकैको पिठो अलिकति जुत्ताभित्र हाल्ने गर्दा खुट्टाबाट निस्कने पसिना सोस्दछ अनि खुट्टाबाट दुर्गन्ध आउनबाट रोक्दछ ।
यसको साथै दैनिक रुपमा खुट्टा धुने र सफा गर्ने गर्नुपर्छ र सुतीको मोजा लगाउने गरे खुट्टा गन्हाउने समस्याबाट मुक्ति पाउन सकिन्छ ।













