• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

    धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

    म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार

    ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादः उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

    धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

    म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार

    ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादः उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

न्यूयोर्क टाइम्सले भन्यो- पोखरा विमानस्थल चीनका लागि कूटनीतिक विजय र नेपालका लागि ऋणको बोझ

by
३० अशोज २०८०,
0
चिनियाँ ऋणले पोखरा विमानस्थल समस्यामा, ब्याज तिर्नै कठिन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – अमेरिकाको प्रतिष्ठित अखबार न्यूयोर्क टाइम्सले पोखरा विमानस्थल चीनका लागि कूटनीतिक विजय र नेपालका लागि ऋणको बोझ भएको टिप्पणी गरेको छ । दाइसुके वाकाबायाशी, भद्र शर्मा र क्लेरी फुको बाइलाइनमा प्रकाशित खोजमूलक समाचार सामग्रीमा भएको चिनियाँ लगानीमा चिनियाँ कम्पनीले नै निर्माण गरेको पोखरा विमानस्थल महङ्गो भएको जनाइएको छ ।

यस विमानस्थललाई चिनियाँ पक्षको जित र नेपालका लागि ऋणको बोझ भएका्े उल्लेख छ । न्यूयोर्क टाइम्सले विमानस्थल निर्माणमा संलग्न ६ जना सरोकारवाला र हजारौँ पृष्ठका दस्तावेजको अध्ययनपछि प्रकाशित गरेको समाचार सामग्रीमा चिनियाँ कम्पनीले विमानस्थल निर्माण गर्ने बेला मुनाफाको संरक्षण र आफ्नो स्वार्थ पूरा गर्न नेपाली पक्षको नियमनलाई समेत बेवास्ता गर्दै आफ्नै व्यवसायिक सर्त मात्रै लाद्न खोजेको उल्लेख छ ।

यसबाट नेपालले महङ्गो लागतमा विमानस्थल बनाउनु परेको र चिनियाँ ऋण तिर्नका लागि आवश्यक यात्रुहरु पनि विमानस्थल नआएको जनाइएको छ । हाल चीनको बीआरआई परियोजना सुरु भएको १० औँ वर्षको अवसरमा आयोजित सम्मेलनमा नेपालसहित विश्वका दर्जनौँ मुलुकका प्रतिनिधिहरु सहभागी भइरहेका बेला न्यूयोर्क टाइम्सले प्रकाशित गरेको समाचारमा पोखरा विमानस्थलजस्तो ‘कुनै पनि हालतमा पूर्वाधार बनाउने’ चिनियाँ विकास मोडेललाई लिएर आलोचना चर्किँदै गएको जनाइएको छ ।

चीनले दिने ऋणबाट पूर्वाधार निर्माण गर्दा महङ्गो लागत हुने र गुणस्तर नै कमजोर हुने भएकाले एकातर्फ गरिब र विकाशशील मुलुकमाथि ऋणको भार थपिँदै जाने र अर्कोतर्फ चिनियाँ कम्पनीले मोटो रकम प्राप्त गर्ने न्यूयोर्क टाइम्सको समचारमा जनाइएको छ । चीनको राज्य सञ्चालित सिनोमाक कम्पनीको पूर्वाधार निर्माण गर्ने शाखा चाइना सीएएमसी इन्जिनियरिङले निर्माण सामग्रीसमेत चीनबाटै आयात गरेको, चिनियाँ डिजाइनमा निर्माण गरिएको र त्यहाँ चीनमा निर्मित सुरक्षा एवम् औद्योगिक प्रविधि जडान गरिएको जनाइएको उक्त समाचार सामग्रीमा उल्लेख छ ।

१९७० को दशकको अन्त्यदेखि नेपालले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल यही वर्षको जनवरी १ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको यस विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन भने अपेक्षाअनुसार यात्रुहरु पनि आएका छैनन् ।

सुरुमा यस विमानस्थल निर्माण गर्न चीनको सीएमएसी कम्पनीले करोड ५० लाख अमेरिकी डलर लाग्ने जनाएपनि पछि २१ करोड ६० लाख डलरमा निर्माण गर्न सहमत भएको थियो । यसमध्ये एक तिहाइ रकम निर्ब्याजी ऋण हो । यति ठूलो चिनियाँ ऋणले बनाएको विमानस्थलले आम्दानी गर्न नसक्दा ऋण कसरी तिर्ने भन्ने प्रश्न उब्जिएको छ ।

यस विमानस्थल निर्माण प्रक्रिया नै त्रुटिपूर्ण रहेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । चिनियाँ कम्पनीलाई ठेक्का दिएपछि मात्रै सन् २०१६ मा विमानस्थल निर्माणका लागि नेपाल र चीनबीच २० वर्षे सम्झौता भएको थियो । चिनियाँ ऋण सन् २०२६ देखि तिर्न सुरु गर्ने विषयमा नेपाली पक्ष सहमत रहेको समाचारमा जनाइएको छ ।

