दुई साथीसाथी भेट भएर एकआपसमा कुरा गर्दै—
एउटा साथीले अर्काे साथीसँग भन्यो— यार ! बिहेपछि तँ निकै गम्भीर भएको छस् किन हँ ?
साथीको जवाफ थियो— झ्यालखानाको सजाए पाएको मान्छे कसरी खुशी हुन सक्छ ?
साइकलबाट ओर्लनै पाइनन्
न्यायाधीशः (अभियुक्तलाई देखाउँदै वकिलसँग) यसको अपराध ?
वकिलः यसले एउटी केटी भगाएर लग्यो ।
न्यायाधीशः के यो कुरा साँचो हो ?
अभियुक्तले निवेदन ग¥योः हो हजूर ।
न्यायाधीशः किन त्यस्तो गरेको ?
अभियुक्तः खासमा म केवल साइकल चोर हुँ । म हतारमा थिएँ, तिनी साइकलबाट ओर्लनै पाइनन् ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













