• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

    पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

    बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

    गृहमन्त्री गुरुङद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

    गृहमन्त्री गुरुङद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

    रेलेखोला जलविद्युत् आयोजनाबाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

    एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

    एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चाडवाडलक्षित गरेर बागलुङका स्थानीय तह सडक मर्मत गर्दै

by
३० अशोज २०८०,
0
चाडवाडलक्षित गरेर बागलुङका स्थानीय तह सडक मर्मत गर्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले धमाधम सडक मर्मत गरिरहेको छ । वर्षामा आएको भेलबाढीले बिगारेको सडक नगरले चाडवाडलक्षित गरेर मर्मत थालेको हो ।

गोरेटो बाटो सरसफाइ, सवारी चल्ने सडक सरसफाइमा श्रमदान जुटाएर नगरले धमाधम काम गरिरहेको हो । सडक मर्मत र सरसफाइ गर्न सबै वडा कार्यालय सक्रिय छन् । जैमिनीमात्रै होइन जिल्लाका १० वटै स्थानीय तह दसैँअघि नै सडक सहज र सफा बनाउने काममा लागेका छन् ।

‘चाडपर्वमा गाउँ भरिभराउ हुन्छ, धेरै मानिसले यात्रा गर्ने समय हो । यस्तो बेला समस्या नहोस् भनेर सडक मर्मत गरिरहेका छौं’, जैमिनीका उपप्रमुख हरिहर शर्माले भने, ‘अब मर्मत गरेका सडक हिउँदभरि मर्मत गरिराख्नु पर्दैन, वर्षा रोकिएकाले सडकमा अवरोध नहोला भनेर सफाइको काम थालेका हौँ ।’

प्रत्येक वर्ष बाढी पहिरोले सडकमा क्षति पुर्याउने भएकाले सडक मर्मत र सरसफाइलाई यहाँका स्थानीय तहले सधैँ प्राथमिकता राख्ने गरेका छन् । बागलुङ नगरपालिकाले यो वर्ष सडक सरसफाइ र मर्मतका लागि प्रत्येक वडालाई रु पाँच लाखका दरले बजेट नै विनियोजन गरेको थियो । सबै वडामा मर्मत र सरसफाइको काम सकिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताए ।

दसैँ लक्षित मात्रै नभई बाढीपछि भत्केका संरचना पुनःनिर्माणसमेत गरिरहेको स्थानीय तहले जनाएका छन् । आफ्नो अधिकार क्षेत्रभित्रका सडक संरचना मर्मत गर्ने र सङ्घ तथा प्रदेश सरकारको जिम्मेवारीमा रहेका सडक मर्मतका लागि ध्यानाकर्षण गराइरहेको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताए ।

मौसमले साथ दिए दसैँमा घर फर्कने पाहुनालाई सहज हुनेगरी काम गरिरहेको उनले बताए । ग्रामीण क्षेत्रका कृषि सडकलाई लक्षित गरेर वडा कार्यालयले बाटो मर्मत, सफा गर्ने काम समेत गरिरहेका छन् । दसैँलाई लक्षित गरेर सडकका खाल्डाखुल्डी धमाधम पुरिएका छन् । सडकमा साना–ठूला डोजर र लोडर चलिरहेका छन् ।

सडक मर्मत र सरसफाइमात्रै होइन, स्थानीय तहले चाडपर्वका बेला यातायात क्षेत्रमा हुनसक्ने कालोबजारी नियन्त्रण गर्न सक्रिय भइरहेका छन् । जिल्ला प्रशासनसँग मिलेर यहाँका स्थानीय तहले बजार अनुगमनको कामलाई तीव्र बनाएको काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले बताए । स्थानीय तहले चाडबाडका बेला यातायात क्षेत्रमा हुने कालोबजारी रोकेर नियमानुसार मात्रै भाडा लिन सचेत गराइरहेका छन् । प्रहरी, प्रशासन र यातायात व्यवस्था कार्यालयलाई भाडाको अनुगमनका लागि ध्यानाकर्षण गराएको जैमिनीका उपप्रमुख शर्माले बताए ।

स्थानीय तहले जस्तै जिल्लामा सञ्चालनमा रहेका मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर र अन्य सडक आयोजनाले पनि चाडबाड लक्षित सडक मर्मत थालेका छन् । निर्माणको काम चलिरहेका आयोजनामा सम्बन्धित निर्माण कम्पनी र निर्माण सम्पन्न भएर हस्तान्तरण भएका सडक सम्बन्धित कार्यालयलाई मर्मत तथा सरसफाइका लागि अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।

Previous Post

थापाथलीमा जिउँदो खसी प्रतिकेजी ६७०, च्याङग्रा १२ सय ६० रुपैयाँ

Next Post

दसैंमा धमाधम काज मिलाउँदै कर्मचारी, सेवा प्रभावित

सम्बन्धित खबर

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि
आवाज

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

१४ भदौ २०८३,
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
आवाज

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

१४ भदौ २०८३,
बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री
आर्थिक

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

१४ भदौ २०८३,
गृहमन्त्री गुरुङद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण
समाचार

गृहमन्त्री गुरुङद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

१४ भदौ २०८३,
रेलेखोला जलविद्युत् आयोजनाबाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो
समाचार

पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

१४ भदौ २०८३,
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
खेलमैदान

एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

१४ भदौ २०८३,
Load More
Next Post
आजदेखि सिंहदरबारमा मेलम्चीको पानी चौबिसै घण्टा

दसैंमा धमाधम काज मिलाउँदै कर्मचारी, सेवा प्रभावित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In