सन् २०१८ मा नागरिक उड्डयन प्राधिकरणले यही परियोजना निर्माण गर्ने चिनियाँ ठेकेदारको नियमन गर्नका लागि परामर्शदाताका रुपमा मुरारी गौतमलाई नियुक्त गरेको थियो । उनीसँग कतार र साउदी अरबमा यसै क्षेत्रमा काम गरेको अनुभव पनि थियो । उनले काम थालेको प्रारम्भीक चरणमै त्रुटि भेटिसकेका थिए । उनका अनुसार परियोजनाका महत्वपूर्ण पदहरु रिक्त थिए भने भएका पदहरुमा पनि कलेजबाट भर्खरै बाहिरिएका अनुभवहीन जनशक्तिलाई नियुक्त गरिएको थियो ।

उनका अनुसार सीएएमसीले आवश्यक परीक्षण नै नगरी विमानस्थलको ८ हजार २ सय फुट लम्बाइको रनवे निर्माण सुरु गरेको थियो । माटोको घनत्व नै जाँच नगरी विमानस्थल निर्माण गर्दा पछि गएर जमिनमा धाँजा फाट्ने अवस्था आउनसक्ने उनको भनाइ छ ।

पोखरामा वर्षाको विवरण र भौगोलिक अवस्थिती नै नहेरी विमानस्थल निर्माण गरिएको र यसबाट पछि गएर बाढी आउने जोखिम रहने उनले न्यूयोर्क टाइम्सलाई बताए । यसप्रति असन्तुष्टि व्यक्त गर्दै गौतमले काम थालेको एक वर्षपछि नै राजीनामा दिए । यता प्राधिकरणका एक जना इन्जिनियर कृष्ण पौडेलले भने उक्त कम्पनीको कामकारवाहीप्रति आफ्नो संस्था सन्तुष्ट रहेको जनाए । उनका अनुसार कुनैबेला भाषागत र डिजाइनबारे असमझदारी भएको स्वीकार गरे ।

यही विमानस्थल निर्माण सम्पन्न हुने बेला चिनियाँ ठेकेदार कम्पनीका साइट म्यानेजर जु जानफेङ चढेको कार पोखरामा दुर्घटनामा पर्यो । जुले मदिरा पिएर कार चलाउँदा भएको दुर्घटनामा देउकुमार तामाङको निधन भयो । दुर्घटनापछि सीएएमसी कम्पनीले तामाङका परिवारलाई सम्पर्क गरी क्षतिपुर्तिबापत १० लाख रुपैयाँ दिने प्रस्ताव गर्यो । तर, परिवारले स्वीकार गरेन ।

पछि सीएएमसीले क्षतिपुर्तीबापत दोब्बर पैसा दिने र विमानस्थलमा पसल सञ्चालन गर्न दिने भनेपछि परिवारले उक्त प्रस्ताव स्वीकार गर्यो । ‘कसैको हत्या गर्नु अपराध हो, तर उनीहरुले यसलाई सामान्य व्यपारिक कारोबारजस्तो ठाने’ नवीनले भने । जु ५० दिन जेल बसेर बाहिरिए ।

गत जुन महिनामा चिनियाँ राजदूतल छेन सोङले उक्त विमानस्थल बीआरआई परियोजना अन्तर्गत रहेको दाबी गरेका थिए । यसलाई नेपाली पक्षले अस्वीकार गरिसकेको छ ।

पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत रहेको भन्ने चिनियाँ दाबीले छिमेकी भारतलाई झस्काएको छ । हालसम्म कुनै पनि भारतीय हवाई कम्पनीले पोखरा विमानस्थलमा सेवा दिने लक्षण देखाएका छैनन् ।

सन् २०१४ मा भएको एक अध्ययनले पोखरा विमानस्थलको आफ्नै आयबाट ऋण तिर्न सकिने उल्लेख गरिएको थियो, तर त्यसका लागि विमानस्थलमा सन् २०२५ भित्र अनुमानित २ लाख ८० हजार यात्रु आउनुपर्छ । तर हालसम्म विमानस्थलबाट कुनै अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।

Previous Post

नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ स्थापना

Next Post

बेमौसमी वर्षाले धानमा क्षति

सम्बन्धित खबर

ट्रम्प–सी भेटअघि व्यापार वार्ता
अन्तर्राष्ट्रिय

ट्रम्प–सी भेटअघि व्यापार वार्ता

२ चैत्र २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
फिचर-ब्यानर

बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

२ चैत्र २०८२,
स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन
आर्थिक

स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

२ चैत्र २०८२,
होर्मुज बन्दः विश्व बजारमा दबाब
अन्तर्राष्ट्रिय

होर्मुज बन्दः विश्व बजारमा दबाब

२ चैत्र २०८२,
धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’
आर्थिक

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

२ चैत्र २०८२,
म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार
आर्थिक

‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादः उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

२ चैत्र २०८२,
Load More
Next Post
बेमौसमी वर्षाले धानमा क्षति

बेमौसमी वर्षाले धानमा क्षति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In